Dictionary

All Word

88101 साध्नु स.क्रि. १. लामो समयसम्मको साधनाद्वारा मन्त्र, विद्या आदिको सिद्धि प्राप्त गर्नु।
88102 साध्नु स.क्रि. २. लामो प्रयास र साधनाद्वारा दुस्साध्य वस्तुलाई वशमा पार्नु; अधीनमा ल्याउनु।
88103 साध्नु स.क्रि. ३. नियमपूर्वकको प्रयास र अभ्यासद्वारा सफलता प्राप्त गर्नु; कुनै काम फत्ते पार्नु; सिद्ध गर्नु।
88104 साध्नु स.क्रि. ४. व्याकरणअनुसार कुनै शब्दको प्रकृतिप्रत्यय देखाई सूत्रहरूका नियमद्वारा प्रचलित रूप बनाउनु।
88105 साध्नु स.क्रि. ५. कुनै विषयसँग सम्बन्धित सिद्धान्तलाई नियमानुसार प्रमाणित गर्नु।
88106 साध्नु स.क्रि. तल्लो तहका संस्था वा व्यक्तिले आफ्नो अधिकारक्षेत्रभन्दा बाहिरको कामकुरा गर्नुपर्दा माथिल्लो तहका व्यक्ति वा संस्थाको आदेश लिन जाहेर गर्नु।
88107 साधक वि. १. तप, मन्त्र, साधना आदिद्वारा कुनै कुरा सिद्ध गर्ने।
88108 साधक वि. २. कुनै कुराको सिद्धिका लागि तप वा मन्त्र साधना गर्ने।
88109 साधक वि. ३. भूतप्रेत आदिलाई मन्त्रद्वारा आफ्नो वशमा पार्ने। ना.
88110 साधक वि. ४. इन्द्रजाली।
88111 साधक वि. ५. झाँक्री; धामी।
88112 साधक वि. ६. तपस्वी; योगी।
88113 साधक ना. १. तल्लो तहका अड्डाअदालतमा परेका, आफूले छिन्न नसकिने वा छिन्न नमिल्ने मुद्दामामिलामा आफ्नो राय लेखी निर्णयका निम्ति माथिल्ला अधिकारी वा अड्डामा पठाइने जाहेरी।
88114 साधक ना. २. आफ्नो अधिकारभन्दा माथिको वा आफूले आँट्न नसकिने विषयमा निकासाका निम्ति तालुकवाला अधिकारी वा अड्डालाई लेखी पठाइने रिपोर्ट।
88115 साधक फैसला ना. आफूले गरेको निर्णय ठिक छ-छैन भनी माथिल्लो तहमा जाँच्न पठाउने गरी गरिएको फैसला; जाहेरी फैसला।
88116 साधन ना. १. कुनै वस्तु तयार पार्ने वा कुनै काममा प्रयोग गरिने सामान; उपकरण; औजार।
88117 साधन ना. २. साजबाज।
88118 साधन ना. ३. कुनै वस्तु वा कुराको कारण; हेतु।
88119 साधन ना. ४. तपश्चर्या। ५ मन्त्र आदि सिद्ध गर्ने काम।
88120 साधना ना. १. लामो समयसम्म कष्ट सही मनलाई एकाग्र राखेर कुनै सिद्धि वा सफलताको प्राप्तिका लागि गरिने योग, काम वा प्रयत्न।
88121 साधना ना. २. अभीष्ट फलप्राप्तिका लागि नियमपूर्वक गरिने देवादिको उपासना वा आराधना; अनुष्ठान।
88122 साधना ना. ३. सफलता, दक्षता वा पूर्णताको प्राप्तिका लागि कुनै काम बारबार गर्ने क्रिया; अभ्यास; रफत।
88123 साधना ना. ४. भूतप्रेत आदिलाई मन्त्रादिद्वारा वशमा पार्ने काम।
88124 साधनाभूमि / स्थल ना. कुनै सिद्धि वा सफलताको प्राप्तिका लागि साधना गरिने भूमि वा स्थल।
