Dictionary

All Word

89901 सुनामक्खी ना. सुनको जस्तो रङ भएको एक उपधातु वा खनिज पदार्थ।
89902 सुनामी ना. समुद्रमा भुइँचालो जाँदा उठ्ने पानीको विशाल तरङ्ग।
89903 सुनार ना. सुनचाँदीका गहना बनाउने जाति, वर्ग वा व्यक्ति।
89904 सुनिनु अ.क्रि. ढाडिनु; फुल्नु।
89905 सुनिनु क.क्रि. कानद्वारा शब्दबोध गरिनु; कर्णगोचर गरिनु।
89906 सुनियोजित वि. १. राम्रोसँग काममा लगाइएको; ठिक किसिमले नियुक्त गरिएको।
89907 सुनियोजित वि. २. नियमबद्ध; क्रममा मिलेको।
89908 सुनियोजितता ना. सुनियोजित हुनाको भाव वा स्थिति; नियमबद्धता।
89909 सुनीति ना. १. राम्रो नीति; न्याय।
89910 सुनीति ना. २. पुराणप्रसिद्ध राजकुमार ध्रुवकी आमा।
89911 सुनुवाइ ना. मुद्दामामिलाका उजुर, पिरमर्का आदि सुन्ने र विचार गर्ने काम; सुनवाइ।
89912 सुनुवार ना. सुनकोसीको तीर हुँदै पूर्वी नेपालमा छरिएर बसेको आफूलाई सूर्यवंशी भन्ने क्षत्रियसमान एक जाति।
89913 सुनौला वि. १. सुनको रङको; सुनको जस्तो रङ भएको; पहेँलो ना.
89914 सुनौला वि. २. सुनको धुलोजस्तो एक प्रकारको रङ।
89915 सुनौली ना. लिम्बूजातिको विवाहको रीतिरिवाजअनुसार छोरी विवाह गरेबापत छोरी जन्माउने बाबुलाई बुझाउनुपर्ने रकम वा दस्तुर।
89916 सुनौलो वि. सुनौला।
89917 सुनौलो न्याउली ना. राम्रो पहेँलो वर्णको, पखेटा र पुच्छर भने कालो रङको हुने, झ्याम्म परेको रुखको टुप्पामा बसेर कराउने, रातोदह्रो चुच्चो भएको न्याउली चरी।
89918 सुन्खत्रो ना. भोगटे, ज्यामिर आदि फल।
89919 सुन्तला ना. पहेँलो र रातो मिसिएको रङको बोक्रा हुने, भित्र केस्राकेस्रा परेका पहेँलै फल हुने, सेता पातभित्र पहेँलो र हरियो खालको गुभो भएको फूल हुने एक बोट वा त्यसैको फल।
89920 सुन्दर वि. १. मनलाई हर्ने; राम्रो; मनोहर; आकर्षक।
89921 सुन्दर वि. २. असल; जाती; बेस। ना.
89922 सुन्दर वि. ३. कामदेव।
89923 सुन्दरता ना. सुन्दर हुनाको भाव, गुण वा अवस्था; राम्रोपन; सौन्दर्य।
89924 सुन्दरी वि. १. बीसौँ शताब्दीको सातौँ दशकमा बनारसबाट निस्केको प्रसिद्ध नेपाली पत्रिका।
89925 सुन्दरी वि. २. पोथी बाँदर; बाँदर्नी।
89926 सुन्ना ना. १. कुनै कुराको पनि अस्तित्व नभएको स्थिति; सुन्ने।
89927 सुन्ना ना. २. अङ्कका पछिल्तिर दहाइ वा दश गुना बुझाउन थपिने गोलाकार चिह्न; शून्य। वि.
89928 सुन्ना ना. ३. खाली; केही वस्तु नभएको।
89929 सुन्निनु अ.क्रि. कुनै अङ्ग वा सबै जिउ फुल्नु; ढाडिनु।
89930 सुन्ने वि. १. सुन्ने काम गर्ने। ना.
89931 सुन्ने वि. २. सुन्ना।
89932 सुन्ने कथा ना. दन्त्यकथा।
89933 सुन्नेबित्तिकै क्रि.वि. कुरो कानमा पर्नासाथ।
89934 सुन्ने साक्षी ना. कुनै भनाभन वा बारदात सुन्ने गबाह।
89935 सुन्नेसान्ने वि. १. सुनसान; कुनै आवाज नभएको; चकमन्न।
89936 सुन्नेसान्ने वि. २. कुनै प्राणी नभएको वा नरहेको।
89937 सुप ना. मसिना पात, चम्सुरका जस्ता फूल र जिराजस्ता दाना फल्ने एक सुगन्धी साग वा त्यसैका दाना।
89938 सुपथ ना. १. असल बाटो; सन्मार्ग।
89939 सुपथ ना. २. सच्चरित्र। वि.
89940 सुपथ ना. ३. सुहाउँदो; उचित।
89941 सुपथ वि. १. सजिलैसित पचाउन सकिने; पच्न सक्ने ( खाद्य वस्तु)।
89942 सुपथ वि. २. चाहिने मात्र लिइएको; लागतअनुसार कायम गरिएको (मूल्य)।
89943 सुपथ मूल्य ना. धेरै नाफा नलिई लागतअनुसार कायम गरिएको मूल्य; सस्तो वा मुनासिब मोल।
89944 सुपरभाइजर ना. शिक्षा, स्वास्थ्य, निर्माण आदि कुनै क्षेत्रमा रेखदेख गर्ने कर्मचारी; पर्यवेक्षक।
89945 सुपर रायल ना. १. छाप्ने कागजको २२x२९ इन्च बराबरको आकार वा नाप।
89946 सुपर रायल ना. २. त्यसैका आकारको कागज।
89947 सुपरिन्टेन्डेन्ट ना. हेरविचार वा रेखदेख गर्ने कर्मचारी; अधीक्षक।
89948 सुपरिवेक्षक ना. १. सुपरिवेक्षणको कार्यमा खटिएको वा तोकिएको व्यक्ति।
89949 सुपरिवेक्षक ना. २. कुनै कार्यको यथार्थ स्थिति बुझ्ने र रेखदेख गर्ने अधिकारी।
89950 सुपरिवेक्षण ना. १. ठिक तरिकाले निर्धारित काम भएनभएको स्थितिका बारेमा सम्बन्धित तहबाट गरिने निरीक्षण वा रेखदेख।