Dictionary

All Word

41601 दंशन ना. १.टोक्ने काम; टोकाइ।
41602 दंशन ना. २. डस्ने काम; डसाइ।
41603 दंशन ना. ३. चिल्ने काम; चिलाइ।
41604 दंशन ना. ४. ठुङ्ने काम; ठुङाइ।
41605 दंशित वि. १.डसिएको।
41606 दंशित वि. २. टोकिएको।
41607 दंशी वि. १.डस्ने।
41608 दंशी वि. २. टोक्ने।
41609 दंष्ट्रा ना. साह्रो वस्तु दार्न हुने, ठुलो र तिखो दाँत; दाह्रो।
41610 दंष्ट्री वि. १.साह्रो वस्तु दार्न सक्ने ठुला र तिखा दाँत भएको; दाह्रे।
41611 दंष्ट्री वि. ना. २. सुँगुर; बँदेल।
41612 दंसो ना. १.गाईबस्तु, कुकुर आदिलाई चिल्ने एक जातको ठुलो झिँगो; डाँस, डाँठ।
41613 दंसो ना. २. दाँतमै बिलाउलाजस्तो न्यूनतम परिमाण;लेश।
41614 दकस ना. जान्नेसुन्नेका अगाडि बोल्न अनकनाउने मानसिक स्थिति।
41615 दकार ना. द' वर्ण वा अक्षर; तवर्गको तेस्रो व्यञ्जनवर्ण।
41616 दक्खिन ना. दक्षिण।
41617 दक्खिना / दक्खिनी/ दक्खिने वि. १.दक्खिनतिरको; दक्खिनमा बस्ने;दक्षिणी।
41618 दक्खिना / दक्खिनी/ दक्खिने वि. ना. २. द्रविड, तमिल आदि जाति।
41619 दक्ष वि . १.योग्य; सक्षम; विशेषज्ञ; सिपालु; कुशल २. दायाँ; दाहिने।
41620 दक्ष वि . ३. एक प्रजापतिको नाम।
41621 दक्षकन्या ना. दक्षप्रजापतिकी छोरी;सतीदेवी।
41622 दक्ष जनशक्ति ना. कुनै खास विषय वा क्षेत्रमा दक्षता वा खुबी भएको जनशक्ति; दक्षताप्राप्त जनशक्ति; विशेषज्ञवर्ग।
41623 दक्षता ना. दक्ष हुनाको भाव वा स्थिति; सक्षमता; कुशलता।
41624 दक्षशक्ति पलायन प्रक्रिया ना. कुनै एक देशका प्रतिभाशाली व्यक्ति वा व्यावसायिक स्रोतले विभिन्न कारणबाट स्वदेश त्याग गरी अर्कै देशमा जाने क्रिया; प्रतिभा पलायन।
41625 दक्षिण ना. १.सूर्योदय भएतिर मुख फर्काउँदा दाहिनेतिर पर्ने दिशा; उत्तरको ठिक उल्टोतिरको दिशा; दक्खिन।
41626 दक्षिण ना. वि. २. योग्य; निपुण; सिपालु।
41627 दक्षिण ना. ३. दायाँ; दाहिने।
41628 दक्षिण ना. ४. कुनै काम सिद्ध गर्नमा सहायक।
41629 दक्षिण ना. ५. पराश्रि।
41630 दक्षिण ना. ६ अनेक नायिकामा समान रूपले प्रेम राख्ने नायक; सरल नायक; धीरोदात्त,धीरोद्धत, धीरप्रशान्त र धीरललित चार प्रकारका नायकको शृङ्गारी अवस्थामा हुने चार किसिममध्ये एक।
41631 दक्षिण एसिया ना. एसियाको दक्षिण भागमा रहेका नेपाल, भारत, भुटान, बङ्गलादेश, पाकिस्तान, बर्मा, श्रीलङ्का, अफगानिस्तान आदि देशहरूको भूभाग।
41632 दक्षिणकाली ना. १.काठमाडौँ सहरदेखि १८ कि.मि. दक्षिणमा अवस्थित एक प्रसिद्ध देवी।
41633 दक्षिणकाली ना. २. शिवजीका छातीमा दाहिने पाउले टेक्ने देवी।
41634 दक्षिणकाली ना. ३. तान्त्रिकहरूद्वारा उपासना गरिने एक देवी।
41635 दक्षिणतर्फका कामान्डिङ जनरल ना. राणाकालमा राज्यका दक्षिण भागको प्रशासनिक रेखदेख गर्ने अधिकारवाला व्यक्ति; पूर्वतर्फपछिको रोलवाला।
41636 दक्षिणपन्थ ना. घोर उग्रवादी वा क्रान्तिकारी विचारधाराका विरुद्ध क्रमिक, वैधानिक र शान्तिपूर्ण तरिकाले विकास गर्नुपर्छ भन्ने एक राजनीतिक सिद्धान्त; दक्षिणमार्ग।
41637 दक्षिणपन्थी वि. दक्षिणपन्थको; दक्षिणमार्गको समर्थक वा अनुयायी; दक्षिणमार्गी।
41638 दक्षिणमार्ग ना. १.दक्षिणपन्।
41639 दक्षिणमार्ग ना. २. वेदविहित धर्मलाई मान्ने एक सम्प्रदाय।
41640 दक्षिणमार्गी वि. दक्षिणपन्थी।
41641 दक्षिणा ना. १.यज्ञ, पूजाआजा, श्राद्ध आदि देव - पितृकार्यमा कार्य पूरा भएपछि ब्राह्मणहरूलाई दिइने द्रव्य; चाडपर्व आदिका अवसरमा छोरीचेली, ज्वाइँ आदिलाई दिइने धन; दच्छिना।
41642 दक्षिणा ना. २. दक्षिण दिशा।
41643 दक्षिणा ना. ३. दुधालु गाई।
41644 दक्षिणा ना. ४. अरू स्त्रीसँग सम्बन्ध राख्ने नायकलाई पनि प्रेम गर्ने चतुर नायिका।
41645 दक्षिणा ना. ५. यज्ञकी पत्नी।
41646 दक्षिणाग्नि ना. गार्हपत्य नामको अग्निदेखि दक्षिणतर्फ स्थापित गरिने अग्नि; तीन प्रकारका अग्निमध्ये एक।
41647 दक्षिणाचार ना. १.वैदिक पद्धतिअनुसार पञ्चामृतद्वारा देवी वा शक्तिको पूजा गर्ने एक सम्प्रदाय।
41648 दक्षिणाचार ना. वि. २. पावन अनुष्ठान अनुसार शक्तिका उपासक।
41649 दक्षिणाचार ना. ३. आचरणशील।
41650 दक्षिणाचारी वि. दक्षिणाचार सम्प्रदायका अनुयायी।