Dictionary

All Word

91251 सोरगुल ना. धेरै मानिसको हल्ला; कोलाहल।
91252 सोर ना. हे. सोह्र।
91253 सोरठी ना. गुरुङ, मगर आदि जातिमा प्रचलित गीतिनाट्यको एक भेद।
91254 सोरठी मादल ना. सोरठी नाचमा नाच्ने गराहरूले भिरेर बजाउने मादल।
91255 सोरत्र क्रि.वि. १. जताततै; सबैतिर।
91256 सोरत्र क्रि.वि. २. पूरै बनिबनाउ हुने गरी। वि.
91257 सोरत्र क्रि.वि. ३. सर्वाङ्ग अनुकूल परेको।
91258 सोरही ना. सोह्र मुठाको समुदाय (उदा.- यसपालिको सनको खेती सप्रिएन, एक सोरहीमा एक मन पनि भएन)।
91259 सोरा ना. चिसोको प्रभावले माटोबाट निस्कने एक किसिमको सेतो क्षारपदार्थ; सोडा; नुनिया।
91260 सोरानी ना. हे. सोह्रानी।
91261 सोराहा ना. सोह्र सोरहीको समुदाय।
91262 सोरौँ ना. हे. सोह्रौँ।
91263 सोल ना. १. पिँडालुको सेला काटेर सुकाइएका चाना; पिँडालुका सुकेका टुक्रा।
91264 सोल ना. २. नाम्लाका पातमा लगाइने डोरी; बरियो।
91265 सोल ना. बुट वा जुत्ताका पैतालाको बाक्लो पातो; जुत्ताको तलुवा।
91266 सोला ना. १. मान्छे पोल्न तयार पारिएको चिता।
91267 सोला ना. २. आगाको लप्को।
91268 सोला ना. १. चोरबाटो हिँड्ने अपराधी वा सिकारका जन्तुलाई धरापमा पारेर फसाउन नदेखिने गरी राखेको शुली; बातो; दर्जन; धराप; पासो।
91269 सोला ना. २. सुइरो; भाला।
91270 सोला ना. ३. कुनै ठाउँको रक्षाका निम्ति नदेखिने वा देखिने गरी बिछ्याएर राखिएका काँडा बिझ्ने वा घोच्ने वस्तु।
91271 सोला ना. ४. अङ्गप्रत्यङ्ग चसचसी घोच्ने एक प्रकारको पीडादायी तरङ्ग वा व्यथा।
91272 सोलाकी सती वि. मसक्क आँट्ने; हुरुक्क हुने (स्त्री)।
91273 सोलिनु अ.क्रि. सोलीका आकारको हुनु; झुसिनु; चुलिनु।
91274 सोली ना. १. पिँधतिर सानो र मुखतिर फुक्दै गई ठुलो भएको चोयाको टोकरी।
91275 सोली ना. २. मुख ठुलो र पिँध सानो भएको, एक भाँडाबाट अर्का भाँडामा तेल आदि पदार्थ खन्याउने काममा आवश्यक पर्ने साधन; छुची।
91276 सोलु ना. १. सोलुखुम्बु जिल्लाको एक स्थल।
91277 सोलु ना. २. सगरमाथा अञ्चलको एक जिल्ला; सोलुखुम्बु।
91278 सोलुखुम्बु ना. नेपालको सगरमाथा अञ्चलमा पर्ने एक जिल्ला; विश्वप्रसिद्ध हिमाल सगरमाथा रहेको जिल्ला।
91279 सोलुत्रे ना. प्राग्पुरातत्त्व अनुसार सोलुत्रे मानवले प्रयोग गरेका पत्थरका हतियार।
91280 सोलुत्रे मानव ना. फ्रान्सको सालुत्रे भन्ने ठाउँमा इसापूर्व चौध हजार वर्षतिर थियो भन्ने पत्ता लागेको मानव।
91281 सोलोडोलो क्रि.वि. १. सारा डोल वा इलाका नै आफ्नो अधिकारमा पर्ने गरी। ना.
91282 सोलोडोलो क्रि.वि. २. सर्वाधिकार।
91283 सोलोडोलो क्रि.वि. ३. पारिवारिक एकाधिपत्य।
91284 सोलोडोलो क्रि.वि. ४. लामोछोटो, ठुलोसानो मिलाउँदा हुने बराबरी; सालाखाला।
91285 सोल्टा ना. महिलाले आफ्ना दाजु वा भाइका साला, जेठानलाई भन्ने नाताबोधक शब्द।
91286 सोल्टिना / सोल्टिनी ना. बहिने ज्वाइँ वा भिनाजुका दिदी वा बहिनी।
91287 सोल्टी ना. सोल्टा।
91288 सोल्टेरो ना. एक सोल्टीले अर्को सोल्टीलाई दिने उपहार; खिल्लत; कोसेली; सोल्ट्यौलो।
91289 सोल्टो ना. सोल्टा (हेयार्थमा)।
91290 सोल्ट्यौलो ना. सोल्टेरो।
91291 सोल्मा ना. १. भोटेजातिले मृतकको काजक्रिया गर्दा भातद्वारा बनाइने देवताको रूप; तोर्मा।
91292 सोल्मा ना. २. काटेर सुकाइएका पिँडालुका चाना।
91293 सोल्याइ ना. सोलिने वा चुलिने क्रियाप्रक्रिया।
91294 सोल्याइनु क.क्रि. सोलिनु; चुल्याइनु।
91295 सोल्याउनु प्रे. क्रि./स.क्रि. चुल्याउनु।
91296 सोल्ल ना. किरातकाल तथा लिच्छविकालमा पञ्चखतसम्बन्धी मुद्दामामिला हेर्ने अड्डा।
91297 सोल्लर ना. १. मान्छेले खाने अन्न, सागपात आदि मिलाएर तयार पारिएको फाँडो।
91298 सोल्लर ना. २. मोही वा दहीलाई झानेर बनाइने तातो पेय पदार्थ / परिकार।
91299 सोल्लास वि. १. भित्री हृदयदेखि नै प्रसन्न भएको; भित्रदेखि प्रस्फुटित भई आएको; हर्षले युक्त। क्रि.वि.
91300 सोल्लास वि. २. उल्लासका साथमा।