Dictionary

All Word

87601 सहरी मार्ग ना. सहरको क्षेत्रमा पर्ने वा परेको मूल बाटो।
87602 सहलह ना. सबै किसिमका मानिससँगको लसपस; भेदभावविनाको छातछूत।
87603 सहलिया वि. १. साधारण; सामान्य; मामुली। [सहलह +इया > सहलहियो]
87604 सहलिया वि. २. सहलह गर्ने; लसपसे।
87605 सहवरण ना. पञ्चायती व्यवस्थामा राष्ट्रिय पञ्चायतबाहेक पञ्चायतका अन्य तहका निर्वाचित वा मनोनीत सदस्य कुनै कारणवश बिचमा सदस्यताबाट मुक्त भएमा सदस्यहरूबाटै सर्वसम्मतिका आधारमा गरिने छनोट वा मनोनयन।
87606 सहवास ना. १. दुई वा दुईभन्दा धेरै मानिस सँगै बस्ने काम; बसाउठी।
87607 सहवास ना. २. समागम; सम्भोग।
87608 सहवासी वि. १. सँगै बस्ने; एकसाथ रहने। ना.
87609 सहवासी वि. २. सँगी; साथी।
87610 सहवासी वि. ३. छिमेकी।
87611 सहशिक्षा ना. विद्यालय, महाविद्यालय आदि शैक्षिक संस्थाहरूमा बालकबालिका र युवायुवतीहरूमा भेदभाव नराखी समान रूपले दिइने शिक्षा; केटाकेटीलाई एकसाथ राखेर दिइने शिक्षा।
87612 सहशिक्षालय ना. सहशिक्षाको व्यवस्था भएको विद्यालय; सहशिक्षा दिने शिक्षणसंस्था।
87613 सहसंवेद्य वि. विभिन्न मानसिक आवेगका बिचमा सामञ्जस्यको स्थिति भएको; समन्वित मनोदशाको।
87614 सहसंवेद्यता ना. सहसंवेद्य हुनाको भाव वा स्थिति; समन्वित मनोदशा।
87615 सहसचिव ना. निजामती सेवामा राजपत्राङ्कित प्रथम श्रेणीको कर्मचारी; सचिवभन्दा एक श्रेणीमुनिको सचिवको सहयोगी कर्मचारी।
87616 सहसम्बन्ध ना. १. दुई श्रेणी वा दुई किसिमका विचारको एकअर्कासँग रहेको सम्बन्ध।
87617 सहसम्बन्ध ना. २. दुई व्यक्ति वा वस्तुमा परस्पर देखिने सम्बन्ध।
87618 सहसा क्रि.वि. १. अपर्झटमा; एकाएक; अकस्मात्; अचानक।
87619 सहसा क्रि.वि. २. सोचविचार नगरीकन; हडबडाएर।
87620 सहसेनानी ना. नेपाली सेनामा सेनानीभन्दा तल्लो एक दर्जा; क्याप्टेन; कप्तान।
87621 सहसोपचार ना. १. कसैको मानसिक स्थितिमा प्रभाव पारेर रोग निको पार्न झटपट गरिने मनोवैज्ञानिक किसिमको उपचार।
87622 सहसोपचार ना. २. कुनै रोगको तत्काल गरिने उपचार।
87623 सहस्र ना. १. हजारको सङ्ख्या वा अङ्क (१०००० )। वि.
87624 सहस्र ना. २. दश सय; हजार।
87625 सहस्र ना. ३. धेरै; अनगन्ती; असङ्ख्य ( लाक्षणिक अर्थमा)।
87626 सहस्रजरी ना. सहस्रबुटी।
87627 सहस्रदण्ड ना. १. दण्ड वा धनुषको हजार गुना बराबरको नाप।
87628 सहस्रदण्ड ना. २. एक कोस बराबरको नाप।
87629 सहस्र दल ना. १. हजार दल वा पत्र भएको कमल।
87630 सहस्र दल ना. २. ध्यान गर्दा कल्पना गरिने चक्रको क्रममा सातौँ वा अन्तिम सहस्रौँ दल भएको कमलको फूल।
87631 सहस्र दल ना. ३. हठयोगमा प्रयुक्त हुने हजारौँ पत्र भएको कल्पित फूल।
87632 सहस्रधारा ना. १. देवता आदिलाई स्नान गराउनाका निम्ति पानी खसालिने हजारौँ छिद्र भएको पात्र।
87633 सहस्रधारा ना. २. माघे जात्रामा हजारौँ धारा लगाउन एउटा प्वालमा पचासौँ गहुँका छ्वाली घुसारिने, सहस्रौँ प्वाल भएको, पानीले भरिएको गाग्रो।
87634 सहस्रधारा ना. ३. हजारौँ मुख भएको पानीको मुहान।
87635 सहस्रनाम ना. कुनै देवदेवीको हजारौँ नाम भएको पत्र (जस्तो- विष्णुसहस्रनाम, दुर्गासहस्रनाम, शिवसहस्रनाम आदि)।
87636 सहस्रपाद ना. १. सूर्य।
87637 सहस्रपाद ना. २. विष्णु।
87638 सहस्रपाद ना. ३. अरिमुठे किरो।
87639 सहस्रबाहु ना. १. सहस्रार्जुन।
87640 सहस्रबाहु ना. २. अग्नि।
87641 सहस्रबाहु ना. ३. शिव।
87642 सहस्रबाहु ना. ४. विष्णु।
87643 सहस्रबुटी ना. धेरै मसिना जरा लागेको लसुनको जस्तो पोटी हुने, पोटीबाटै ठुला र बाक्ला पात लाग्ने ठुलो हरियो थुँगोमा ससाना गुलाफी फूल फुल्ने एक जातको बुटी; सहस्रजडी; मयूरशिखा।
87644 सहस्रलोचन ना. १. इन्द्र।
87645 सहस्रलोचन ना. २. सहस्राक्ष।
87646 सहस्राक्ष वि. १. हजार आँखा हुने। ना.
87647 सहस्राक्ष वि. २. इन्द्र।
87648 सहस्राक्ष वि. ३. विष्णु।
87649 सहस्राक्ष वि. ४. ब्रह्मा।
87650 सहस्राब्दी ना. १. कुनै संवत्‌को एकदेखि हजार वर्षसम्मको अवधि।