Dictionary

All Word

91151 सोट्ठ्याउनु स.क्रि./प्रे.क्रि. लट्ठीले मार गोद्नु वा गोदाउनु; चुट्नु वा चुटाउनु।
91152 सोठा ना. कपडा सिउने मेसिनको धागो बेर्ने कागतको टोक्रो।
91153 सोठो ना. १. मोटो लट्ठी; लामो घोचो; सोँठो।
91154 सोठो ना. २. सोठाको प्रहार।
91155 सोडा ना. १. लुगाफाटा, भाँडाकुँडा आदि धुने काममा प्रयोग गरिने पाउडरजस्तो धुलो क्षार पदार्थ।
91156 सोडा ना. २. पानीमा मिलाएर वा रोटी आदि उकास्ने काममा प्रयोग गरेर खाइने वस्तु; खाने सोडा।
91157 सोडातोडा ना. चर्सासँग लगाइने रकमको नाम।
91158 सोडापानी ना. सोडा र एस्कर्बिक एसिडसमेत मिलाई बोतलमा बन्द गरिएको पानी; सोडादार पानी।
91159 सोतर ना. १. पलुवा पशुहरूलाई थलो ओबानो राख्नका निम्ति ओछ्‌याइने सुक्खा पातपत्कर आदि।
91160 सोतर ना. २. बिछ्याइने काममा प्रयोग हुने एक जातको उन्युँ; सोत्रे उन्युँ। वि.
91161 सोतर ना. ३. बिरामी भई पसारो परेको; लम्पसार परेको।
91162 सोतर ना. ४. जथाभावी छरिएको।
91163 सोताङ्गी ना. १. सोताङ वर्गका किराती जातिहरूले बोल्ने भाषाको नाम। वि.
91164 सोताङ्गी ना. २. सोताङहरूको; सोताङसम्बन्धी।
91165 सोताला ना. आदरका रूपमा लोग्नेमानिसलाई प्रयोग गरिने शब्द।
91166 सोती ना. १. तेर्सो परेको ठाउँमा सलल बगेर पानी जाने ठाउँ; सोतो परेको ठाउँ।
91167 सोती ना. २. पहाडको काखमा रहेको मसिना गरा भएको सानो खेत।
91168 सोती ना. ३. नेपालका बाहुनछेत्रीको एक थर।
91169 सोती ना. ४. घरभित्रको एक कोठाबाट अर्को कोठामा जाने वा भित्रबाहिर गर्ने छेडो (कोराइडर )।
91170 सोते ना. १. बाँस काटेर बनाइएको (चिलिम जड्न हुने) हुक्का।
91171 सोते ना. २. बाँसको हुक्का। वि.
91172 सोते ना. ३. सोतो परेको।
91173 सोतो ना. १. सोझो, साँघुरो र लाम्चो परेको बाटो वा ठाउँ।
91174 सोतो ना. २. सुलुत्त परेको वस्तु।
91175 सोतो ना. ३. बादल, धुवाँ, ज्योति आदिको मुस्लो।
91176 सोतो ना. ४. पानीको भुल्को; जलप्रवाह; स्रोत।
91177 सोतो ना. ५. ससानो कुलो।
91178 सोत्रिनु अ.क्रि. १. सोतर झैँ जथाभाबी छरिनु; बग्रेलो हुनु।
91179 सोत्रिनु अ.क्रि. २. धराशयी भएर सामूहिक रूपमा ढल्नु।
91180 सोत्रे ना. १. रुघामर्कीको रोग।
91181 सोत्रे ना. २. मौरीका भन्दा केही साना बोट र अलि फुस्रा पात हुने एक वृक्ष।
91182 सोत्रे उन्यु ना. सोतर बनाउने काममा प्रयोग हुने एक जातको उन्यु; उन्युँको एक भेद।
91183 सोत्र्यान ना. १. सोतर झैँ जतासुकै छरिने काम; असरल्ल भई लम्पसार पर्ने काम।
91184 सोत्र्यान ना. २. सोतर बनेका वस्तुहरूको समूह।
91185 सोत्र्याम्म क्रि.वि. १. जथाभावी सुत्ने वा गन्द्रयाङ्ग लड्ने गरी। वि.
91186 सोत्र्याम्म क्रि.वि. २. सोत्तर परेको; सोत्रिएको।
91187 सोदर वि. एउटै गर्भबाट जन्मेको; आफ्नै आमाका गर्भबाट जन्मेको; सहोदर।
91188 सोदरा वि. एकै गर्भबाट जन्मिएकी; सहोदरा।
91189 सोदरीय वि. एकै गर्भको; सहोदर।
91190 सोदाहरण वि. १. उदाहरणसहितको; प्रस्ट पार्नका निम्ति उदाहरणसमेत दिइएको। क्रि.वि.
91191 सोदाहरण वि. २. उदाहरणका साथमा।
91192 सोद्देश्य वि. १. उद्देश्यसहितको; उद्देश्यले युक्त भएको; उद्देश्य राखिएको। क्रि.वि.
91193 सोद्देश्य वि. २. उद्देश्यका साथमा।
91194 सोध्नु स.क्रि. १. कसैलाई कुनै कुराको प्रश्न गर्नु।
91195 सोध्नु स.क्रि. २. जवाफ माग्नु; निधो माग्नु।
91196 सोध्नु स.क्रि. ३. शुद्ध गर्नु; संशोधन गर्नु।
91197 सोध्नु स.क्रि. ४. खारखेर गर्नु; बयान लिनु।
91198 सोध्नु स.क्रि. ५. औषधीहरू परिशोधन गर्नु; दबाई बनाउनु।
91199 सोध ना. लिएको रकम फिर्ता गर्ने काम; सट्टाभर्ना।
91200 सोधनी ना. सोध्ने काम; सोधाइ; प्रश्न; सबाल।