Dictionary

All Word

90751 सेकाइ ना. सेक्ने किसिम, क्रिया वा भाव।
90752 सेकाइनु क.क्रि. १. सेक्ने काम गरिनु; तताइनु।
90753 सेकाइनु क.क्रि. २. बदमासी गर्ने फटाहालाई सजाय दिइनु; यातना दिइनु।
90754 सेकाउनु स.क्रि. / प्रे. क्रि. १. ताप, राप वा आगोमा राखेर तताउनु वा पोल्नु; त्यसरी तताउनु वा पोल्न लाउनु।
90755 सेकाउनु स.क्रि. / प्रे. क्रि. २. सास्ती दिनु वा दिलाउनु।
90756 सेकिनु क.क्रि. सेकाइ पूरा गरिनु; सेकाइनु।
90757 सेकी ना. १. शेष।
90758 सेकी ना. २. जुठोपुरो; बाँकीसेकी।
90759 सेकुवा वि. १. आगो, बिजुली आदिमा सेकाएर तयार पारिएको, नुन, मरमसला आदिमा मली रापमा सेकाइएको (माछा, मासु आदि)। ना.
90760 सेकुवा वि. २. सेकेर खान तयार पारिएको माछा वा मासु।
90761 सेकेन्ड ना. १. मिनेटभन्दा कम अवधिका समयको एकाइ; मिनेटको साठीऔँ अंश। वि.
90762 सेकेन्ड ना. २. दोस्रो दर्जाको; मध्यम खालको।
90763 सेक्रेटरी ना. १. सचिव।
90764 सेक्रेटरी ना. २. मन्त्री।
90765 सेक्रेटेरियट ना. सचिवालय।
90766 सेक्सन ना. कुनै वस्तु वा कार्यक्षेत्रको विभाग; फाँट; शाखा।
90767 सेक्सन अफिसर ना. फाँटवाला हाकिम; शाखा-अधिकृत।
90768 सेख ना. १. कुनै विषय वा वस्तुको अवशेष; उबार; बाँकी।
90769 सेख ना. २. मृत्यु; मरण ( उदा.- बाबुको सेखपछि छोरो घरको मालिक हुन्छ। )।
90770 सेख ना. ३. पैतृक सम्पत्ति; अंश।
90771 सेखपछि क्रि.वि. मृत्युउप्रान्त; शेषपछि।
90772 सेखासेख ना. १. परस्परको प्रतिद्वन्द्विता; होडबाजी।
90773 सेखासेख ना. २. एकअर्कामा तँ वीर कि म वीर भनेर चम्किने काम; तुजुक।
90774 सेखी ना. १. आफैँ मात्र ठुलो, राम्रो, योग्य आदि भएको देखाउने अहंभाव।
90775 सेखी ना. २. त्यसरी कसैसँग जोरी खोज्ने वा फुर्ती देखाउने काम; अभिमान; घमन्ड; तुजुक।
90776 सेखी ना. ३. व्यर्थको रबाफ वा ढाँचा।
90777 सेखीबाज वि. सेखी गर्ने; घमन्डी।
90778 सेखीवाल वि. सेखी भएको; सेखी गर्ने; तुजुकवाला।
90779 सेचक वि. पानी छर्कने; सिञ्चन गर्ने; अभिषेक गर्ने।
90780 सेचन ना. १. तरल वस्तुको छर्काइ; छिटाछिटा छर्कने काम।
90781 सेचन ना. २. मन्त्र-उच्चारणका साथै पवित्र जल छर्कने धार्मिक कार्य; अभिषेक।
90782 सेचन ना. ३. पानीद्वारा गरिने सिँचाइ।
90783 सेचन ना. ४. पुरुष र स्त्रीका सम्भोगक्रियामा प्रजननशील जीवाणुकोषको संयोग हुने प्रक्रिया।
90784 सेज ना. बिछ्‌यौना; शय्या; ओछ्यान।
90785 सेट्नु स.क्रि. कुनै वस्तुलाई मिल्दोजुल्दो बनाउन ठोक्नु; कुनै व्यक्तिलाई अनुशासित हुन बाध्य तुल्याउनु; सिट्नु।
90786 सेट ना. समानधर्मी काममा आउने वस्तुहरूको समुदाय; एकै प्रयोजनमा एकअर्काका पूरक भई आउने अनेकौँ वस्तुको समुदाय; बाना।
90787 सेटलमेन्ट अफिसर ना. तत्कालीन श्री ५ को सरकार सर्भे विभागअन्तर्गत जग्गा नापजाँच गराउने नापीगोस्वाराको मुख्य हाकिम।
90788 सेटाइ ना. सेट्ने क्रियाप्रक्रिया।
90789 सेटाइनु प्रे. क्रि./स.क्रि. सेटेर अनुशासित तुल्याइनु।
90790 सेटाउनु प्रे. क्रि. सेटेर अनुशासित तुल्याउनु।
90791 सेटिनु क.क्रि. सेटाइद्वारा अनुशासित पारिनु।
90792 सेठ ना. १. धनाढ्य व्यक्ति; धनधान्यले पूर्ण भएको मान्छे; महाजन।
90793 सेठ ना. २. ठालु प्रतिष्ठा कमाएको व्यक्ति।
90794 सेठ साहुकार ना. माथिल्ला तहका व्यापारी महाजन।
90795 सेठानी ना. १. सेठकी पत्नी; सेठकी स्त्री।
90796 सेठानी ना. २. धनाढ्य आइमाई।
90797 सेठिनी ना. सेठानी।
90798 सेड ना. १. बस, कार, मोटरसाइकल आदि यानलाई घाम, पानीबाट जोगाउन बनाइएको ओतसहितको स्ट्यान्ड; छायासहितको यानबिसौनी।
90799 सेड ना. २. घाम, पानी, हावा आदि छल्ने साधन; ओत वा ओड।
90800 सेडा ना. केन्द्रीय आर्थिक विकास तथा प्रशिक्षण केन्द्रको सङ्क्षिप्त रूप (सेन्ट्रल इकोनोमिक डेभलपमेन्ट एसोसिएसन)।