Dictionary

All Word

41751 दण्ड ना. २. लट्ठी; लौरो;सोँठा, छडी।
41752 दण्ड ना. ३. सजाय; जरिवाना; डाँड;यातना;दण्डसजाय।
41753 दण्ड ना. ४. राजचिह्न।
41754 दण्ड ना. ५. फूलको डाँठ ( कमल आदिको।)।
41755 दण्डक ना. १.प्रत्येक चरणमा सत्ताइस वा त्यसभन्दा बढी वर्ण हुने छन्दको एक भेद।
41756 दण्डक ना. २. लट्ठी; लाठो; दण्ड।
41757 दण्डक ना. ३. पङ्क्ति; लहर।
41758 दण्डकर ना. भराइएको दण्डको रकममा सरकारका तर्फबाट लाग्ने कर।
41759 दण्ड कानुन ना. अपराधअनुसारको दण्डसम्बन्धी व्यवस्था भएको कानुन; दण्डविधान; फौजदारी कानुन।
41760 दण्डकारण्य ना. भारतस्थित नर्मदा र गोदावरीको बिचमा पर्ने एक प्राचीन जङ्गल।
41761 दण्डकुण्ड ना. कानुनले निषेध गरेको कुरो गरेमा वा कानुनले आज्ञा दिएको वा अह्राएको कुरो नगरेमा दिइने सजाय; दण्ड।
41762 दण्डग्रहण ना. साधु बन्ने काम; सन्न्यासी हुन दण्ड ग्रहण गर्ने काम; तीर्थयात्रीले दण्ड लिने काम; सन्न्यास ग्रहण।
41763 दण्डधर ना. १.राजा।
41764 दण्डधर ना. २. यम।
41765 दण्डधर ना. ३. न्यायाधीश।
41766 दण्डधर ना. ४. सन्न्यासी।
41767 दण्डधर ना. ५. चोबदार।
41768 दण्डधर ना. वि. ६. हातमा दण्ड लिने; दण्डधारी।
41769 दण्डनायक ना. १.न्यायाधीश।
41770 दण्डनायक ना. २. प्रहरी विभागको मुख्य अधिकारी।
41771 दण्डनायक ना. ३. सेनापति; सेनानायक।
41772 दण्डनीति ना. शत्रु वा अपराधीलाई दण्डद्वारा वशमा राख्ने नीति;त्यस्तो न्याय वा सैनिकसम्बन्धी प्रशासन।
41773 दण्डनीति ना. २. दण्डशास्त्र।
41774 दण्डनीय वि. दण्ड वा सजाय दिन योग्य;दण्ड दिनुपर्ने;दण्ड्य।
41775 दण्ड न्यायालय ना. अपराधीलाई दिइने दण्डसम्बन्धी सम्पूर्ण मामला हेर्ने न्यायालय; फौजदारी अदाल।
41776 दण्डपाणि ना. १.यमराज।
41777 दण्डपाणि ना. २. हातमा लट्ठी लिने व्यक्ति।
41778 दण्डपाणि ना. ३. चोबदार।
41779 दण्डपाणि ना. ४. भैरवको एक रूप।
41780 दण्डबैठक ना. एक खास किसिमको शारीरिक व्यायाम; दण्ड पेलाइ;कसर।
41781 दण्डमत्स्य ना. लामो र झिनो खालको एक जातको माछो।
41782 दण्डवत् ना. भुईंमा लेटेर गरिने एक प्रकारको प्रणाम वा नमस्कार; साष्टाङ्ग प्रणाम।
41783 दण्डविधान / विधि ना. दण्डशास्त्र; दण्डसंहिता।
41784 दण्डशास्त्र ना. दण्डको निर्णयसम्बन्धी शास्त्र; दण्डविधान;दण्डविधि।
41785 दण्डसजाय ना. दण्ड र सजाय; दण्ड।
41786 दण्डसम्बन्धी वि. दण्डसँग सम्बन्धित विषय वा काम कुरो।
41787 दण्डसहाय ना. नाटकका नायकको सहायता गर्ने मित्र, राजकुमार, सामन्त, सैनिक र सिकारी आदि पात्र; नाटकका नायकको एक प्रकारको सहाय।
41788 दण्डात्मक वि. दण्ड दिनुपर्ने भएको।
41789 दण्डादण्डी ना. हे. दन्डादन्डी।
41790 दण्डादेश ना. अपराधीलाई दण्डित गर्न न्यायाधीशद्वारा दिइने आदेश;दण्डाज्ञा।
41791 दण्डालय ना. न्यायालय।
41792 दण्डित वि . दण्ड गरिएको; सजाय दिइएको; दण्ड पाएको।
41793 दण्डी वि. १.हातमा दण्ड वा लट्ठी लिने; दण्डधर; दण्डधारी।
41794 दण्डी वि. ना. २. धातु, काठ आदिको लट्ठी; छड।
41795 दण्डी वि. ३. हातमा बाँसको लट्ठी लिएर हिँड्ने सन्न्यासीको एक सम्प्रदाय।
41796 दण्डोपबन्ध ना. कानुन, सन्धि, सम्झौता आदिको सर्त उल्लङ्घन गर्ने व्यक्ति वा पक्षलाई दण्ड दिन व्यवस्था गरिएको उपबन्ध।
41797 दण्ड्य वि. दण्ड दिनुपर्ने; डाँड्न लायक; दण्डनीय।
41798 दतार ना. हे. दँतार।
41799 दतिउन / दतिवन ना. दाँत सफा र बलियो पार्नका लागि प्रयोग गरिने निम, सिमाली, कदम आदिका काठको टुक्रो; अपामार्ग; दन्तकाष्ठ।
41800 दत्त वि. १.दिइएको; प्रदत्त; समर्पित; सुम्पिएको; दान गरिएको।