Dictionary

All Word

91451 सौरा ना. माछाको एक जात; सहर माछो।
91452 सौरि ना. सूर्यपुत्र; शनैश्चर।
91453 सौरी ना. १. सूर्यकी पत्नी; संज्ञा; उषा।
91454 सौरी ना. २. सूर्यपत्नी छाया।
91455 सौर्य ना. १. सूर्यका छोरा; सूर्यपुत्र; शनैश्चर; शनि।
91456 सौर्य ना. २. सूर्यको शक्ति, तेज, पद वा अधिकार | वि.
91457 सौर्य ना. ३. सूर्यको; सौर।
91458 सौर्य शक्ति ना. सूर्यको तापबाट तयार हुने इन्धनशक्ति; सूर्यसम्बन्धी शक्ति; सौरशक्ति।
91459 सौवर्ण वि. १. सुनबाट बनेको; सुनको; सुवर्णसम्बन्धी।
91460 सौवर्ण वि. २. सुनजस्तो पहेँलो। ना.
91461 सौवर्ण वि. ३. सुवर्ण; सुन।
91462 सौवीर ना. १. ठुलो र लाम्चो दाना लाग्ने बयरको एक जात; काशीबयर।
91463 सौवीर ना. २. सिन्धु नदीका किनारमा रहेको, सिन्धुसभ्यताका प्रसङ्गसँग सम्बन्धित एक प्राचीन देश।
91464 सौष्ठव ना. १. सुन्दरता; राम्रोपन।
91465 सौष्ठव ना. २. दक्षता; सिप; जुनसुकै कामका लागि आवश्यक पर्ने ज्ञान।
91466 सौहार्द ना. १. सद्भावना तथा सरलताले भरिएको व्यवहार; सहृदयता; मनको कोमलपन।
91467 सौहार्द ना. २. स्नेह; मैत्री; मितेरी |
91468 सौहार्दपूर्ण वि. १. सद्भावले भरिएको; सज्जनतायुक्त।
91469 सौहार्दपूर्ण वि. २. आत्मीय भाव भएको।
91470 सौहार्द्य / सौहृद वि. १. सुहृद् वा मित्रसम्बन्धी। ना.
91471 सौहार्द्य / सौहृद वि. २. मित्रता; स्नेह; सौहार्द।
91472 स्कन्द ना. महादेवको वीर्य अग्निमा पर्नाले अग्निका गर्भबाट जन्मेका मानिने कुमार; कार्तिकेय।
91473 स्कन्दपुराण ना. व्यासद्वारा रचित अठार महापुराणमध्ये एक।
91474 स्कन्दमाता ना. स्कन्दकी आमा; पार्वती।
91475 स्कन्ध ना. १. काँध; कुम।
91476 स्कन्ध ना. २. रुखका हाँगा फाटेको ठाउँ; हाँगाको काप।
91477 स्कन्ध ना. ३. शाखा; हाँगाबिँगा।
91478 स्कन्ध ना. ४. ग्रन्थ आदिको अवान्तर छुट्ट्याइएको एक महाअध्याय; खण्ड; विभाग; सङ्काय।
91479 स्कन्ध ना. ५. नृत्तत्त्वशास्त्रमा प्रयोग हुने नाम।
91480 स्कन्धकूट ना. काँधको सबभन्दा अग्लो ठाउँ; कुम।
91481 स्कलर ना. १. शास्त्रको कुनै अङ्गको प्रकाण्ड विद्वान्।
91482 स्कलर ना. २. स्कुलकलेजको अध्यापक।
91483 स्कलर ना. ३. स्कुलकलेजको छात्र।
91484 स्कलर ना. ४. विद्वद्वृत्तिअन्तर्गत अनुसन्धान गरिरहेको शोधार्थी।
91485 स्कलरसिप ना. विशेष जेहेनदार विद्यार्थी, अन्वेषक, आविष्कर्ता आदिलाई अध्ययनअवधिमा प्रदान गरिने वृत्ति; छात्रवृत्ति।
91486 स्काइल्याब ना. अमेरिकाको अन्तरिक्ष अनुसन्धानशाखाले आकाशमण्डलको अध्ययनका निम्ति अन्तरिक्षमा निर्माण गरेको प्रयोगशाला।
91487 स्काउट ना. सामाजिक चरित्र, स्वास्थ्य, जनकल्याण आदिको विकासका निम्ति सैनिक प्रणालीका आधारमा तालिम पाएको व्यक्ति; बालचर।
91488 स्कुटर ना. पेट्रोलले चल्ने, प्रायः महिलाहरूले चढ्ने मोटरसाइकलको एक प्रकार।
91489 स्कुल ना. १. माध्यमिक तहसम्मको औपचारिक पठनपाठनको व्यवस्था हुने संस्था; विद्यालय।
91490 स्कुल ना. २. कुनै ज्ञानविज्ञानको विशेष शाखा वा त्यसका अनुयायीको वर्ग; शाखा ।
91491 स्कुली वि. स्कुलमा हुने; स्कुलसम्बन्धी, स्कुलको।
91492 स्क्वास ना. फलफूल आदिको प्रशोधनबाट तयार गरिएको पेय पदार्थ।
91493 स्खलन ना. १. कहीँ कतैबाट हुने केही कुराको झराइ |
91494 स्खलन ना. २. तरल पदार्थको चुहाइ।
91495 स्खलन ना. ३. कुनै पनि काममा हुने भुल; भुलचुक।
91496 स्खलन ना. ४. आफ्नो मर्यादा, आचरण, मार्ग आदिबाट भएको पतन।
91497 स्खलित वि. स्खलन भएको; झरेको; खसेको; पतित; च्युत।
91498 स्टर्लिङ ना. ब्रिटिस मुद्रा।
91499 स्टर्लिङ पाउन्ड ना. ब्रिटिस मुद्राप्रणालीअनुसार सिलिङभन्दा ठुलो एकाइ; बिस सिलिङ बराबरको बेलाइती मुद्रा; २४० पेनी अर्थात् पेन्स बराबरको बेलाइती मुद्रा।
91500 स्टाफ ना. कुनै सङ्घसंस्था, कार्यालय आदिमा निश्चित र नियमित रूपले काम गर्ने कर्मचारीहरूको समूह।