Dictionary

All Word

91001 सेविका ना. नोकर्नी; चाकर्नी; परिचारिका; दासी।
91002 सेविका गण ना. सेविकाहरूको समूह वा मण्डली।
91003 सेवित वि. १. सेवा गरिएको; शुश्रूषा गरिएको; सुसार गरिएको।
91004 सेवित वि. २. पूजा गरिएको; आराधना गरिएको।
91005 सेवितव्य वि. सेवा र सम्मान गर्न योग्य; सेवा गर्नुपर्ने; सेव्य।
91006 सेवी वि. १. सेवा वा टहल गर्ने; सेवक।
91007 सेवी वि. २. उपभोग गर्ने; सेवन गर्ने।
91008 सेवी वि. ३. आराधक; उपासक।
91009 सेवी वि. ४. कुनै शब्दका पछिल्तिर लागि त्यस वस्तुको सेवा गर्ने वा सेवन गर्ने भन्ने अर्थ बुझाउने उत्तरपद (जस्तै- मदसेवी, ईश्वरसेवी आदि)।
91010 सेवोपहार ना. १. सेवा गरेबापत दिइने उपहार; सेवकले पाउने उपहार।
91011 सेवोपहार ना. २. उपादान।
91012 सेव्य वि. सेवितव्य; सेवनीय।
91013 सैँतिस ना. १. तिसमा सात जोड्दा बन्ने सङ्ख्या; छत्तिस र अठतिसका बिचको सङ्ख्या; ३७-को अङ्क। वि.
91014 सैँतिस ना. २. उक्त सङ्ख्या वा अङ्क बराबरको।
91015 सैँतिसौ वि. सैंतिस सङ्ख्याको क्रममा पर्ने; छत्तीसपछिको पहिलो।
91016 सैँतीस ना. हे. सैँतिस।
91017 सैँतीसौँ वि. हे. सैँतिसौँ।
91018 सैतान ना. १. इस्लाम र इसाईका मतअनुसार दुष्टता र दुर्जनको प्रतीक मानिएको एक देवयोनि।
91019 सैतान ना. २. भूतप्रेत वा पिचास। वि.
91020 सैतान ना. ३. बदमास; दुष्ट।
91021 सैतानी वि. १. सैतानसम्बन्धी; सैतानको। ना.
91022 सैतानी वि. २. सैतानको काम; बदमासी; दुष्टता।
91023 सैद्धान्तिक वि. १. सिद्धान्तका आधारमा चल्ने; सिद्धान्तको अनुयायी।
91024 सैद्धान्तिक वि. २. सिद्धान्तको; सिद्धान्तसम्बन्धी।
91025 सैद्धान्तिक वि. ४. सिद्धान्त जान्ने; सिद्धान्तविद्।
91026 सैद्धान्तिक समालोचना ना. साहित्यशास्त्रीहरूले निर्माण गरेका सिद्धान्तको आधारमा काव्यकृतिको समालोचना गरिने पद्धति।
91027 सैद्धान्तिक स्वर ना. १. उच्चारण अवयवको स्थितिको आधारमा स्वरवर्णको उच्चारणको आनुकल्पिक सम्भावना बिन्दु; शास्त्रीय स्वरवर्ण; शास्त्रीय मूल स्वर।
91028 सैद्धान्तिक स्वर ना. २. अन्तर्राष्ट्रिय ध्वनिशास्त्रीय वर्णमालाले स्वीकार गरेको स्वरवर्ण।
91029 सैन ना. १. पहाडको शिखरभन्दा केही तलको, सम्म परेको, बस्ती, खर्क र गौचरका निम्ति अनुकूल ठाउँ।
91030 सैन ना. २. खर्क; खर्के पाखो।
91031 सैन ना. सइन।
91032 सैन खटिरो ना. भयानक रूपको एक खटिरो।
91033 सैनिक ना. १. सेनामा भर्ना भएको व्यक्ति; पल्टनिया जवान; सिपाही; योद्धा। वि.
91034 सैनिक ना. २. सेनासम्बन्धी; फौजसम्बन्धी।
91035 सैनिक अदालत ना. सैनिकहरूका विरुद्धको मुद्दामामिला हेर्ने अदालत।
91036 सैनिक कानुन ना. सैनिक अदालत तथा प्रशासनसित सम्बन्धित कानुन।
91037 सैनिक जेल ना. सैनिक ( सेना र प्रहरी) कानुनअनुसार कसुरदार सैनिक जवानलाई थुनामा राख्ने ठाउँ; कालकोठरी; कोतगारत।
91038 सैनिकता ना. १. सैनिकको स्वभाव वा गुण।
91039 सैनिकता ना. २. सैनिकजीवन; युद्ध।
91040 सैनिक तालिम ना. सैनिक जवानलाई दिइने युद्ध गर्ने, हतियार चलाउने, व्यायाम गर्ने आदि तालिम।
91041 सैनिक तालिम केन्द्र ना. सैनिक जवानलाई तालिम दिइने ठाउँ वा स्कुल।
91042 सैनिक दीर्घ सेवापट्ट ना. सैनिक सेवामा अविच्छिन्न पच्चिस वर्ष सेवा गर्ने सैनिकलाई प्रदान गरिने पदक।
91043 सैनिक द्रव्यकोश ना. सैनिक सेवामा काम गर्ने कर्मचारीहरूको तलबबाट महिनैपिच्छे कट्टा गरी जम्मा हुने र सेवामुक्त भएपछि पाउने सञ्चित धन; सैनिकको सञ्चयकोष।
91044 सैनिक न्यायालय ना. युद्ध र सेनासम्बन्धी मुद्दामामिला हेर्ने इजलास; सैनिक अदालत।
91045 सैनिक परिचारिका ना. सैनिक स्वास्थ्य केन्द्रमा नर्सको काम गर्ने आइमाई; सैनिक सेविका।
91046 सैनिक विद्रोह ना. कुनै देशका सर्वोच्च शासकका विरुद्ध त्यस देशका सेनाद्वारा गरिने विद्रोह; सैनिक क्रान्ति।
91047 सैनिक विनय निर्देशक ना. सेनामा सैनिक तालिम दिने अधिकारी (डाइरेक्टर अफ मिलिटरी ट्रेनिङ)।
91048 सैनिक शिक्षा केन्द्र ना. सेनालाई तालिम दिने स्कुल।
91049 सैनिक शिक्षाधिकृत ना. सैनिक शिक्षाकेन्द्रका हाकिम।
91050 सैनिक सङ्गठन ना. सैनिक वर्गको सामाजिक, बौद्धिक आदि विकास र सैनिक सेवाको सुदृढीकरणका लागि भएको व्यवस्थित सङ्गठन; सेनाको सुदृढीकरण।