88125 साधर्म्य ना. भिन्नभिन्न वस्तुमा एउटै धर्म रहनाको भाव, गुण वा अवस्था, धर्म आदिका दृष्टिले हुने एकरूपता; एकधर्मिता।
88126 साधसोध ना. १. आफूले निश्चय गर्न अडबड परेका कुरामा मातहत अड्डा वा कर्मचारीले तालुक अड्डा वा माथिल्ला अधिकारीमा पेस गरी लिने निकासा, निर्देशन वा सल्लाह।
88127 साधसोध ना. २. कुनै कामकुराबारे साध्ने वा सोध्ने काम।
88128 साधा वि. १. छलछाम नगर्ने; सरल स्वभावको; सोझो; सादा।
88129 साधा वि. २. सामान्य; मामुली।
88130 साधार वि. १. निराधार वा कपोलकल्पित नभएर तर्कसम्मत आधार भएको; आधारयुक्त।
88131 साधार वि. २. कुनै प्रमाणमा आधारित; सप्रमाण।
88132 साधारण वि. १. कुनै किसिमको विशेषता वा उल्लेखनीय कुरा नभएको; सामान्य; मामुली।
88133 साधारण वि. २. सरल; सजिलो।
88134 साधारण वि. ३. जतासुकै पाइने; सबै ठाउँमा हुने।
88135 साधारण वि. ४. धेरैसँग मिल्दोजुल्दो; अरुसरहको।
88136 साधारण वि. ५. सहज; प्रकृत।
88137 साधारणतः / तया क्रि.वि. १. साधारण किसिमसँग; सामान्य रूपले।
88138 साधारणतः / तया क्रि.वि. २. प्रायः; धेरैजसो।
88139 साधारण शिक्षा ना. सर्वमान्य अनुभवसँग सम्बन्धित र भविष्यमा जुनसुकै विषयमा विशिष्टीकरण गर्ने शिक्षार्थीले पनि सामान्यतः लिनु आवश्यक ठानिएको शिक्षा।
88140 साधारण सेयर ना. कुनै कम्पनी वा औद्योगिक, व्यापारिक संस्थाद्वारा बिक्री, वितरणमा ल्याइएको साधारण किसिमको हिस्सा वा सेयर।
88141 साधारण सभा ना. १. कुनै सङ्घसंस्था आदिका साधारण सदस्यहरू सम्मिलित भएको सभा; साधारण सदस्यहरूको सभा।
88142 साधारण सभा ना. २. विशेष कार्यका निम्ति नभई साधारण कामका निम्ति गरिएको सभा।
88143 साधारण सभा ना. ३. नियमित रूपले चल्ने सामान्य सभा।
88144 साधारणीकरण ना. १. समान गुण, धर्म वा विशेषताका आधारमा अनेक वस्तुलाई एक श्रेणीमा राख्ने काम।
88145 साधारणीकरण ना. २. विभिन्न तत्त्व, गुण वा विशेषताका आधारमा कुनै साधारण नियम वा सिद्धान्त स्थिर गर्ने काम।
88146 साधारणीकरण ना. ३. साहित्यमा नायक र नायिकाका साथ भावक (श्रोता, पाठक, दर्शक ) को तादात्म्य हुने मानसिक व्यापारविशेष।
88147 साधारणीकरण ना. ४. कुनै विषयलाई सामान्यतः सबैमा उही भावको आलम्बन हुने गरी रसानुभूति हुने रूपमा ल्याउने काम; सामान्यीकरण।
88148 साधिका वि. साधनाद्वारा कुनै कामकुरा सिद्ध गर्ने स्त्री; साधना गर्ने स्त्री।
88149 साधिकार वि. १. अधिकार पाएको वा भएको; अधिकारयुक्त। क्रि.वि.
88150 साधिकार वि. २. अधिकारपूर्वक।