Dictionary

All Word

89651 सुखी वि. धन, परिवार र इष्टमित्र चारैतिरबाट सन्तोष पाएको; आनन्दी।
89652 सुख्यात वि. असल कामकुरामा नाम चलेको; राम्रो नाम चलेको; प्रसिद्ध।
89653 सुख्याति ना. सुख्यात हुनाको भाव वा स्थिति; सुयश; सुनाम प्रसिद्धि।
89654 सुगठित वि. राम्रोसँग गठन गरिएको (संस्था, सङ्गठन आदि)।
89655 सुगत ना. १. बुद्धदेव। वि.
89656 सुगत ना. २. बौद्ध।
89657 सुगत ना. ३. सद्गतिप्राप्त।
89658 सुगत ना. ४. असल चालचलनको।
89659 सुगति ना. मरेपछि हुने असल गति; सद्गति; मोक्ष।
89660 सुगन्ध ना. १. मिठो बास्ना; मनै रमाउने गन्ध; सुवास; महक।
89661 सुगन्ध ना. २. सुगन्धी वस्तु; मिठो बास्ना आउने पदार्थ।
89662 सुगन्धराज ना. लसुनका जस्ता केही लामा पात हुने, राती धेरै बास्ना चल्ने, जोडा सेता फूल फुल्ने बोट वा त्यसकै फूल; रजनीगन्धा।
89663 सुगन्धबाल ना. झुस नभएको सोझो डाँठमा काँक्राका जस्ता चारपाँच कुना परेका पात हुने, लामालामा डाँठमा गुलाफी फूल फुल्ने, लाम्चा गेडा फल्ने एक जातको सुगन्धी बोट।
89664 सुगन्धा ना. गन्ध चल्ने फूलको बोट।
89665 सुगन्धित वि. बास्ना आउने बनाइएको; सुगन्ध चल्ने।
89666 सुगन्धी वि. सुगन्धित; सुगन्धयुक्त।
89667 सुगम वि. १. जान सकिने; सजिलैसँग पुग्न सकिने।
89668 सुगम वि. २. सजिलैसित बुझ्न सकिने; सुबोध; सहज।
89669 सुगमता ना. १. सजिलै जान सकिने स्थिति।
89670 सुगमता ना. २. सजिलै बुझ्न सकिने अवस्था।
89671 सुगसुग क्रि.वि. हे. सुकसुक।
89672 सुगा ना. रातो, मोटो चुच्चो र बाँकी सबै जिउमा हरिया प्वाँख हुने, मानिसको बोली टिप्ने प्रसिद्ध चरो।
89673 सुगाठुँडे वि. चुच्चो वा भद्दा मुख भएको (व्यक्ति)।
89674 सुगानाके वि. सुगाको जस्तो लामो नाक भएको (व्यक्ति)।
89675 सुगापढाइ ना. अर्थ नबुझी पढ्ने वा रट्ने काम; एकोहोरो रटाइ।
89676 सुगारटाइ ना. सुगाले जस्तै अर्थै नबुझी पाठ रट्ने वा घोक्ने काम; व्यर्थको पढाइ।
89677 सुगीधान ना. गाढा पहेँला गेडा हुने एक जातको धान।
89678 सुग्घर वि. १. कथ्य. सुघर। फोहरमैला नभएको; सफा।
89679 सुग्घर वि. २. राम्रो; चोखो।
89680 सुग्घर सफाइ ना. सफासुग्घर भएको स्थिति; सरसफाइ।
89681 सुग्घरी वि. कथ्य. सुघरी। सफासुग्घर भएर बस्ने।
89682 सुग्रीव ना. १. रामायणप्रसिद्ध वानरराज; पुराणप्रसिद्ध बालिका भाइ।
89683 सुग्रीव ना. २. शङ्ख।
89684 सुग्रीव ना. ३. इन्द्र। वि.
89685 सुग्रीव ना. ४. राम्रो घाँटी भएको।
89686 सुचरित / सुचरित्र वि. असल चालचलन भएको; राम्रो स्वभाव भएको; सच्चरित्र। स्त्री. सुचरित्रा।
89687 सुचारु वि. खुब राम्रो; ज्यादै सुन्दर।
89688 सुचालक वि. विद्युत्तरङ्ग प्रवाहित नहुने तर खालि ताप मात्र सर्ने वस्तु (अभ्रक आदि); सुसंवाहक।
89689 सुची ना. पिसाब; मूत्र।
89690 सुज/सुजन ना. वात, पित्त आदि रोगले अथवा चोटपटकले शरीरको कुनै पनि अङ्ग फुल्ने वा सुनिने काम।
89691 सुजन वि. भलादमी; सज्जन।
89692 सुजनता ना. भलादमीपन; सौजन्य।
89693 सुजनी ना. भुइँमा बस्न बिछ्याउने सानो आसन; चकटी; सानो लम्पट।
89694 सुजाक ना. अलि जलन हुने मूत्रेन्द्रियको रोग; भिरङ्गी।
89695 सुजाकाणु ना. धातुमेहद्वारा उत्पन्न हुने रोग; गोनेरिया।
89696 सुजात वि. १. उच्च वंशमा जन्मेको; कुलीन।
89697 सुजात वि. २. राम्रोसँग जन्मेको; सकुशल जन्म भएको।
89698 सुजिकार ना. लुगाफाटा सिउने कामको पेसेवार जाति; सूचिकार।
89699 सुजी ना. खस्रो खालको र दाना छुट्टिने किसिमको गहुँको पिठो।
89700 सुजीकार ना. हे. सुजिकार।