Dictionary

All Word

89701 सुजेरो ना. १. तोपचरो।
89702 सुजेरो ना. २. सुजीकारको कैँची सियो आदि राख्ने झोला वा थैलो; नोक्चो।
89703 सुझ्नु अ.क्रि. १. मनमा नयाँनयाँ विचारको स्फुरण हुनु; नयाँ कुरा उब्जनु।
89704 सुझ्नु अ.क्रि. २. स्मरण हुनु; सम्झनु।
89705 सुझ्नु अ.क्रि. ३. आभास हुनु।
89706 सुझ ना. १. विचारको स्फुरण; उपाय वा कुनै नयाँ युक्तिको प्रस्फुटन; सूझ।
89707 सुझ ना. २. सुझ्ने काम।
89708 सुझदार वि. राम्रो सुझ भएको; अकिलदार।
89709 सुझबुझ ना. १. समस्यालाई राम्ररी बुझ्ने र त्यसको समाधान गर्ने बुद्धि; विवेक।
89710 सुझबुझ ना. २. स्मरण।
89711 सुझाइ ना. १. सुझ्ने भाव, क्रिया वा प्रक्रिया। [सुझाउ + आइ]
89712 सुझाइ ना. २. सुझाउने भाव वा क्रियाप्रक्रिया।
89713 सुझाइनु क.क्रि. सुझ्न लाइनु।
89714 सुझाउ / सुझाव ना. १. नयाँ कामकुराको प्रस्ताव; रायसल्लाह; अनुरोध।
89715 सुझाउ / सुझाव ना. २. सम्झाउने वा स्मरण गराउने काम।
89716 सुझाउनु प्रे. क्रि. सुझ्न लगाउनु; विचारको स्फुरण गराउनु।
89717 सुझिनु अ.क्रि. सुझ्ने काम होइनु; विचार फुरिनु।
89718 सुट ना. जिउ र खुट्टामा लगाइने एकैनासे कोट र पाइन्ट भएको पश्चिमी ढाँचाको किम्मती लुगा।
89719 सुटकेस ना. सानो अटैची वा बाकस।
89720 सुटिङ ना. चलचित्र खिच्ने काम।
89721 सुटिङ स्टुडियो ना. चलचित्र खिच्ने ठाउँ वा घर।
89722 सुटुक ना. डुम्रीको बोट वा फल।
89723 सुटुक्क क्रि.वि. कुनै कामकुरो गर्दा अरूले चाल नपाउने गरी; पत्तै नपाईकन; सुट्ट।
89724 सुटुक्किनु अ.क्रि. १. सुटुक्क जानु; चालै नपाई जानु।
89725 सुटुक्किनु अ.क्रि. २. गुल्टिनु; मर्नु।
89726 सुट्ट क्रि.वि. १. सुटुक्क निस्कने वा भाग्ने गरी।
89727 सुट्ट क्रि.वि. २. छिटै भित्र पस्ने किसिमले।
89728 सुठनी / सुठुनी ना. १. पानका आकारका पात, सेतो फूल र सेतै गोल कन्द हुने एक जातको लहरो।
89729 सुठनी / सुठुनी ना. २. त्यसैको कन्दमूल; एक प्रकारको सखरखण्ड।
89730 सुठो ना. १. खार, चुन आदि खनिज मिसाई तयार गरी सुकाएको अदुवा।
89731 सुठो ना. २. सुकेको अदुवा।
89732 सुठौरो/ सुठाउरो ना. १. सुठो हालेर प्रायः सुत्केरीका लागि बनाइएको खानेकुरो।
89733 सुठौरो/ सुठाउरो ना. २. सुठोको झोल वा रस।
89734 सुडौल वि. शरीरको गठन राम्रो भएको; राम्रो जिउडालको।
89735 सुत्नु अ.क्रि. १. बिछ्‌यौनामा निदाउनका लागि पस्रनु; लेट्नु; पल्टनु।
89736 सुत्नु अ.क्रि. २. निदाउनु।
89737 सुत्नु अ.क्रि. ३. स्त्रीसम्भोग गर्नु।
89738 सुत ना. १. छोरो; पुत्र; पुरुषसन्तान।
89739 सुत ना. २. सुत्केरी हुनुभन्दा पहिले स्त्रीको योनिबाट निस्कने तरल पदार्थ; सेप।
89740 सुत ना. ३. गाईबस्तुको जननेन्द्रिय; योनि।
89741 सुत ना. १. रुवो रेसम, ऊन आदिको मसिनु डोरो; धागो।
89742 सुत ना. २. घरका गारामा भित्रपट्टि दलिनहरू अड्याउन लगाइने लामो काठ।
89743 सुतरी ना. सुतको डोरी; सुथरी।
89744 सुतल ना. तलका सात लोक अतल, वितल, सुतल, तलातल, महातल, रसातल र पातालमध्ये तेस्रो लोक।
89745 सुतली ना. इनामपात।
89746 सुता ना. १. छोरी; पुत्री; स्त्रीसन्तान।
89747 सुता ना. २. प्रायः तराईका स्त्रीजातिले लगाउने एक प्रकारको गहना।
89748 सुताइ ना. १. सुत्ने भाव, क्रिया वा प्रक्रिया। [ सुताउ + आइ]
89749 सुताइ ना. २. सुताउने भाव, क्रिया वा प्रक्रिया।
89750 सुताइनु क.क्रि. सुत्न लाइनु।