Dictionary

All Word

91401 सौदा ना. १. किनबेच गरिने वस्तु; क्रयविक्रय गरिने सामान; व्यापारिक वस्तु।
91402 सौदा ना. २. स्वीकार्य दरमा कुनै वस्तुको किनबेच भयो भनी पैसाको आदानप्रदान हुनुअगावै दुई पक्षबिच भएको समझौता।
91403 सौदागर ना. पैसा लिएर वा दिएर वस्तुको व्यापार गर्ने व्यक्ति; व्यापारी; वणिक्।
91404 सौदागरी ना. १. किन्ने र बेच्ने काम; किनबेच; व्यापार।
91405 सौदागरी ना. २. किनबेचको निर्णय वा सम्झौता।
91406 सौदापात ना. १. किनबेच गरिने वस्तु।
91407 सौदापात ना. २. सौदाको किनबेच।
91408 सौदाबाजी ना. द्रव्यका आधारमा वस्तुहरूको किनबेच; सौदागरी।
91409 सौदामिनी ना. बिजुली; विद्युत्; आकाशमा चम्कने बिजुली।
91410 सौदे वि.बो. दुध दुहुँदा गाईभैँसीलाई खुट्टो सार्न बोलिने शब्द।
91411 सौन्दर्य ना. १. राम्रो बनाउने तत्त्व।
91412 सौन्दर्य ना. २. सुन्दर हुनाको भाव; सुन्दरता।
91413 सौन्दर्य चेतना ना. सुन्दरताका दृष्टिले वस्तुलाई ग्रहण गर्ने चेतना; साहित्यका क्षेत्रमा प्रगाढ भूमिका खेल्ने चेतना; सुन्दरताबोध।
91414 सौन्दर्य बोध ना. सुन्दर र असुन्दरका बिचमा रहेको अन्तर्बोध; लालित्य, कोमलता, शिष्टता, माधुर्य आदितर्फको झुकाउ।
91415 सौन्दर्य सिद्धि ना. विशुद्ध सुन्दरताको प्राप्ति; प्रकृतिजगत्‌मा रहेको सौन्दर्ययुक्त तत्त्वको साधना र उपलब्धि।
91416 सौन्दर्य सिन्धु ना. सुन्दरताको खानी; सौन्दर्यसागर।
91417 सौभाग्य ना. १. सुख र समृद्धि प्राप्त गर्न सकिने भाग्य; उत्तम प्रारब्ध।
91418 सौभाग्य ना. २. मङ्गलमय अवस्था; कल्याण।
91419 सौभाग्य ना. ३. नारीहरूमा हुने सधवापनको चिनु; सौभाग्यवतीको लक्षण।
91420 सौभाग्य ना. ४. सधवा नारीले प्रयोग गर्ने प्रसाधन; सधवाका सिँगारपटारका सामग्री।
91421 सौभाग्य ज्योति ना. सधवा नारीमा हुने कान्ति; ऐभाँतको दीप्ति।
91422 सौभाग्यवती वि. सधवा अवस्थामा लामो जीवन भोग्ने; ऐभाँती; सौभाग्यशालिनी।
91423 सौभाग्यवान् सौभाग्यशाली; सुखसमृद्धिपूर्वक जीवन यापन गर्न (पुरुष)।
91424 सौभाग्य सूत्र ना. सौभाग्यसूचक धागो; सधवापन जनाउने सूत्र (पोते, तिलहरी, मङ्गलसूत्र आदि)।
91425 सौमनस वि. सुमन वा फूलसम्बन्धी।
91426 सौमनस्य ना. फूल फक्रिए झैँ मन प्रफुल्लित हुने काम; मानसिक प्रसन्नता।
91427 सौम्य वि. १. सोम वा चन्द्रमासम्बन्धी; चन्द्रमाको।
91428 सौम्य वि. २. शीतल प्रकृतिको; स्वच्छ, सरल तथा शान्त स्वभावको।
91429 सौम्य वि. ३. हेर्दा एकदमै राम्रो लाग्ने; मनोहर; सुन्दर। ना.
91430 सौम्य वि. ४. सोमयज्ञ।
91431 सौम्य वि. ५. चन्द्रमाका पुत्र; बुध।
91432 सौम्य वि. ६. ब्राह्मण।
91433 सौम्यता ना. १. सौम्य हुनाको भाव, गुण वा अवस्था।
91434 सौम्यता ना. २. सुशीलता; सुन्दरता।
91435 सौम्यता ना. ३. शीतलता।
91436 सौम्यदर्शन वि. देख्नेलाई राम्रो लाग्ने; आँखालाई एकदम राम्रो लाग्ने; प्रियदर्शन।
91437 सौर वि. १. सूर्यसँग सम्बन्ध भएको; सौरमण्डलभित्रको।
91438 सौर वि. २. सूर्यबाट उत्पन्न; सूर्यसम्बन्धी।
91439 सौर वि. ३. सूर्यको उपासना गर्ने; सूर्यको उपासक। ना.
91440 सौर वि. ४. सूर्यको छोरो; शनैश्चर।
91441 सौम्य जगत् ना. सौरमण्डल।
91442 सौम्य दिवस ना. अघिल्लो सूर्योदयदेखि लिएर पछिल्लो सूर्योदयसम्मको अवधि।
91443 सौरभ ना. सुगन्धयुक्त बास्ना; राम्रो बास्ना; सुवास।
91444 सौरभित वि. बास्नादार; बास्ना आएको; बास्नायुक्त।
91445 सौरमण्डल ना. १. सूर्यका वरिपरि प्रदक्षिणा गर्ने ग्रहनक्षत्र आदिको समुदाय; सौरपरिवार।
91446 सौरमण्डल ना. २. सूर्यको परिधि; सूर्यवरिपरिको रापिलो घेरो।
91447 सौरमण्डल ना. ३. सौरजगत्।
91448 सौरमास ना. सूर्यले एउटा राशिको भोग गरुन्जेललाई एक महिना मान्ने पञ्चाङ्गप्रणालीको महिना; अघिल्लो सङ्क्रान्तिदेखि पछिल्लो सङ्क्रान्तिसम्मको समयलाई मानिने महिना; सौरमहिना; सौरमान।
91449 सौर वर्ष ना. १. सौरमासका आधारमा मानिने वर्ष; सूर्यगतिअनुसार मानिने वर्ष।
91450 सौर वर्ष ना. २. वैशाख सङ्क्रान्तिदेखि चैत्र मसान्तसम्ममा पूरा हुने एक साल।