Dictionary

All Word

90951 सेली ना. २. सेलिया।
90952 सेलो ना. भोटे, तामाङ, सेर्पा आदिका लोकगीतको चरणमा सात वा आठ अक्षर हुने लय; सेलो गीत।
90953 सेलो ना. १. मासु, कुभिन्डो आदि काटेर बनाएको लामो तुन्द्रो; मासुको टुक्रो।
90954 सेलो ना. २. पिँडालु, कर्कलो आदिका कन्दबाट निस्केको ससाना टुसामध्ये कुनै एक।
90955 सेलो ना. ३. काँडो; बाण (जस्तो- बिखको सेलो)।
90956 सेल्टिनु अ.क्रि. १. भोकले आत्तिएर मर्न खोज्नु; भोकाउनु।
90957 सेल्टिनु अ.क्रि. २. मर्नु; सास जानु।
90958 सेल्ट्याइ ना. सेल्टिने वा सेल्ट्याउने क्रियाप्रक्रिया।
90959 सेल्ट्याइनु क. क्रि. सेल्टिने तुल्याइनु।
90960 सेल्ट्याउनु प्रे.क्रि./स.क्रि. सेल्टिने तुल्याउनु।
90961 सेवक वि. १. सेवाटहल गर्ने; सह्यारसुसार गर्ने; सेवी।
90962 सेवक वि. २. सेवन गर्ने; उपयोग गर्ने। ना.
90963 सेवक वि. ३. देवदेवीको भक्त; आराधक।
90964 सेवक वि. ४. नोकरचाकर; परिचारक; भृत्य।
90965 सेवडा ना. १. संन्यासीहरूको एक प्रकार; एक प्रकारको संन्यासी। [सेव+ड]
90966 सेवडा ना. २. नुन, मसला आदि मिलाएको मैदा मुछी बेलेर चारपाटे पर्ने गरी काटेर घिउमा पकाइएको खाद्य; काटेको निम्की।
90967 सेवती ना. सेतो गुलाफ।
90968 सेवन ना. १. सुस्वास्थ्यका निम्ति औषधी प्रयोग गर्ने काम।
90969 सेवन ना. २. पुरश्चरण; उपासना।
90970 सेवन ना. ३. सत्सङ्ग, तीर्थ, देवस्थल आदिमा सधैँ बस्ने वा जाने काम; देवार्चन।
90971 सेवन ना. ४. सेवा गर्ने काम; सेवाकार्य; परिचर्या।
90972 सेवन ना. ५. पालन; पालना।
90973 सेवन ना. ६. नियमपूर्वक गरिने प्रयोग; अभ्यास।
90974 सेवन ना. ७. उपभोग; उपयोग।
90975 सेवनीय ना. सेवा गर्न योग्य; सेवन गर्न योग्य।
90976 सेवन्ती ना. लहरो भएर थाँक्रोमा चढ्ने र सेतो फूल फुल्ने गुलाफ वा सोही फूल; वनमल्लिका; सेवती।
90977 सेवा ना. १. शारीरिक, मानसिक, वाचिक आदि सबै पक्षले गरिने देवदेवी आदिको आराधना; उपासना; अर्चना।
90978 सेवा ना. २. मान्य जनको सम्मान।
90979 सेवा ना. ३. सरकारी वा गैरसरकारी तहमा तलब लिएर गरिने काम; नोकरी।
90980 सेवा ना. ४. आफ्नो रुचिअनुसार सार्वजनिक हित वा जनकल्याणका निम्ति गरिने काम; उपकार।
90981 सेवा ना. ५. मानसिक र शारीरिक स्वास्थ्यका निम्ति नियमित रूपले गरिने व्यवहार।
90982 सेवा ना. ६. तीर्थ, व्रत, सत्सङ्ग आदि हुने ठाउँमा नियमपूर्वकको बसाइ।
90983 सेवा ना. ७. टहल; चाकरी।
90984 सेवा अवधि ना. १. अटुट रूपले सेवामा रहेको समय।
90985 सेवा अवधि ना. २. सैनिक,प्रहरी, निजामती, विश्वविद्यालय आदिका विभिन्न पदअनुसारको नोकरी गर्न मिल्ने अवधि; सेवाका लागि तोकिएको उमेरको हद।
90986 सेवा अवधि ना. ३. सेवामा प्रवेश गर्न पाउने उमेरको हद।
90987 सेवा आयोग ना. सेवामा संलग्न हुनेहरूको भर्ना, बहाली, खोसुवा आदिका निम्ति गठित आयोग।
90988 सेवाकालीन वि. सेवा गर्दै गरेका अवस्थाको; सेवाकालको।
90989 सेवाकालीन प्रशिक्षण ना. कुनै पनि सेवामा प्रवेश भइसकेका शिक्षक तथा अन्य कर्मचारीको व्यावसायिक तथा बौद्धिक प्रवीणता वा क्षमतावृद्धिका लागि दिइने प्रशिक्षण।
90990 सेवाग्राही ना. सरकारी वा गैरसरकारी कार्यालयमा आफ्नो काम लिएर जाने व्यक्ति (जस्तैः दिनभरि कुर्दा पनि आफ्नो पालो नआएको भन्दै विद्युत् प्राधिकरणका सेवाग्राहीहरूले हाकिमसँग गुनासो गरे)।
90991 सेवा पट्ट ना. नेपाली सेनामा प्रशंसनीय सेवा गर्ने बिल्लादार र सो भन्दा माथिका व्यक्तिहरूलाई प्रदान गर्ने गरिएको पदक।
90992 सेवा बिर्ता ना. सेवक वा नोकरचाकरहरूलाई तलबबापत उत्पादन खानू भनी पहिलेपहिले दिइने गरेको बिर्ता।
90993 सेवामुक्त वि. सेवाबाट मुक्त; उमेरको हद नाघी सेवाबाट हटेको।
90994 सेवामुखी वि. सेवामा भर पर्ने; सेवा रुचाउने।
90995 सेवायुक्त वि. सेवा गरिएको; सेवासँग सम्बन्धित।
90996 सेवायोजक ना. कुनै सरकारी वा गैरसरकारी तहमा कामदारहरूलाई नियुक्त गर्ने व्यक्ति वा अङ्ग; सेवानियोजक।
90997 सेवावृत्ति ना. १. सेवा वा नोकरी गरेर जीवननिर्वाह गर्ने काम।
90998 सेवावृत्ति ना. २. देवदेवालय, मठमन्दिर आदिको सेवा गरी चलाइने जीविका।
90999 सेवा समर्पण ना. सेवाका लागि पूर्ण रूपले आफूलाई गरिने समर्पण।
91000 सेवालय ना. असहायहरूको सेवा, सहायता गर्ने स्थल।