Dictionary

All Word

89551 सुकर्म ना. ३. फलित ज्योतिषका सत्ताइस योगमध्ये एक।
89552 सुकर्मा वि. १. सुकर्म गर्ने; सुकर्ममा लागेको। ना.
89553 सुकर्मा वि. २. विश्वकर्मा।
89554 सुकर्मी वि. १. सत्कर्म गर्ने; पुण्यात्मा।
89555 सुकर्मी वि. २. सदाचारी।
89556 सुकला ना. उत्तम कला; राम्रो सिप।
89557 सुकला ना. सुताइ वा निदाइ; शयन (विशिष्ट आदरमा )।
89558 सुकवि ना. प्रतिभाशाली काव्यकार; उत्तम काव्य रचना गर्ने कवि।
89559 सुकसुक क्रि.वि. १. सफासुग्घर हुने गरी; चम्किलो पारेर; सुगसुग।
89560 सुकसुक क्रि.वि. २. नरम चालले; कोमलतासाथ।
89561 सुकसुकाइ ना. सुकसुक हुने वा सकसकाउने क्रियाप्रक्रिया।
89562 सुकसुकाइनु अ.क्रि. सुकसुकाउँदो होइनु।
89563 सुकसुकाउँदो वि. १. माझमुझ गरी सफा गरिएको।
89564 सुकसुकाउँदो वि. २. बढारकुँढार गरेर सिनित्त पारिएको; निकै सुग्घर।
89565 सुकसुकाउँदो वि. ३. सुकुमार; कोमल।
89566 सुकसुकाउनु अ.क्रि. सफा सुग्घर वा सिनित्त हुनु; सुकसुकाउँदो बन्नु।
89567 सुका ना. पच्चिस पैसा; मोहरको आधा वा रुपियाँको चौथाइ भाग।
89568 सुकाइ ना. १. सुक्ने भाव, क्रिया वा प्रक्रिया। [सुकाउ + आइ]
89569 सुकाइ ना. २. सुकाउने भाव, क्रिया वा प्रक्रिया।
89570 सुकाइनु क.क्रि. सुकाउने काम गरिनु; सुक्ने पारिनु।
89571 सुकाउनु स.क्रि. / प्रे.क्रि. १. पानी वा ओसिलोपन सोस्न घाम, आगो आदिको रापमा राख्नु; सुक्ने स्थितिमा पुऱ्याउनु।
89572 सुकाउनु स.क्रि. / प्रे.क्रि. २. सुक्खा गराउनु; सुक्ने पार्नु।
89573 सुकाउरो वि. पानी नपुग्ने; सुक्ने खालको।
89574 सुकाल ना. १. खानपिउन प्रशस्त अन्नपात भएको समय; सहकाल।
89575 सुकाल ना. २. शुभ मुहूर्त; असल समय।
89576 सुकिनु अ.क्रि. १. सुक्ने होइनु; ओसिलोपन हराइनु।
89577 सुकिनु अ.क्रि. २. दुब्लाइनु।
89578 सुकिलो अ.क्रि. १. फोहोर वा मैलो नभएको; सफा।
89579 सुकिलो अ.क्रि. २. सेतो; सफेद।
89580 सुकी ना. पच्चिस पैसा मूल्य बराबरको सिक्का; चौथाइ रुपियाँको मुद्रा; एक सुकाको मुद्रा।
89581 सुकुटी ना. पछि खानका लागि सड्न नपाउने गरी सुकाएर राखिएको मासु।
89582 सुकुटे वि. दुब्लोपातलो; सिकुटे।
89583 सुकुन्डो ना. तेल हाल्ने, लोटाका छाँटको, एकातिर समाउने बिँड र गणेशको मूर्ति, अर्कातिर दियो भएको, अन्दाजी एक फुटसम्म अग्लो, काँसको बुट्टेदार भाँडो।
89584 सुकुमबास ना. १. घरजग्गा केही पनि नभएको स्थिति; सम्पत्ति वा जायजेथा नभएको अवस्था।
89585 सुकुमबास ना. २. कुनै जीविका नभएको अवस्था।
89586 सुकुमबासी वि. १. सुकुमबास भएको; घरबार, जायजेथा केही पनि नभएको (व्यक्ति)। ना.
89587 सुकुमबासी वि. २. घरजग्गा नभएको रैती; घरवाससम्म भएको तर खेती नभएको रैती।
89588 सुकुमार वि. १. ज्यादै कोमल; कमलो।
89589 सुकुमार वि. २. कोमल शरीर भएको।
89590 सुकुमार वि. ३. संवेदनशील हृदय भएको; उदार। ना.
89591 सुकुमार वि. ४. पिलपिलाउँदो बालक।
89592 सुकुमार वि. ५. कोमल शब्द र अक्षर भएको काव्य।
89593 सुकुमारता ना. सुकुमार हुनाको भाव, गुण वा स्थिति।
89594 सुकुमारी वि. १. कोमल अङ्ग भएकी; कोमलाङ्गी (स्त्री)।
89595 सुकुमारी वि. २. ना. असल र राम्री कन्या।
89596 सुकुमारी वि. ३. कोमलाङ्गी बालिका।
89597 सुकुमेल ना. सर्वजाका जस्ता लाम्चा पात हुने र सेतो सानो अलैँचीजस्तो फल फल्ने एक जातको बोट वा आयुर्वेदका अनुसार शिर, हृदय र मूत्राशयको रोगलाई हित गर्ने त्यसैको फल; सानो अलैँची।
89598 सुकुल ना. १. उत्तम कुल; उच्च वंश। वि.
89599 सुकुल ना. २. उत्तम कुलको; कुलीन।
89600 सुकुल ना. परालको डोरीलाई परस्परमा जेलेर बुनेको ठुलो आसन; परालको ठुलो गुन्द्री।