Dictionary

All Word

87901 साकार वि. १. आकार वा स्वरूप भएको; आकृतियुक्त; मूर्त।
87902 साकार वि. २. कार्यरूपमा परिणत भएको वा गरिएको; कार्यान्वित गरिएको ( योजना, विचार आदि)। ना
87903 साकार वि. ३. देवता वा ईश्वरको आकारयुक्त रूप; मूर्त रूप।
87904 साकिनी वि. साखिने।
87905 साकेत ना. अयोध्या।
87906 साक्खे / साक्खै वि. १. एउटै आमाबाट जन्मेको; सहोदर; खास आफ्नै ( नाता )।
87907 साक्खे / साक्खै वि. २. ज्यादै नजिकको; घनिष्ठ (नातागोता)।
87908 साक्षर वि. १. अक्षर चिनेको वा जानेको; लिपि चिनेको।
87909 साक्षर वि. २. अलिअलि लेखपढ गर्न सक्ने; अल्पशिक्षित।
87910 साक्षरता ना. साक्षर हुनाको भाव वा अवस्था।
87911 साक्षरता अभियान ना. अक्षर नचिनेका वा नजानेकाहरूलाई अक्षर चिनाउन र लेखपढ नगरेकाहरूलाई केही लेखपढ गर्न सिकाउन चलाइने अभियान।
87912 साक्षरता कार्यक्रम ना. निरक्षर तथा अशिक्षितहरूलाई साक्षर तथा शिक्षित बनाउन चलाइने कार्यक्रम।
87913 साक्षरी वि. अलिअलि लेखपढ गर्न सक्ने; साक्षरसम्म भएको।
87914 साक्षात् क्रि.वि. १. आँखाको सामुन्ने; प्रत्यक्ष सम्मुख। वि.
87915 साक्षात् क्रि.वि. २. साक्खै; खास।
87916 साक्षात् क्रि.वि. ३. मूर्तिमान्; साकार
87917 साक्षात् क्रि.वि. ४. मुलाकात; भेट।
87918 साक्षात्कार ना. १. प्रत्यक्ष रूपमा प्राप्त हुने आआफ्ना विषयको ज्ञान; इन्द्रियजन्य ज्ञान; प्रत्यक्षानुभूति।
87919 साक्षात्कार ना. २. अन्तर्वार्ता।
87920 साक्षी ना. १. राम्रो वा नराम्रो कुनै घटना आफ्नो आँखाले देख्ने व्यक्ति; घटनास्थलमा स्थित भएको व्यक्ति; साछी।
87921 साक्षी ना. २. कुनै झगडा, विवाद वा अन्य घटना घट्दा घटनास्थलमा उपस्थित भएको र आफैँले प्रत्यक्ष देखेसुनेका कुराको बयान गर्ने व्यक्ति; देखी जान्ने वा सुनी जान्ने; गवाह; साक्ष्य।
87922 साक्षी ना. ३. सरकारी अड्डामा कामकाज हेर्ने व्यक्ति।
87923 साक्षीकरण ना. कुनै लेख वा प्रमाणपत्र आदिको प्रतिलिपि ठिकसाँचो हो भनी जनाउन हस्ताक्षर गर्ने काम; कुनै कुराको साक्षीका रूपमा सही गर्ने क्रिया; सत्यापन।
87924 साक्षीकृत वि. १. कुनै कामकुराको साक्षीका रूपमा राखिएको।
87925 साक्षीकृत वि. २. साक्षीद्वारा प्रमाणित गरिएको।
87926 साक्ष्य वि. १. आफैँले देख्ने; दर्शक। ना.
87927 साक्ष्य वि. २. साक्षी बस्ने काम; साछीबकाइ।
87928 साक्ष्य वि. ३. साक्षी।
87929 साक्षी विधि ना. साक्षीका काम, कर्तव्य र साक्षीसम्बन्धी कुराको चर्चा भएको विधि वा कानुन।
87930 साख वि. १. कुनै खास नाता पर्ने; नजिकको नातादार।
87931 साख वि. २. स्नेही; हितैषी। ना.
87932 साख वि. ३. लेनदेन तथा व्यापारव्यवहारका क्षेत्रमा हुने प्रामाणिक मान्यता तथा विश्वसनीयता।
87933 साख वि. ४. प्रतिष्ठा; विश्वास।
87934 साख पत्र ना. भविष्यमा लेनदेनकारोबार फछ्र्याउनका लागि दिइने आश्वासनपत्र वा प्रतिज्ञापत्र।
87935 साखिनु ना. सिमसारमा उम्रने, झ्याम्टोजस्तो बुटो हुने एक जातको घाँस।
87936 साखिने वि. सानु खाल वा जातको; सानु कदको (जन्तु आदि); साकिनी।
87937 साखिलो / साखिल्लो वि. १. पछाडि काम बिगारेर वा कुनै काम नगरेर पनि अगाडि साँचिलो हुने; साखुल्ले; साँचिलो; साँखिलो।
87938 साखिलो / साखिल्लो वि. २. नजिकको नातादार नभईकन पनि भए जस्तै भाव देखाउने; साँखिलो।
87939 साखी ना. सज्जन महात्माहरूका मनमा तत्काल फुरेका, साक्षीका रूपमा उद्धृत हुने अन्य साधुमहात्माहरूका सूक्तिमय वाक्य; हितवचन।
87940 साखु ना. सखुवा-वृक्ष।
87941 साखुल्ले वि. साखिलो; साँखिलो।
87942 साख्य ना. सखी वा साथी हुने भाव; सख्यता।
87943 साग ना. तरकारी पकाएर खाइने हरियो डाँठपातसहितको नरम सानो बोट।
87944 सागपात ना. तरकारीका रूपमा खाइने हरियोपरियो वा ताजा वस्तु (साग, पात, कन्द, फल आदि )।
87945 सागर ना. १. पुराणअनुसार राजा सगरका छोराले बनाएको समुद्र; जलधि।
87946 सागर ना. २. मुर्दा पोल्ने घाट; मसान।
87947 सागसब्जी ना. सागपात।
87948 सागसिस्नु ना. गरिबगुरुवाहरूले खाने रुक्खासुक्खा भोजन; खोलेफाँडो।
87949 सागा ना. पानीमा हुने मसिनु एक किसिमको झ्याउको रोटी; सिँवालीको रोटी।
87950 सागिर्द ना. १. शिष्य; चेलो।