Dictionary

All Word

41901 दन्त्यकथा ना. लोकले युगौंदेखि परम्परागत रूपमा संरक्षित गर्दै आएको, मौखिक तथा काल्पनिक कथा; सुन्ने कथा।
41902 दन्न क्रि.वि. १.राम्ररी बल्ने वा भरिलो हुने चालमा; हुरहुराउने किसिमले आगो दन्केर बल्ने गरी; हुर्र।
41903 दन्न क्रि.वि. २. तोप, बन्दुक आदि पड्कँदा शब्द आउने किसिमले।
41904 दपाइ ना. दाप्न वा हडप्ने क्रिया वा प्रक्रिया।
41905 दपाइनु क.क्रि. दाप्ने काम गरिनु;दाप्न लाइनु।
41906 दपाउनु स.क्रि. दाप्ने काममा प्रेरित गर्नु; दाप्न लाउनु।
41907 दपेट्नु स.क्रि. १.कसैले कसैलाई कुनै कामको निहुँमा किन त्यस्तो भयो वा गरियो भनेर हकार्नु; छाँस्नु; डाँट्नु।
41908 दपेट्नु स.क्रि. २. पिछा गर्नु; लखेट्नु; लघार्नु।
41909 दपेटा ना. १.डर, धाक, धम्की आदिद्वारा हप्काउने काम;दपेट्ने काम; दपेटाइ।
41910 दपेटा ना. २. लखेट्ने काम;लघाराइ।
41911 दपेटाइ ना. दपेट्ने क्रिया वा प्रक्रिया।
41912 दपेटाइनु क.क्रि. दपेट्न लाइनु; लखेटाइनु।
41913 दपेटाउनु स.क्रि. दपेटामा पार्नु; दपेट्न लाउनु।
41914 दपेटिनु क.क्रि. कसैबाट छाँसिनु; हप्काइनु; डाँटिनु; लखेटिनु।
41915 दपोट ना. १.सरकारी जमिनको कर, पोत, तिरो आदि नतिरी लुकाई-छिपाई जग्गा मात्र भोगचलन गरी खाने काम।
41916 दपोट ना. २. अर्काको धनमाल जानाजानी दबाएर पचाउने वा आफ्नो अधीनमा पार्ने काम।
41917 दप्कनु / दप्किनु अ.क्रि. १.कुनै कारण वा परिस्थितिले मान्छे वा अन्य प्राणी हच्कनु; अघि सरेर काम गर्न डराउनु; दच्कनु; पछि सर्नु।
41918 दप्कनु / दप्किनु अ.क्रि. २. लुक्न खोज्नु; लुके झैँ गर्नु।
41919 दप्कनु / दप्किनु अ.क्रि. ३. लुक्नु; दब्नु।
41920 दप्काइ ना. दप्कने वा दप्काउने क्रियाप्रक्रिया।
41921 दप्काइनु क.क्रि. १.हप्कीदप्कीमा पारिनु; दप्की लाइनु।
41922 दप्काइनु क.क्रि. २. लुकाइनु।
41923 दप्काउनु स.क्रि. १.डर, धाक आदिले कसैलाई हच्काउनु; हप्काउनु; छाँस्नु।
41924 दप्काउनु स.क्रि. २. लुकाउनु; छिपाउनु; दबाउनु।
41925 दप्काउनु स.क्रि. ३. ढाकछोप गर्नु; ढाक्नु।
41926 दप्की ना. १.दपेट्ने वा लखेट्ने काम; दपेटा।
41927 दप्की ना. २. हप्कीदप्की गरिने चाल; डाँट, छँसाइ; हप्की।
41928 दप्क्याइ ना. दप्किने वा दप्की खाने क्रियाप्रक्रिया।
41929 दफा ना. १.कुनै लेख रचना, पत्र आदिका एक- एक प्रवाह वा उक्तिको अंश; अनुच्छेद; कण्डिका; प्याराग्राफ।
41930 दफा ना. २. ऐनविधान आदिको परिच्छेद वा महलभन्दा सानो र उपधारा वा उपदफाभन्दा ठुलो बुँदा; ऐनविधान आदिको एक अंश; धारा।
41931 दफा ना. क्रि.वि. ३. पटक; खेप; चोटि; बाजि; पल्ट।
41932 दफ्तर ना. कुनै सरकारी वा गैरसरकारी कार्यालय; सङ्घसंस्थासम्बन्धी लेखापढी र कामव्यवहार गर्ने अड्डा; अफिस; कार्यालय।
41933 दफ्तरखाना ना. दफ्तरसम्बन्धी कार्य सञ्चालन गर्ने अड्डा; कागजपत्रको लेखापढी;जाँचबुझ आदि गर्ने कोठा।
41934 दफ्तरी ना. १.किताब, कापी, बही आदिमा गाता वा जिल्दा हाल्ने व्यक्ति; जिल्दकार; जिल्दसाज; बुकबाइन्डर।
41935 दफ्तरी ना. २. दफ्तरका कागजपत्रमा रुल तान्ने वा यस्तै अन्य काम गर्ने निम्न तहको कर्मचारी वा कारिन्दा।
41936 दब्नु अ.क्रि. १.कुनै कारणले एकका अपेक्षा अर्को लत्रनु; निहुरनु; झुक्नु।
41937 दब्नु अ.क्रि. २. कुनै वस्तु लुक्नु वा छिप्नु।
41938 दब्नु अ.क्रि. ३. थिचिनु; किचिनु।
41939 दब्नु अ.क्रि. ४. मान, मर्यादा आदिमा तल पर्नु; घटी हुनु।
41940 दब्नु अ.क्रि. ५. चुर्लुप्प हुनु; डुब्नु।
41941 दबदब क्रि.वि. धेरै गिलो, लेस्याइलो वा हिलो भएर हल्लिने गरी; दलदल; थलथल।
41942 दबदब ना. डमरु जस्तै हल्लाएर बजाइने तर डमरुभन्दा अलिक सानो एक बाजा; डिबडिबे।
41943 दबदबा ना. १.धन, अधिकार आदिका बलले बढेको चकचकी;बढिबढाउ।
41944 दबदबा ना. २. रोबरवाफ; सान।
41945 दबदबा ना. ३. धाकधम्की; हैकम।
41946 दबदबाइ ना. दबदब हुने वा दबदबाउने क्रियाप्रक्रिया।
41947 दबदबाउँदो वि. कुनै तरल वस्तुमा झोल चोक्टा नछुट्टिने भएको,लेदो परेको, दबदब परेको।
41948 दबदबाउ ना. दबदबाउने काम, दबदबा।
41949 दबदबाउनु अ.क्रि. हिलो, गिलो आदि वस्तु लदबदे अवस्थाको हुनु, दबदब हिलो हुनु, थलथल बन्नु।
41950 दबदबिनु अ.क्रि. दबदब हिलो होइनु , थलथलिनु।