Dictionary

All Word

91051 सैनिक सचिव ना. सैनिक विभागको प्रशासकीय उच्च अधिकारी (मिलिटरी वा सैनिक सेक्रेटरी)।
91052 सैनिक सहचारी ना. जुनसुकै देशका राजदूतावासमा रही सेनासम्बन्धी मामिला हेर्ने, दक्षताप्राप्त कूटनीतिक अधिकारी।
91053 सैनिक सेवा ना. निजामती सेवा र प्रहरी सेवाभन्दा छुट्टै सैनिकहरूतर्फको सेवा।
91054 सैनिक सेवा पदक ना. नेपाली सेनामा दश वर्षसम्म अविच्छिन्न रूपमा प्रशंसनीय सेवा गर्ने कर्मचारीलाई प्रदान गरिने पदक।
91055 सैनिक स्वास्थ्य केन्द्र ना. सेनाको उपचारका निम्ति बनेको अस्पताल।
91056 सैनिक स्वास्थ्य सेवा निर्देशक ना. सेनामा स्वास्थ्यसम्बन्धी कार्यक्रमको निर्देशन र सञ्चालन गर्ने उच्च पदाधिकारी।
91057 सैनिक हिरासत ना. १. सैनिकहरूद्वारा नियन्त्रित थुनाघर।
91058 सैनिक हिरासत ना. २. उक्त थुनाघरमा थुन्ने वा थुना पर्ने कार्य।
91059 सैनिकीकरण ना. उमेर पुगेका बालिग नागरिकलाई अनिवार्य सैनिक शिक्षा दिई सेनामा प्रवेश गराउने नीति वा कार्यक्रम।
91060 सैन्धव वि. १. सिन्धु देशमा भएको; सिन्धुसम्बन्धी।
91061 सैन्धव वि. २. सिन्धु वा समुद्रसम्बन्धी।
91062 सैन्धव वि. ३. समुद्रमा हुने वा पाइने। ना.
91063 सैन्धव वि. ४. सिन्धुदेशमा हुने घोडाको एक जात।
91064 सैन्धव वि. ५. सिँ धेनुन।
91065 सैन्धवी ना. ग्रीष्म ऋतुमा गाउँदा शोभनीय हुन्छ भनी बताइएको एक रागिनी।
91066 सैन्य वि. १. सेनासँग सम्बन्धित; सेनाको। ना.
91067 सैन्य वि. २. सिपाही; सैनिक।
91068 सैन्य वि. ३. पल्टन; सेना; फौज।
91069 सैन्यवास ना. सेनाको आवास; शिविर; छाउनी।
91070 सैन्य विनियोजन ना. देशका सङ्कटकालमा युद्धमा भर्ना गरिएका सेनालाई आवश्यकता पूरा भएपछि सेवाबाट छुट्टी दिने काम; सेनाको विघटन वा बर्खासी।
91071 सैन्यशक्ति ना. १. सेनाको भरमा चल्ने शक्ति।
91072 सैन्यशक्ति ना. २. फौजको शक्ति।
91073 सैन्यसज्जा ना. सेनालाई हतियारले सुसज्जित तुल्याई युद्धका वा सुरक्षाका निम्ति सधैँ तयार राख्ने काम।
91074 सैर ना. १. मन बहलाउनका निमित्त गरिने पर्यटन; वरपरतिर घुमेर गरिने मनबहलाउ।
91075 सैर ना. २. पदयात्रा।
91076 सैर ना. ३. यात्रा।
91077 सैरन्ध्री / सैरिन्ध्री ना. १. अन्तःपुरमा वा नाटक आदिका मञ्चमा शृङ्गारको काम गरेर जीवनवृत्ति चलाउने महिला; रूपसज्जाको काममा खटिएकी सेविका।
91078 सैरन्ध्री / सैरिन्ध्री ना. २. द्रौपदी।
91079 सैल ना. सयल; सैर।
91080 सैलुङ ना. जनकपुर अञ्चलअन्तर्गत पूर्व दुई नम्बर क्षेत्रमा पर्ने एक अग्लो र प्रसिद्ध लेक।
91081 सैवाल ना. पानी जमेका ठाउँमा पलाउने हरियो रङको झ्याउ; सिमाली; जलसिमाली।
91082 सैवाल समुद्र ना. झारहरूले घेरिएको समुद्र।
91083 सैसैला ना. रुखका लामा हाँगाबिँगामा वा लचिला वस्तुमा झुन्डिएर वा बसेर हल्लिँदै खेलिने खेल; बालक्रीडाको एक प्रकार; चच है।
91084 सो सर्व. १. पहिले उल्लेख भइसकेका वस्तुका नामको सट्टामा प्रयोग हुने सर्वनाम; त्यो। वि.
91085 सो सर्व. २. उक्त; त्यही; निज। (उदा.- सो कुरो मैले बुझिनँ )।
91086 सोँठो ना. १. मोटो लट्ठी; ठुलो घोचो; लाठो।
91087 सोँठो ना. २. लाठाको प्रहार; लट्ठीको हनाइ।
91088 सोँस ना. कालो वा खैरो रङको पिठिउँ, सेतो रङको छाती र लामो थुतुनु हुने एक जातको स्तनपायी जलचर; गुँज (डल्फिन माछो)।
91089 सोइपरी क्रि.वि. त्यसमा पनि; अझ; झन् अझ (उदा.- ऊ मकहाँ आफैँ आउनुपर्ने थियो, सोइपरी मैले त डाकेकै हुँ )।
91090 सोइला / सोइलो ना. १. गाडी वा हलामा लगाइने, गोरु वा राँगाका जुवामा ठोकिने काठको छोटाछोटा डन्डी; जुवामा गोरु वा राँगाको गर्दनलाई यताउति सर्न नदिन जडिएको सोही साधन।
91091 सोइला / सोइलो ना. २. काठको तिखो, लामो कुनै पनि ठेडी वा सुइरो।
91092 सोकाउनु अ.क्रि. शोकमा पर्नु; शोकग्रस्त हुनु; सोगाउनु।
91093 सोकेस ना. कुनै वस्तुहरू प्रदर्शन गर्दा वा बेच्दा सुरक्षित राख्न सिसा ठोकेर बनाइएको दराज; प्रदर्शनी वा बिक्रीका नमुना सुरक्षित रूपमा राख्न बनाइएको पारदर्शक वस्तु जडिएको दराज वा कुनै पनि वास्तुशिल्प।
91094 सोक्पा ना. हिमालयका गुफातिर बस्ने र जङ्गली मान्छे भनी प्रसिद्ध एक पुराकथात्मक वा दन्त्यकथात्मक प्राणी; हिममानव; यती; याँठे।
91095 सोक्याहा वि. जतिखेर पनि शोकै मात्र गरिरहने; शोक गर्ने स्वभावको; चिन्तालु; सुर्तालु।
91096 सोख ना. १. आफूलाई मन परेको वस्तुको सङ्ग्रह, उपभोग आदि गर्ने प्रबल चाहना; इच्छा।
91097 सोख ना. २. सुख; ऐसआराम; आनन्द; अयस।
91098 सोखिन वि. सोखी (कलाकार, खेलाडी, शिल्पी आदि); सौखिन।
91099 सखिलो वि. सोख गर्ने स्वभाव भएको; सोखी; आमोदप्रेमी।
91100 सोखी वि. १. कुनै विषयमा चिन्ता नगर्ने।