Dictionary

All Word

87801 साँध ना. जमिनका भिन्नभिन्न टुक्रालाई छुट्टयाउने दुई जमिनका बिचको भाग वा छेउ; भिन्नभिन्न टुक्रा जमिनको सन्धिरेखा; सिमाना; सीमा।
87802 साँधसँधियार ना. आफ्ना जग्गाजमिनसँग जोडिएको जग्गा र सो जग्गाका मालिक; छरछिमेक।
87803 साँधसिमाना ना. चारैतिरको साँध।
87804 साँधसुँध ना. सिप लगाएर अचार आदि साँध्ने काम।
87805 साँधी ना. १. सिमाना; साँध। वि.
87806 साँधी ना. २. साध्य; साद्धे।
87807 साँप ना. सर्प; लम्किरो।
87808 साँपको गोहो ना. साँप हिँड्ने बाटो।
87809 साँपे वि. १. उमेर पुग्दा पनि साँप झैँ घस्रने (बालक)।
87810 साँपे वि. २. गोडा लुलो र नटेकिने भएको (व्यक्ति)।
87811 साँप्रे वि. १. ठुला साँप्रा वा तिघ्रा भएकी (स्त्री)। ना.
87812 साँप्रे वि. २. तरुनी आइमाईलाई गाली गर्दा प्रयोग गरिने शब्द।
87813 साँप्रो ना. १. खसी, बोका, राँगा आदिको तिघ्रो; सपेटो।
87814 साँप्रो ना. २. मानिसको तिघ्रो ( गाली वा निन्दाका अर्थमा )।
87815 साँप्रो च्यात्नु टु. १. रिसमा कसैको तिघ्रा फटाएर तान्नु।
87816 साँप्रो च्यात्नु टु. २. सम्भोग गर्नु।
87817 साँप्लो ना. सुन, चाँदीको मोटो, लामो टुक्रो।
87818 साँप्लो ना. सुप्लो।
87819 साँबी ना. धान कुट्न मुस्लीका टुप्पामा कपेर जडिएको फलामको चक्का।
87820 साँबे वि. साँबीसम्बन्धी; साँबीको।
87821 साँबे पाथी ना. साँबी बनाएबापत कामीले पाउने पाथी अन्न।
87822 साँभे ना. सेतो र ध्वाँसे रङको धर्के बुट्टा हुने, मानिसलाई लखेट्ने एक जातको बिखालु सर्प; पाटे।
87823 साँवल ना. सामल।
87824 साँवलो वि. केही कालो वर्णको; श्यामवर्णको; सामलो।
87825 साँवा ना. मूलधन; साउँ।
87826 साँवाब्याज ना. सापटी दिइएको धनमध्ये मूल धनसहितको ब्याज; साउँ र ब्याज।
87827 सांवत्सर वि. संवत्सरसित सम्बन्ध भएको; सांवत्सरिक।
87828 सांवत्सरिक वि. संवत्सरसम्बन्धी; संवत्सरको; वार्षिक।
87829 सांवादिक वि. १. संवादसित सम्बन्ध भएको; संवादसम्बन्धी; समाचारको।
87830 सांवादिक वि. २. बोलचालमा चलेको वा चल्न सक्ने।
87831 सांवादिक वि. ३. विवादास्पद; विवादग्रस्त। ना.
87832 सांवादिक वि. ४. पत्रपत्रिका, रेडियो आदिमा समाचार दिने व्यक्ति; संवाददाता।
87833 सांसद ना. संसद्का सदस्य।
87834 सांसर्गिक वि. संसर्गबाट पैदा हुने; लसपसबाट उब्जने।
87835 सांसारिक वि. संसारमा भएको; संसारका सम्पूर्ण गतिविधिसँग सम्बन्धित।
87836 सांस्कारिक वि. संस्कारसम्बन्धी; संस्कारबाट उत्पन्न; संस्कारजन्य।
87837 सांस्कृतिक वि. संस्कृतिसँग सम्बन्ध भएको; संस्कृतिका क्षेत्रमा हुने, आउने वा मिल्ने (जस्तो- सांस्कृतिक प्रेरणा, सांस्कृतिक महत्त्व, सांस्कृतिक सद्भावना आदि)।
87838 साइँ ना. १. स्वामी।
87839 साइँ ना. २. सन्न्यासीहरूलाई सम्बोधन गर्दा प्रयोग गरिने शब्द (जस्तो- साइँबाबा )।
87840 साइँदुवा / साइँधुवा ना. १. नचाहिँदो उपद्रव गर्ने व्यक्ति; उद्दण्ड व्यक्ति।
87841 साइँदुवा / साइँधुवा ना. २. हत्यारो।
87842 साइँदुवा / साइँधुवा ना. ३. दोषी; बापती।
87843 साइँदुवा / साइँधुवा ना. ४. कुनै लोग्नेमान्छेलाई गाली गर्दा बोलिने शब्द। स्त्री. साइँदुवी / साइँधुवी।
87844 साइँली वि. साहिँली।
87845 साइँलो वि. साहिँलो।
87846 साइ ना. १. घरको जग; घडेरी।
87847 साइ ना. २. आधार।
87848 साइ ना. ३. लोग्ने; पति।
87849 साइ ना. ४. जार।
87850 साइकल ना. दुई खुट्टाले चलाइने, दुई पाङ्ग्रे सवारी; बाइस्कल; साइकिल।