Dictionary

All Word

87701 सहीछाप ना. १. कुनै लिखित कागतपत्र, लेख आदिमा आफ्नो मन्जुरी जनाउन गरिने हस्ताक्षर वा औँठो, नामाङ्कित मुद्रा आदिले लगाइने छाप।
87702 सहीछाप ना. २. सही।
87703 सही थपाइ ना. अर्काले गरेको कुरासँग जनाइने सहमति; कसैका कुरा चित्त बुझे पनि नबुझे पनि सकार्ने काम; होमा हो।
87704 सहीसही बिसहीबिसही ना. अरूलाई आफ्नो कामको मूल्याङ्कन गर्न नदिई आफै आफ्नो समीक्षक हुने नीति; अधिनायकवाद।
87705 सहुलियत ना. कुनै विषय समय तथा परिस्थितिमा सबैलाई वा खासखास किसिमका व्यक्तिलाई दिइने सुविधा; कुनै कामकुरामा गरिने सजिलोपन; सुगमता।
87706 सहुलियतदार वि. सहुलियत दिने।
87707 सहृदय वि. १. अर्काको दुःखमा दुःखित भएर मन पगाल्ने; मर्मशील।
87708 सहृदय वि. २. कोमल हृदय भएको; दयालु।
87709 सहृदय वि. ३. काव्य, कथा आदिको पारख गर्ने र तिनका विशेषताबाट प्रभावित हुने साहित्यको अधिकारी वा योग्य पाठक; रसज्ञ; रसिक।
87710 सहृदय वि. ४. सज्जन; भलो।
87711 सहृदयता ना. सहृदय हुनाको भाव वा अवस्था; चित्तको कोमलता; दयार्द्रता; कारुणिकता।
87712 सहेतुक वि. १. कुनै हेतु वा कारण भएको।
87713 सहेतुक वि. २. उद्देश्य भएको; सकारण।
87714 सहेली ना. १. साथमा रहने स्त्री; सँगिनी; सहचरी।
87715 सहेली ना. २. सेविका; सुसारे; उपचारिका।
87716 सहोक्ति ना. १. एकभन्दा बढी व्यक्ति एकसाथ बोल्ने काम; साथमा बोल्ने काम।
87717 सहोक्ति ना. २. सँग, साथ, सहित आदि शब्दको प्रयोग गरेर अनेक वस्तुको सहभाव देखाई तिनको समान कार्यको मनोरञ्जक वर्णन गर्दा हुने एक अर्थालङ्कार।
87718 सहोडा ना. लाम्चा पात र सेता फूल हुने, सुन्तला रङका फल फल्ने एक जातको बोट वा त्यसैको फल; खाग्सी।
87719 सहोदर वि. एउटै आमाको गर्भबाट पैदा भएको; साक्खै (दाजु वा भाइ)। सहोदरा (स्त्री.)।
87720 सह्य वि. सहन वा खप्न सकिने; सहन लायक; सहन योग्य।
87721 सह्यार्नु स.क्रि. १. स्याहार गर्नु; सँभाल्नु।
87722 सह्यार्नु स.क्रि. २. सेवाटहल गर्नु; पालनपोषण गर्नु।
87723 सह्यार्नु स.क्रि. ३. अङ्गीकार गर्नु।
87724 सह्यार्नु स.क्रि. ४. सम्भार गर्नु; स्याहार्नु।
87725 सह्यार ना. १. कुनै वस्तु वा मालसामानलाई जतनसाथ राख्ने काम; हिफाजत।
87726 सह्यार ना. २. बालबच्चाहरूको हेरविचार गर्ने काम; सुसार।
87727 सह्यार ना. ३. पालनपोषण गर्ने काम; स्याहार।
87728 सह्यारसुसार ना. स्याहारसुसार।
87729 सह्याराइ ना. सह्यार्ने भाव, क्रिया वा प्रक्रिया।
87730 सह्यारिनु क.क्रि. सह्यार्ने काम गरिनु; सह्यार गरिनु।
87731 सह्रनी / सह्राना / सह्रानी ना. सराहना; प्रशंसा; तारिफ।
87732 सह्रनीलाग्दो वि. प्रशंसा गर्न योग्य; सह्राउन लायक।
87733 सह्राइ ना. सह्राउने भाव, क्रिया वा प्रक्रिया।
87734 सह्राइनु क.क्रि. सह्रनी गरिनु।
87735 सह्राउनु स.क्रि. कसैको विद्या, बुद्धि, स्वभाव, गुण आदिको प्रशंसा गर्नु; सह्रनी गर्नु।
87736 सा ना. गाईभैँसीले भाले ( साँढे वा राँगो) खोज्दाको लक्षण; गाईबस्तुको भालेसित मिसिने चाहना।
87737 साँखिलो वि. हे. साखिलो।
87738 साँखुलो ना. एक जातको डुन्डु साग।
87739 साँखु ना. एकदमै सेतो नभएर घुर्मैलो सेतो वर्ण हुने (गाई)।
87740 साँखे वि. सफा सेतो रङ नभएर घुर्मैलो सेतो रङ हुने (गोरु )।
87741 साँगु ना. हे. साँघु।
87742 साँगुऱ्याइ ना. हे. साँघुऱ्याइ।
87743 साँगुऱ्याइनु क.क्रि. साँघुऱ्याइनु।
87744 साँगुऱ्याउनु स.क्रि. साँघुऱ्याउनु।
87745 साँगुरिनु अ.क्रि. हे. साँघुरिनु।
87746 साँगुरो वि. हे. साँघुरो।
87747 साँगे ना. मारुनी नाच सम्पन्न गर्ने वेलामा गाइने गीत।
87748 साँघी ना. १. हिँडडुल गर्ने ठाउँमा तेर्सिएर छुतछात गराउने वस्तु (छेस्को, घाँस, पराल आदि)।
87749 साँघी ना. २. छूत।
87750 साँघु ना. सानातिना नदीनाला तर्न दुवै किनारामा वा पानीमाथि ढुङ्गा आदि थुपारी त्यसमाथि अड्याइएको काठको हिउँदे पुल; फड्के; साँगु।