Dictionary

All Word

89951 सुपरिवेक्षण ना. २. शिक्षाका क्षेत्रमा शैक्षिक योजना तथा निर्देशनअनुरूप कार्यान्वयन वा कार्यप्रगति भइरहेको छ, छैन भनी निरीक्षण गर्ने र आवश्यक सल्लाहसहयोग जुटाउने काम।
89952 सुपर्णी ना. पुरनी लहरो।
89953 सुपसुप क्रि.वि. ससाना गाँस हालेर छिटोछिटो खाए झैँ गरी।
89954 सुपाच्य वि. खाएको वस्तु चाँडो वा सजिलैसित पच्ने; हल्का (खाद्य वस्तु)।
89955 सुपाठ ना. १. असल वा कल्याणकारी कामकुरो; सन्मार्ग।
89956 सुपाठ ना. २. राम्रो आचरण; असल बानीबेहोरा।
89957 सुपात्र वि. १. शिक्षादीक्षा वा दानदक्षिणा आदि दिन र कुनै काम गराउन उपयुक्त (व्यक्ति); सत्पात्र । ना.
89958 सुपात्र वि. २. सुयोग्य व्यक्ति।
89959 सुपात्र वि. ३. राम्रो, सुहाउँदो पात्र वा भाँडो।
89960 सुपारी ना. नरिवलका जस्ता पात र सानो काण्ड हुने पहेँला, लामा फूल फुल्ने र साह्रो गोलाकार फल लाग्ने बोट वा त्यसैको फल।
89961 सुपारी किरो ना. जिउमा पहेँलो धर्सा परेको र छुँदा डल्लो पर्ने लाम्चो किरो।
89962 सुपारी गाँठो ना. नाम्लो र बरियाको जोर्नीको गाँठो।
89963 सुपारी फूल ना. सुपारीका आकारको एक प्रकारको गोलाकार फूल।
89964 सुपारे वि. १. कालो डल्लोडल्लो परेको (गोरु )।
89965 सुपारे वि. २. सानासाना दाना हुने (आँप )।
89966 सुपुक्क क्रि.वि सानो गाँस हालेर एकै खेपमा निल्ने गरी; गिलो खानेकुरा थोरै तर झटपट खाने वा खाँदा शब्द निस्कने चालसित।
89967 सुपुत्र ना. १. असल र लायक छोरो; सपूत।
89968 सुपुत्र ना. २. जीवक पुत्र।
89969 सुपुत्री ना. १. असल र लायक छोरी। वि.
89970 सुपुत्री ना. २. असल छोरी भएको (व्यक्ति)।
89971 सुपुर्द ना. कुनै वस्तु वा व्यक्ति अरूलाई जिम्मा लगाउने वा सुम्पने काम; सुपुर्दगी।
89972 सुपुर्दगी ना. १. कुनै वस्तु अरूलाई जिम्मा लगाउने वा सुम्पने काम।
89973 सुपुर्दगी ना. २. उक्त कामका निम्ति ऐनले गरेको वा ऐनमा भएको व्यवस्था।
89974 सुपुसपु क्रि.वि दाल, तिहुन आदिमा मुछिएको खानेकुरो खाँदा शब्द आउने गरी; ससाना गाँस हालेर छिटोछिटो खाने किसिमले; सुपसुप।
89975 सुपो ना. बीसको चोयाबाट बनेको चेप्टो गोलाकार निफन्ने भाँडो; एक प्रकारको नाङ्लो।
89976 सुप्त वि. १. सुतेको; निदाएको।
89977 सुप्त वि. २. पल्टिएको; लेटेको; पस्रिएको।
89978 सुप्त वि. ३. निश्चल; निष्क्रिय; निश्चेष्ट।
89979 सुप्तता ना. सुप्त हुनाको भाव वा अवस्था; सुताइ।
89980 सुप्तली ना. सफा र नरम बनाउन जुत्ताभित्र पैतालाले टेकिने ठाउँमा लगाइने छाला, कपडा आदिको पत्र।
89981 सुप्प क्रि.वि थोरैथोरै खाने वा खाँदा शब्द आउने गरी।
89982 सुप्पसुप्प क्रि.वि लगातार सुप्प हुने गरी।
89983 सुप्लो ना. १. केराको बोटको पत्र।
89984 सुप्लो ना. २. बाँसको बोटको पत्र; बाँसको खबटो।
89985 सुप्रतिष्ठा ना. १. असल र राम्रो प्रतिष्ठा वा स्थिति; राम्रो इज्जत।
89986 सुप्रतिष्ठा ना. २. सुख्याति; सुप्रसिद्धि; सुयश। देवमन्दिर, प्रतिमा आदिको स्थापना।
89987 सुप्रतिष्ठा ना. ३. अभिषेक।
89988 सुप्रतिष्ठित वि. १. राम्रो इज्जत र मान भएको; लोकप्रतिष्ठा पाएको।
89989 सुप्रतिष्ठित वि. २. राम्ररी प्रतिष्ठा भएको वा स्थापना गरिएको।
89990 सुप्रतिष्ठित वि. ३. सुप्रसिद्ध; विख्यात।
89991 सुप्रदीप्त वि. ज्यादै चम्किलो; चमक भएको।
89992 सुप्रशंसनीय वि. राम्रो रूपमा प्रशंसा गर्न योग्य; विशेष प्रशंसनीय।
89993 सुप्रशंसनीय पट्ट ना. नेपाली सेनालाई प्रदान गर्ने गरिएको २०२० सालमा स्थापित एक पदक।
89994 सुप्रसिद्ध वि. खुब प्रसिद्ध भएको; ज्यादै प्रख्यात।
89995 सुप्रुक्क क्रि.वि मुछिएको वा रसदार खानेकुरो थोरै परिमाणमा छिटो गाँस हाल्ने गरी।
89996 सुप्लुक्क क्रि.वि नरम खानेकुरो नचपाईकनै निल्ने गरी।
89997 सुफल ना. १. वृक्षको राम्रो वा असल फल।
89998 सुफल ना. २. असल परिणाम; राम्रो नतिजा।
89999 सुफल ना. ३. अनार।
90000 सुफल ना. ४. कागजी बदाम।