Dictionary

All Word

88001 साजसज्जा ना. १. कुनै वस्तु वा व्यक्तिलाई सजाउने काम।
88002 साजसज्जा ना. २. सजाउने उपकरण; सरसामग्री।
88003 साजा वि. धेरै जनाको हक वा हिस्सा भएको; गोस्वारा; सजियाँ; साझा।
88004 साजा ना. आलो; साजी; ताजा।
88005 साजिस ना. अपराधयुक्त वा कपटपूर्ण कार्य; त्यस्तो कार्यमा हुने गुप्त सहयोग; षड्यन्त्र।
88006 साजी वि. १. भर्खरै तयार भएको; बासी नभएको (खानेकुरा)।
88007 साजी वि. २. भर्खरै टिपेको; नओइलाएको; ताजा; आलो; साजा (सागपात आदि)।
88008 साजेदार वि. हे. साझेदार।
88009 साजेदारी ना. साझेदारी।
88010 साझा वि. १. धेरै जनाका हकको; धेरै जनाको हिस्सा भएको; सजिया; साजा।
88011 साझा वि. २. सम्मिलित व्यक्तिहरूमध्ये लगानी भएको मूल धनअनुसार समान अनुपातमा बाँडिने; हिस्सेदार वा अंसियारहरूमा दामासाहीले भाग लाग्ने; सजियाँ; गोस्वारा।
88012 साझा कार्यक्रम ना. कृषकहरूलाई आवश्यक ऋण दिनु, कृषिसामग्री तथा कृषिउपजका बिक्रीवितरणको व्यवस्था मिलाउनु, दैनिक उपभोग्य सामानहरूको बेचबिखनको व्यवस्था गर्नु र ग्रामीण क्षेत्रमा किसानहरूबाट निक्षेप प्राप्त गरी पुँजीको परिचालन गर्नुजस्ता मुख्य उद्देश्य भएको कार्यक्रम।
88013 साझा पसल सेवा ना. पहिले साझा भण्डारको एकएक शाखाका रूपमा साझा पसल कार्यक्रम नामले रहेको र २०३१ सालदेखि सहकारी संस्थाका रूपमा रहेको, ग्रामीण क्षेत्रमा कृषिसामग्री तथा दैनिक उपभोग्यवस्तुहरू सुपथ र सुलभ मूल्यमा पुर्‍याउने उद्देश्यले स्थापित एक संस्था।
88014 साझा पुरस्कार ना. साझा प्रकाशनले वर्षभरिमा आफूले प्रकाशित गरेका पुस्तकहरूमा सर्वश्रेष्ठ ठहरिएको पुस्तकलाई वि. सं. २०२६- देखि प्रदान गर्ने गरेको एक पुरस्कार।
88015 साझा प्रकाशन ना. नेपाली भाषा र साहित्यको विकासमा सक्दो योगदान गर्दै विभिन्न विषयमा पुस्तकहरूको प्रकाशन तथा विक्री, वितरण गर्ने उद्देश्यले वि. सं. २०२२ मा नेपाली भाषा प्रकाशिनी समितिको उत्तराधिकारीका रूपमा गठित संस्था।
88016 साझा भण्डार ना. सर्वसाधारण जनतालाई सुपथ मूल्यमा उपभोग्य मालसामान उपलब्ध गराउने र उपभोक्ता र उत्पादकका बिचमा सिधा सम्बन्ध कायम गराउने उद्देश्यले साझा केन्द्रीय सङ्गठनको तेस्रो संस्थाका रूपमा २०२१ सालमा स्थापित संस्था।
88017 साझा यातायात ना. यात्रु परिवहनसेवाको अभावपूर्ति गर्ने उद्देश्यले स्थापित साझा केन्द्रीय सङ्गठनअन्तर्गत वि. सं. २०२१ सालमा स्थापित एक संस्था।
88018 साझा व्यवस्थापक ना. साझा संस्थामा रहेर काम गर्ने प्रमुख कर्मचारी।
88019 साझा संस्था ना. गाउँगाउँमा कृषिसामग्री लगायत दैनिक उपभोगका मालसामानहरूको बिक्रीवितरण गर्ने अड्डा वा शाखा।
