Dictionary

All Word

89751 सुताउनु स.क्रि. / प्रे. क्रि. १. सुत्न लाउनु; निद्रामा पार्नु।
89752 सुताउनु स.क्रि. / प्रे. क्रि. २. लडाउनु; लेटाउनु।
89753 सुताउनु स.क्रि. / प्रे. क्रि. ३. स्त्रीसम्भोग गर्नु।
89754 सुतारो ना. जुत्ता सिउने बिँड भएको सियो; आरो।
89755 सुताहा वि. धेरै समय सुत्ने; धेरै सुत्ने बानी भएको; सुतुवा।
89756 सुतिनु अ.क्रि. सुत्ने काम होइनु; लेटिनु; पल्टिनु।
89757 सुती वि. कपासबाट बनाइएका धागाले बुनिएको; सुतको; सुती।
89758 सुती उद्योग ना. सुतीबाट तयार हुने कपडा आदिको उद्योग; सुतीसम्बन्धी कारखाना।
89759 सुती खेती ना. सुती धागाको खेती।
89760 सुती धागो ना. कपासबाट तयार गरेको धागो; सुतको धागो।
89761 सुतीक्ष्ण वि. १. ज्यादै तिखो; प्रखर; अति तीक्ष्ण।
89762 सुतीक्ष्ण वि. २. खुब लाग्ने; धारिलो (हतियार)। ना.
89763 सुतीक्ष्ण वि. ३. अगस्त्य मुनिका भाइ पर्ने एक ऋषि।
89764 सुतुरमुर्ग ना. उँटकोजस्तो लामो तर झिनो गर्दन भएको, जोडसँग दौडन सक्ने; मरुभूमिमा हुने ठुलो जातको पक्षी।
89765 सुतुवा वि. १. धेरै सुत्ने बानी भएको; सुताहा।
89766 सुतुवा वि. २. ज्यादै अल्छी।
89767 सुत्केरी ना. १. भर्खरै बच्चा जन्माएकी स्त्री; नवप्रसूता नारी।
89768 सुत्केरी ना. २. लैनो गाईभैँसी आदि।
89769 सुत्केरी बिदा ना. सुत्केरी भएको बखत नियमानुसार महिला कर्मचारीलाई दिइने वैतनिक बिदा।
89770 सुत्केरो ना. बालबच्चाको जन्म हुँदा निश्चित अवधिसम्म बन्धुवर्गलाई लाग्ने आशौच; सूतकाशौच; जननाशौच; सूतक।
89771 सुत्त क्रि.वि. १. सानो वस्तु सजिलैसित वा चाँडै पस्ने गरी; खुत्त।
89772 सुत्त क्रि.वि. २. भाग्दा अरूले चाल नपाउने गरी; फुत्त।
89773 सुत्लो १. घाउमा घुसारिने, डोरी झैँ एकसरो वा दोहोरो बाटिएको, कपडा आदिको पोयो वा लुँडो; औषधी मिलाएर घाउमा कोचिने कागत, कपडा आदि बाटेर बनाइएको सुइरो।
89774 सुत्लो २. मकैको धानचमर वा भर्खर निस्केको सानो घोगो।
89775 सुत्लो ३. खजुरोजस्तो कानमा पसेर सताउने सानो किरो; कनसुत्लो।
89776 सुत्लो ४. बाँसको खबटो।
89777 सुत्लो हलाइ ना. मकैले भर्खर घोगा हाल्न थाल्ने काम।
89778 सुद ना. ब्याज।
89779 सुदखोर ना. अनुचित किसिमले बढी ब्याज लिने व्यक्ति; धेरै ब्याज लिने साहु।
89780 सुदखोरी ना. असामीसित अनुचित तरिकाले बढी ब्याज लिने काम; सुदखोरको काम।
89781 सुदर्शन ना. १. विष्णुको दाहिने हातमा रहने, गोलाकार बाहिर दाँती भएको हतियार; सुदर्शन-चक्र।
89782 सुदर्शन ना. २. शिव।
89783 सुदर्शन ना. ३. जामुनाको रुख। वि.
89784 सुदर्शन ना. ४. देख्न राम्रो; सुन्दर।
89785 सुदाम वि. १. केही नखाएको वा नभएको। क्रि.वि.
89786 सुदाम वि. २. रित्तै; निख्लै।
89787 सुदामा ना. १. श्रीकृष्णका सहपाठी र परम मित्र एक गरिब ब्राह्मण। वि.
89788 सुदामा ना. २. गरिब; निर्धन।
89789 सुदामाको कनिका टु. साह्रै थोरै उपहार वा कोसेली ( दीनता जनाउने नम्र बोलीमा)।
89790 सुदामाको तण्डुल टु. सुदामाको कनिका।
89791 सुदि ना. शुक्लदिवसको छोटकरी रूप; शुक्लपक्षको दिन; उजेली पक्ष; सुदी।
89792 सुदिन ना. १. बादल, वर्षा केही नभएको दिन; असल वा राम्रो दिन।
89793 सुदिन ना. २. भाग्य; सुख।
89794 सुदिन ना. ३. सन्चोसुबिस्ताको समय वा याम; सुखको दिन।
89795 सुदी ना. हे. सुदि।
89796 सुदुर्जया ना. बौद्ध ग्रन्थका अनुसार दशभूमि वा त्रयोदश भूमिमध्ये पाँचौँ भूमि।
89797 सुदूर वि. १. धेरै टाढा रहेको; निकै टाढाको। क्रि.वि.
89798 सुदूर वि. २. ज्यादै टाढा; अति दूर।
89799 सुदूरपूर्व ना. १. निकै पूर्व; टाढाको पूर्वी भाग।
89800 सुदूरपूर्व ना. २. वर्तमान विश्वमा प्रचलन भएअनुसार जापान, चीन, कोरिया, फिलिपिन्स र रुसको पूर्वी भूभाग।