Dictionary

All Word

91501 स्टिचिङ ना. १. कागत आदिको खुटाइ; किडिक।
91502 स्टिचिङ ना. २. खुट्ने यन्त्रबाट गरिएको जोडाइ।
91503 स्टिचिङ ना. ३. घाउको उपचारका निम्ति सिइएको टाँका।
91504 स्टिचिङ पिन ना. कागत नत्थी गर्ने मेसिनमा राखिने तारको पिन; स्टिचिङ मिसिनको पिन।
91505 स्टिचिङ मिसिन ना. सानोतिनो पुस्तकपुस्तिकाका पत्रहरू च्यापेर सिउने मिसिन; नत्थी गर्ने मिसिन; स्टेपलर।
91506 स्टिमर ना. बाफका आधारमा चल्ने सानो जलयान; बाफद्वारा चल्ने सानो नाउ।
91507 स्टुडियो ना. १. फोटो खिच्ने ठाउँ वा कोठा; फोटो तयार गर्ने प्रयोगशाला।
91508 स्टुडियो ना. २. चलचित्र छायाङ्कन गर्ने कक्ष |
91509 स्टुडियो ना. ३. चलचित्र वा रेडियोमा ध्वनिको नियन्त्रण, अङ्कन आदि गरिने ठाउँ।
91510 स्टुल ना. प्राय: एक जना मात्र बस्न सकिने, बस्नेभन्दा चियाका कपहरू मात्र राख्ने काममा प्रयोग गरिने तीन वा चार खुट्टा भएको बेत, काठ, फलाम आदिको सानो आसन; त्रिपाई।
91511 स्टेट ना. १. सार्वभौमसत्तासम्पन्न राज्य; आफ्नो सार्वभौमिक सत्तामा चलेको देश।
91512 स्टेट ना. २. प्रान्त।
91513 स्टेट ना. ३. वैज्ञानिक खेतीको कानुनअनुसार तोकिएको चार किल्लाभित्रको इलाका।
91514 स्टेथिस्कोप ना. डक्टरले दुवै कानमा जडी रोगीको मुटु, फोक्सो आदिको धड्कनको गति सुनेर रोगको परीक्षा गर्ने, जन्तरका आकारको यन्त्र।
91515 स्टेनलेस स्टिल ना. खिया नपर्ने गरी प्रशोधित गरिएको फलाम र त्यसबाट तयार गरिएको सामान।
91516 स्टेनो ना. १. आशुलेखन।
91517 स्टेनो ना. २. आशुलेखक।
91518 स्टेनोग्राफर ना. सर्टह्यान्डअनुसार लेख्न जान्ने व्यक्ति।
91519 स्टेनोग्राफी ना. सर्टह्यान्डलेखन; स्टेनो; आशुलेखन |
91520 स्टेन्सिल ना. टाइप गरी वा हातैले लेखी साइक्लोमेसिनमा घुमाई प्रशस्त प्रति छाप्ने काममा प्रयोग गरिने कागत।
91521 स्टेन्सिल पेपर ना. स्टेन्सिल।
91522 स्टेन्सिल प्रतिलिपि ना. स्टेन्सिलमा टाइप गरी साइक्लो गरेर तयार गरिएको प्रतिलिपि।
91523 स्टेप्स ना. १. पूर्वी युरोप र उत्तरी अमेरिकामा हिउँबाट पूरै छोपिने (टुन्ड्रा) र आंशिक रूपमा छोपिने (टायगा ) प्रदेश समाप्त भएपछि ठिक दक्षिणतर्फबाट आरम्भ हुने समशीतोष्ण तृणभूमि।
91524 स्टेप्स ना. २. हिमाली टायगा (खागर) र टुन्ड्रा (पखेर ) समाप्त भएपछि आरम्भ हुने तृणभूमि; पाटन; बुक्यान।
91525 स्टेपलर ना. स्टिचिङ गर्ने वा टाँका मार्ने यन्त्र; स्टिचिङ मेसिन।
91526 स्टेसन ना. रेल, मोटर आदि यानहरूमा चढेका यात्रु ओर्लने, उक्लने अथवा लादिएका माल ओराल्ने उकाल्ने ठाउँ।
91527 स्ट्रेचर ना. दुइटा लामा काठमा बलियो किसिमको कपडाको झोलुङ्गो पारी त्यसमा बिरामी राखी वरपर सारफेर गर्ने सफरी; अस्पतालमा बिरामी वा मुर्दा बोक्ने साधन।
91528 स्टोन ना. प्रेसमा पुस्तक आदिका फर्मा कस्दा र पेज बाँध्दा उपयोग गरिने फलामे पिर्का।
91529 स्टोर ना. १. खास प्रयोजनले सङ्ग्रह गरिएका सामानको राशि।
91530 स्टोर ना. २. त्यस्तो राशि सङ्ग्रह गर्ने घर वा कोठा; भँडार |
91531 स्टोरकिपर ना. भण्डारको रेखदेख गर्ने कर्मचारी; भण्डारका सामान खर्च हुँदा वा नयाँ थप्नुपर्दा सो गर्ने तथा त्यसको यथावत् हेरचाह गर्ने र विवरण दुरुस्त राख्ने व्यक्ति; भण्डाररक्षक।
91532 स्ट्यान्डिङ कमिटी ना. १. स्थायी रूपमा गठित कमिटी; स्थायी समिति; कार्यसमिति।
91533 स्ट्यान्डिङ कमिटी ना. २. प्रधान न्यायाधीश र निजले तोकेको अर्को न्यायाधीशसमेत भएको समिति।
91534 स्तन ना. आइमाई र पोथी जनावरको दुध आउने कल्चौँडो वा थुन र त्यसको वरिपरिको परिवेश; फाँचो।
91535 स्तनधारी वि. मानिस, गाई, बाँदर, घोडा, चमेरा, कुकुर, बाख्रो आदि स्तनपायी जन्तु।
91536 स्तनपान ना. माऊको थुनमा मुख लगाएर दुध चुस्ने काम; दुध खाने काम।
91537 स्नतपायी वि. माऊ वा आमाको दुध खाएर हुर्कने; स्तनपान गर्ने; स्तनप।
91538 स्नतपायी युग ना. सालनालमा बेरिएर प्राणीहरू जन्मिन थालेको युग; आजभन्दा सातकरोड वर्ष पूर्व प्रारम्भ भएको युग।
91539 स्तन्य वि. १. स्तनसम्बन्धी। ना.
91540 स्तन्य वि. २. स्तनमा हुने वस्तु; दुध।
91541 स्तब्ध वि. १. कुनै पनि चेष्टा नभएको; जड।
91542 स्तब्ध वि. २. गतिमा रोकावट आएको; अवरुद्ध |
91543 स्तब्ध वि. ३. कर्तव्यबाट विमुख भएको; विमूढ। ना.
91544 स्तब्ध वि. ४. सुनसान; सन्नाटा; चकमन्न।
91545 स्तब्धता ना. जडता; निश्चेष्टता; शून्यता; चकमन्न्याइँ।
91546 स्तम्भ ना. १. भवन, किल्ला आदिको खामो; खम्बा; थाम।
91547 स्तम्भ ना. २. आडभरोसा; टेको; सहारा।
91548 स्तम्भ ना. ३. समाचारपत्र वा पत्रिकामा कुनै खासखास विषयलाई प्रदान गरिएको स्थायी स्थान।
91549 स्तम्भचित्र ना. खम्बाद्वारा देखाइने सङ्ख्यात्मक चित्र।
91550 स्तम्भक वि. रोक्ने; स्तम्भित पार्ने।