Dictionary

All Word

87851 साइकल दौड ना. साइकल दौडाएर खेलिने एक प्रकारको प्रतियोगितात्मक खेल।
87852 साइकल बिसौनी ना. साइकल अड्याउने वा राख्ने ठाउँ (साइकल स्ट्यान्ड)।
87853 साइकिल ना. साइकल; बाइस्कल।
87854 साइज ना. सानोठुलो वा लम्बाइचौडाइको परिमाण।
87855 साइटिन ना. सातसात पत्ती लिएर एकै किसिमका वा एउटै रङका लहरे क्रम मिलाई फुट्टी गनेर खेलिने तासको एक खेल।
87856 साइत ना. १. फलित ज्योतिषअनुसार विवाह, व्रतबन्ध आदि वा कुनै माङ्गलिक कार्य आरम्भ गर्ने शुभ समय; कामको शुभ मुहूर्त।
87857 साइत ना. २. कतैतिर यात्रा वा प्रस्थान गरिने उपयुक्त समय।
87858 साइत ना. ३. शुभ लक्षण; असल शकुन।
87859 साइतर ना. गाउँखाने कथा; जान्ने कथा।
87860 साइन ना. १. दस्तखत; सही।
87861 साइन ना. २. चिह्न; चिनु।
87862 साइन बोर्ड ना. परिचयपाटी; चिह्नपाटी।
87863 साइनु क.क्रि. साउने काम गरिनु; बाउसे गरिनु।
87864 साइनु ना. सम्बन्ध; नातागोता; साहिनु।
87865 साइनु न सपनु ना. नाता पनि नपर्ने र चिनापर्ची पनि नभएको व्यक्ति।
87866 साइनु पर्नु टु. सम्बन्धभित्रको हुनु; नाता पर्नु।
87867 साइनु मिच्नु टु. १. बिहेवारी गर्दा साधारण वा टाढा हुँदै गएको नातालाई नटेर्नु।
87868 साइनु मिच्नु टु. २. साइनुले मान्नुपर्नेलाई आफूभन्दा सानो ठान्नु।
87869 साइनु लाग्नु टु. नाता पर्नु।
87870 साइनु पैल्याइनु टु. साइनु खुट्ट्याउनु; नाता खोज्नु।
87871 साइनु सनहे ना. सम्बन्धी जन वा नातागोतामा हुने स्वाभाविक अनुरक्ति; सम्बन्ध स्नेह।
87872 साइपाटो ना. विवाहमा दुलाहाका तर्फबाट दुलहीका घरमा विवाहको लग्नसमय आदि लेखिएको पत्र पठाइने काठेठेकी; लग्नपत्रिका र फलफूल आदि अन्य सगुनका सामग्री।
87873 साइमुन्द्री ना. सामुद्रिक विद्या।
87874 साइमुन्द्री ना. लिम्बू जातिको रीतिरिबाजअनुसार ज्वाइँले ससुरालीलाई बुझाउनुपर्ने रकम। (यो रकम नबुझाएसम्म छोरी मरेमा काजक्रिया माइतीतर्फकाले गर्नुपर्ने र बाबुले नतिरेको भए पनि सन्तानले रकम तिरेर क्रिया सार्न सकिने हुन्छ)।
87875 साइमुन्द्रो ना. दुलाहाका तर्फबाट दुलहीतर्फ लगिने साइपाटोका साथ पठाइने र स्वयंवरमा दुलहाले दुलहीलाई लगाइदिने औँ ठी।
87876 साईँ ना. पति; स्वामी।
87877 साउँ ना. १. सकेका वा मागेका वेलामा चुक्ता गर्ने र निश्चित दरले ब्याज बुझाउने गरी सापटी दिइएको मूलधन।
87878 साउँ ना. २. उद्योग, व्यापार आदि कुनै कामधन्दामा लगाइएको मूलधन; पुँजी; सावाँ।
87879 साउँ ना. ३. प्रधान; मूल; मुख्य।
87880 साउँ अक्षर ना. देवनागरी लिपिमा मात्रा नलागेका स्वर र व्यञ्जन; मात्रा नलागेका मूल वर्ण; बाह्रखरी; सावाँअक्षर।
87881 साउँ अच्छेर ना. साउँअक्षर।
87882 साउँब्याज ना. ब्याजसहितको मूल धन; सावाँ र ब्याज।
87883 साउती ना. १. अरूले नसुन्ने गरी कसैका काननिर मुख लगेर गरिने कुरा; कानेखुसी।
87884 साउती ना. २. गुप्त किसिमले गरिने कुराकानी; गुप्त सल्लाह; गुप्त परामर्श।
87885 साउन ना. नेपाली वर्षको चौथो महिना; श्रावण।
87886 साउनु स.क्रि. १. रोपाइँ गर्नाका निम्ति हलो जस्तै तानेर दाँदेद्वारा माटो हिल्याउनु वा हिलो माटो मिलाउनु।
87887 साउनु स.क्रि. २. बाउसे गर्नु।
87888 साउने वि. १. साउनमा हुने वा पर्ने।
87889 साउने वि. २. साउनमा जन्मेको।
87890 साउने वि. ३. साउनको; साउनसम्बन्धी।
87891 साउने किरो ना. साउन लागेपछि दिउँसो जङ्गलमा कराउने र हिउँद लागेको सङ्केत दिने झ्याउँकिरी।
87892 साउने झरी ना. १. साउन महिनामा पर्ने झरी।
87893 साउने झरी ना. २. साउन महिनामा परे जस्तै लामो समयसम्म लगातार पर्ने झरी।
87894 साउनेती ना. १. साउन महिनामा दमाईँ, कामी, सार्की आदिलाई चैतेतीसम्मका लागि गरिने थमौती।
87895 साउनेती ना. २. त्यस्तो थमौती गर्दा दिइने दस्तुर।
87896 साउने निउरो ना. एक जातको निउरो।
87897 साउने पानी ना. विवाह गरेको पहिलो वर्षमा सासू र नयाँ बुहारीले साउन महिनामा बारिने एउटै मूल वा धाराको पानी।
87898 साउने फागु ना. १. सरकार, बिर्तावाल, बेखवाल आदिलाई पहिले रैतीले बुझाउने फागुको रकम।
87899 साउने फागु ना. २. घरधुरीको हिसाबले सरकारमा बुझाइने दस्तुर।
87900 साकट वि. अत्यन्त लोभी; मक्खीचूस।