Dictionary

All Word

90801 सेताम्मे वि. १. फुटेर, छरिएर, फुलेर वा फैलिएर सबैतिर सेतैसेतो भएको (कपास, काँस, सिमल, केश आदि)। ना.
90802 सेताम्मे वि. २. त्यसरी व्याप्त भएको सेतो दृश्यावली। क्रि.वि.
90803 सेताम्मे वि. ३. सेतोपनले ढाक्ने वा छोप्ने गरी। (उदा.- रामको कपाल कम उमेरमै सेताम्मे भइसक्यो )।
90804 सेती ना. १. नेपालको कर्णाली प्रदेशमा पर्ने एक प्रसिद्ध नदी।
90805 सेती ना. २. गण्डकी अञ्चलमा माछापुछ्रे हिमालको काखबाट पोखरा उपत्यका हुँदै गण्डकीमा मिल्न पुग्ने एक नदी। वि.
90806 सेती ना. ३. सेतो वर्णकी (स्त्री); गोरी।
90807 सेती अञ्चल ना. नेपालका चौध अञ्चलमध्ये पूर्वको मेची अञ्चलदेखि गणना गर्दा तेह्रौँमा पर्ने एक अञ्चल।
90808 सेतीगेडी ना. लालगेडी जस्तै तर सेतो रङको गेडा फल्ने एक लहरो; त्यसै लहराको फल।
90809 सेतीबेनी ना. नेपालको पर्वत जिल्लामा पर्ने कालीगण्डकी र सेती नदीको सङ्गमस्थल; सेती दोभान।
90810 सेतीमकै ना. सेतो रङका गेडा फल्ने मकै।
90811 सेतीमाटी ना. १. घर पोत्ने काममा प्रयोग हुने माटो; कमेरो।
90812 सेतीमाटी ना. २. कमेरे माटो भएको ठाउँ।
90813 सेतु ना. १. खोलानाला आदि पार गर्न वल्ला तीरदेखि पल्ला तीरसम्म, सिमेन्ट, फलाम, काठ आदिका साधनबाट बनाइएको साँगु; साँघु; पुल।
90814 सेतु ना. २. पुलेसो।
90815 सेतुबन्ध ना. १. पुल बनाउने काम; सेतु बाँध्ने काम।
90816 सेतुबन्ध ना. २. भारतको रामेश्वरम् भन्ने ठाउँमा लङ्का जानका निम्ति समुद्रमा रामचन्द्रले निर्माण गरेको भनी पुराणमा वर्णित एक पुल।
90817 सेतुबन्ध ना. ३. रामायणका अनुसार उक्त पुल बनाउँदाको अभियान।
90818 सेतुबन्ध ना. ४. उक्त पुलको निर्माणसँग सम्बन्धित रामायणको अंश।
90819 सेतो ना. १. दुध, कमेरो, चुन आदिको जस्तो रङ; श्वेत। वि.
90820 सेतो ना. २. उक्त रङको।
90821 सेतो आतङ्क ना. १. अश्वेत जातिउपर श्वेत जातिले गरेको आतङ्क।
90822 सेतो आतङ्क ना. २. प्रगतिवादी विचारकहरूका दृष्टिमा वर्तमान युगमा ध्रुवीकरणको विकासमा पश्चिमी राष्ट्रहरूले खेलेको गलत भूमिका।
90823 सेतो कुश ना. कुशका भेदमध्ये सेतो जातको कुश; श्वेतकुश।
90824 सेतो खयर ना. रातो र सेतो रङ्ग निस्कने दुई खालका खयरमध्ये पानमा हालिने चाहिँ खयर; श्वेतखदिर।
90825 सेतो गायो ना. सेतो पित्त आउने रोग; अमल पित्तको रोग।
90826 सेतो गिद्ध ना. गिद्धको सेतो प्रकार।
90827 सेतो चना ना. ठुलो जातको चना; काबुली चना।
90828 सेतो चुल्सी ना. झन्डै एक सेन्टिमिटरसम्म उँचाइको, गाँठेगुँठे काण्ड हुने, सेतो फूल फुल्ने, आयुर्वेदका अनुसार बच्चाबच्चीका मुखमा घाउखटिरा आउँदा धुलो बनाएर प्रयोग गरिने वनस्पतिविशेष।
90829 सेतो जाई ना. चैतवैशाखमा सेता रङ्गका, जाईका आकारको फूल फुल्ने, सुगन्धित बास्ना आउने एक जातको लहरो; त्यसैको फूल।
90830 सेतो ठाडे ना. १. सेतो भावको एक जातको धान।
90831 सेतो ठाडे ना. २. त्यसै धानको चामल।
90832 सेतो ढुकुर ना. चुच्चो र खुट्टामा रातो रङ भई बाँकी जिउ सेतो हुने एक थरी ढुकुर।
90833 सेतो तित्रो ना. सेतो रङको तित्रो चरो।
90834 सेतो दुबो ना. बन्सोका आकारका सेता पात हुने, फूल नफुल्ने एक थरी बगैँचे झार।
90835 सेतो दुभी ना. सेतोसेतो दाग देखिने एक प्रकारको चर्मरोग; पाण्डुरोगको एक भेद।
90836 सेतो भन्टा ना. प्याजी रङ्गको फूल फुल्ने र सेतो रङको फल फल्ने भन्टा।
90837 सेतो भालु ना. उत्तरको ध्रुवीय प्रदेशका हिउँमा हुने, सेतो रङको भालु; ध्रुवीय प्रदेशमा पाइने विशेष किसिमको प्रसिद्ध भालु।
90838 सेतो भिँडा ना. सेतो भन्टा।
90839 सेतो मरिच ना. मरिचको कालो र सेतो भेदमध्ये कालोभन्दा बढी गुणकारी मानिने र नचाउरिने, उज्जर रङको दाना हुने मरिच।
90840 सेतो रुदिलो ना. सेतो फूल फुल्ने रुदिलो वृक्ष।
90841 सेतो सतीबयर ना. उज्जर रङका दाना फल्ने सतीबयर।
90842 सेतो सिमाली ना. सेता दाना फल्ने एक जातको सिमी।
90843 सेना ना. युद्ध, शान्तिसुरक्षा आदिका निम्ति तालिम दिई तैनाथ गरिएका सशस्त्र सैनिक जवानको समुदाय; फौज; पल्टन।
90844 सेनाध्यक्ष ना. जल, स्थल, वायु आदि सेनाको प्रमुख; प्रधान सेनापति।
90845 सेनानायक ना. १. सेनाका कुनै एक गुल्मको नायक; गणनायक।
90846 सेनानायक ना. २. सेनाध्यक्ष।
90847 सेनानिवेश ना. आवासीय प्रबन्धसहित सेना रहने ठाउँ; ब्यारेक; सैनिक छाउनी।
90848 सेनानी ना. सेनाको उच्च अधिकृत पद वा दर्जा; गणनायक (मेजर)।
90849 सेनापति ना. सेनाका कुनै गुल्मको प्रमुख; सेनानायक।
90850 सेनापत्य ना. सेनापतिको पद वा दायित्व।