88020 साझा स्वास्थ्य सेवा ना. जनतालाई आवश्यक औषधीउपचार सुपथ मूल्यमा, सुलभ रूपमा उपलब्ध गराउने उद्देश्यले २०२१ सालमा स्थापित साझा केन्द्रीय सङ्गठनअन्तर्गतको एक संस्था।
88021 साझीदार / साझेदार ना. हिस्सेदार; अंसियार; सेयरहोल्डर।
88022 साझेदारी ना. केही व्यक्ति मिलेर लगानीको अनुपातमा समान रूपले नाफानोक्सान बेहोर्ने गरी चलाइएको वा सुरु गरिएको कारोबार।
88023 साट्नु स.क्रि. १. आफूसँग भएको कुनै वस्तु वा मालसामान दिएर त्यसको सट्टामा अर्को वस्तु वा मालसामान दिनु; सट्टापट्टा गर्नु।
88024 साट्नु स.क्रि. २. रुपियाँपैसा आदिको विनिमय गर्नु; भजाउनु।
88025 साटन ना. एक प्रकारको चिप्लो र टलकदार रङ्गिन कपडा।
88026 साटफेर ना. १. कुनै वस्तु वा मालसामान दिएर त्यसका ठाउँमा अर्को वस्तु वा मालसामान लिने काम; साट्ने वा फेर्ने काम; सट्टापट्टा।
88027 साटफेर ना. २. फेरफार।
88028 साटसुट ना. १. सम्बन्धित व्यक्तिले बाहेक अरूले थाहा नपाऊन् भनी गुप्त किसिमले झटपट गरिने काम।
88029 साटसुट ना. २. अरूलाई थाहा नदिई सुटुक्क लिनेदिने काम।
88030 साटसुट ना. ३. गुप्त किसिमको कुराकानी। क्रि.वि.
88031 साटसुट ना. ४. गुप्त तवरले; चालै नपाई; सुटुक्क; लुकीछिपी।
88032 साटसुट ना. ५. छिटछिटो काम टुङ्ग्याउने चालमा; झटपट।
88033 साटसुटे वि. साटसुट गर्ने स्वभावको; छिटोछरितोसँग काम गर्ने; चटपटे।
88034 साटसुट्ट क्रि.वि. १. छिटोछिटो वा झटपट हुने गरी।
88035 साटसुट्ट क्रि.वि. २. कसैलाई थाहै नदिएर; सुटुक्क; साटसुट।
88036 साटासाट ना. आपसमा कुनै वस्तु साट्नेवर्ने काम; साटफेर।
88037 साटिनु क.क्रि. अदलीबदली पारिनु; सट्टापट्टा गरिनु।
88038 साटो ना. बार बार्दा तेर्सो पारी बाँधिने लामो बाँस, नर्कट, काठ आदि वस्तु।
88039 साटो ना. १. विनिमय; सट्टा; बदला।
88040 साटो ना. २. आफ्ना छोरालाई छोरी दिने व्यक्तिकै कुटुम्बका छोरालाई आफ्नी छोरी पनि दिएर बिहे गर्ने चलन वा त्यसैअनुसार छोरीको साटासाट।
88041 साटोपाटो ना. साटफेर; सट्टापट्टा।
88042 साटोपोल्टो ना. आफ्नी छोरी दिँदा कुटुम्बबाट आफ्नो छोरालाई छोरी नपाएमा त्यसको साटो कुटुम्बबाट लिइने धन।
88043 साटो फेराइ ना. कसैले गरेको नजाती कामका बदलामा अर्काले पनि त्यस्तै गर्ने चाल; बदला लिने काम।
88044 साठगाँठ ना. १. अरुले थाहा नपाउने गरेर गुप्त किसिमले कसैसँग गरिने मिलोमतो; भित्री मतो; गुप्त मेलमिलाप।
88045 साठगाँठ ना. २. षड्यन्त्र; साजिस।
88046 साठिऔँ / साठियौँ वि. गणनाका क्रमले साठी सङ्ख्यामा परेको; साठी सङ्ख्याको।
88047 साठी ना. १. पचास र दशको योगबाट बन्ने सङ्ख्या; ६० को अङ्क। वि.
88048 साठी ना. २. पचास र दशको योगबाट बन्ने सङ्ख्याको।
88049 साठीऔँ / साठीयौँ वि. हे. साठऔँ।
88050 साठो ना. फिनी, पन्जाबी आदि रोटी उक्साउनका लागि घिउ मिलाई मलेको पिठो; दाउन।