Dictionary

All Word

91551 स्तम्भन ना. १. कुनै क्रम वा गतिमा आउने रोकावट; स्तब्ध हुने काम।
91552 स्तम्भन ना. २. अङ्गप्रत्यङ्गको सञ्चालनमा आउने गतिरोध।
91553 स्तम्भन ना. ३. चेष्टारहित हुने काम।
91554 स्तम्भन ना. ४. मन्त्र, तन्त्र आदिका प्रभावले कसैको गति, चेष्टा आदिलाई रोक्ने काम।
91555 स्तम्भ लेखक ना. कुनै समाचारपत्र वा नियमित रूपमा प्रकाशित हुने अन्य पत्रिकाका निश्चित विषयमा सधैँ लेखिरहने व्यक्ति; स्तम्भ लेख्ने व्यक्ति।
91556 स्तम्भित वि. १. तन्त्र, मन्त्र, औषधी आदिका प्रयोगद्वारा स्तब्ध गराइएको।
91557 स्तम्भित वि. २. छक्क; जिल्ल; वाल्ल |
91558 स्तर ना. १. वस्तुको कुनै ठाउँमा फैलिएको पत्र; तह।
91559 स्तर ना. २. कुनै ठाउँलाई ढाकेर रहने वस्तुको खाप; सल।
91560 स्तर ना. ३. कुनै वस्तुको महत्त्व, मूल्य आदि निर्धारण गर्ने गुण; योग्यता; मर्यादा; कोटि।
91561 स्तर निर्धारण ना. गुण, विशेषता, महत्त्व आदिका आधारमा कुनै वस्तुको कोटि वा तह तोक्ने काम।
91562 स्तरहीन वि. गुण, विशेषता, मूल्य आदिका आधारमा निम्न कोटिको; स्तर नभएको; तल्लो तहको।
91563 स्तरीकरण ना. कुनै खास कुरालाई खास मानक वा स्तरमा पुऱ्याउने क्रियाप्रक्रिया |
91564 स्तरीकृत वि. उच्चस्तरमा पुऱ्याइएको; स्तरमा वृद्धि भएको; उपल्लो तहको।
91565 स्तरीय वि. गुण, महत्त्व, विशेषता आदिका आधारमा उच्च स्तरको; माथिल्लो तहको; स्तरीकृत |
91566 स्तव ना. १. तारिफ; प्रशंसा।
91567 स्तव ना. २. प्रार्थना; स्तुति।
91568 स्तवक ना. १. फल, फूल आदिको झुप्पो; गुच्छो।
91569 स्तवक ना. २. ससानो थुप्रो; सानो रास।
91570 स्तवक ना. ३. कुनै कृति वा ग्रन्थको परिच्छेद; अध्याय। वि.
91571 स्तवक ना. ४. स्तुति गर्ने; प्रशंसक।
91572 स्तवन ना. स्तव।
91573 स्तुति ना. १. कुनै देवदेवीको प्रसन्नताका लागि गरिने स्तोत्रपाठ; गुणानुवर्णन; प्रार्थना, स्तव; स्तवन।
91574 स्तुति ना. २. प्रशंसा गर्ने काम; कसैको तारिफ गर्ने काम।
91575 स्तुति ना. ३. बढाईचढाई गरिने बयान; भएनभएको बढाइ।
91576 स्तुतिगत वि. स्तुतिसम्बन्धी।
91577 स्तुतिगीत ना. देवीदेवता वा कुनै महापुरुषको स्तुति गर्न गाइने गीत।
91578 स्तुतिवाद ना. स्तुति गर्ने नीति।
91579 स्तुतिवादी वि. स्तुति गर्ने नीतिको अनुयायी।
91580 स्तुत्य वि. तारिफ गर्न लायक; गुण, महत्ता आदिका आधारमा प्रशंसनीय।
91581 स्तूप ना. किल्ला, स्मारक आदि बनाउने नियतले ढुङ्गा, माटो, इँट आदिले बनाइएको अग्लो थुप्रो वा ढिस्को (विशेषगरी बौद्धहरूले बुद्धका अवशिष्ट चिह्न राख्नका लागि बनाउने स्मारक)।
91582 स्तूपक ना. थुम्को।
91583 स्तोत्र ना. स्तुति, प्रार्थना, तारिफ आदि गर्नुपर्दा उच्चारण गरिने वाङ्मय वा श्लोक वा देउदेउताको गुणकीर्तन भएका मन्त्रहरूको समूह।
91584 स्तोत्र पाठ ना. स्तोत्रको पठन, वाचन वा उच्चारण।
91585 स्त्री ना. महिला; आइमाई; स्वास्नीमान्छे।
91586 स्त्रीकेशर ना. फूलका परागमा हुने कणहरूमा पुंस्त्व र स्त्रीत्व भएका कणहरूमध्ये स्त्रीतत्त्वप्रधान कण |
91587 स्त्रीत्व ना. नारीमा हुने आवश्यक गुण; नारीत्व; स्वास्नीमानिसको अनिवार्य विशेषता।
91588 स्त्रीधन ना. १. स्वास्नीमानिसको पेवाधन; आइमाईलाई दिइएको धन; दाइजो।
91589 स्त्रीधर्म ना. १. स्त्रीजातिले गर्नुपर्ने कर्तव्य; नारीको आचरण।
91590 स्त्रीधर्म ना. २. रजस्वला हुने स्थिति वा अवस्था; परसराइ।
91591 स्त्रीधर्म ना. ३. आफ्ना पतिप्रतिको यौनगत इमानदारी; सतीत्व।
91592 स्त्रीपुरुष ना. १. आइमाई र लोग्नेमान्छे।
91593 स्त्रीपुरुष ना. २. एक आइमाई र एक लोग्नेमान्छेको जोडा; दम्पती; लोग्नेस्वास्नी।
91594 स्त्रीप्रसङ्ग ना. १. पुरुषले वासनातृप्तिका लागि आइमाईसँग गर्ने सहवास; सम्भोग। २ आइमाईसँगको सम्पर्क।
91595 स्त्रीप्रसङ्ग ना. ३. महिला विषयक चर्चा वा सन्दर्भ।
91596 स्त्रीलम्पट वि. स्वास्नी वा स्वास्नीमानिस भनेपछि मरिमेट्ने; बढ्ता स्त्रीप्रसङ्ग गर्ने; कामुक।
91597 स्त्रीलिङ्ग ना. १. नारीत्व बुझाउने चिह्न (स्तन, स्वरमधुरता आदि)।
91598 स्त्रीलिङ्ग ना. २. व्याकरणका पुलिङ्ग, स्त्रीलिङ्ग, नपुंसकलिङ्ग आदि लिङ्ग व्यवस्थामध्ये स्त्रीत्व बुझाउने लिङ्ग।
91599 स्त्रीलिङ्ग ना. ३. नारी जातिको जननेन्द्रिय; योनि।
91600 स्त्रीव्रत ना. एक नारीलाई मात्र पत्नी स्वीकार गरी सन्तुष्ट हुने कार्य; एकनारीव्रत; पत्नीव्रत।