Dictionary

All Word

41951 दबदबे वि. दबदब गर्ने बेलाको दबदबाउँदो, थलथले (लेदो वा हिलो।
41952 दबाइ ना. १.दब्ने क्रिया वा प्रक्रिया।
41953 दबाइ ना. [दबाउ + आइ] २. दबाउने क्रिया वा प्रक्रिया।
41954 दबाइ ना. [ दाब् + आइ] ३ दाब्ने क्रिया वा प्रक्रिया।
41955 दबाइ ना. ४. ओखती, औषधी।
41956 दबाइनु क.क्रि. १.थिचाइनु, मिचाइनु।
41957 दबाइनु क.क्रि. २. दाब्न लगाइनु।
41958 दबाइनु क.क्रि. ३. छिपाइने काम गरिनु, लुकाइनु।
41959 दबाउ ना. हे. दबाब।
41960 दबाउनु स.क्रि. लुकाउनु, छिपाउनु।
41961 दबाउनु स.क्रि. १.शक्ति, साधन, धम्की आदिले दमन गर्नु, वशमा राख्नु, गर्न नदिनु।
41962 दबाउनु स.क्रि. २. थिचोमिचो गर्नु, बलले किच्नु, थिच्नु।
41963 दबाउनु स.क्रि. प्रे. क्रि. ३. मिच्न लाउनु, थिच्न लाउनु।
41964 दबाब ना. १.बल, प्रभाव, शक्ति आदिले अर्कालाई वशमा राख्ने काम उन्नति र भलो हुन नदिने काम,दबाउ।
41965 दबाब ना. २. थिच्ने काम, थिचाइ।
41966 दबाब ना. ३. च्याप्ने वा निचर्ने काम, चेप।
41967 दबासबिन्दु ना. बाह्रखरीका बाह्रौँ मात्रामा पर्ने दुईवटा बिन्दु हुने चिह्न; नेपाली बाह्रखरीमा बाह्रौँ मात्राको नाम; विसर्ग (कः, खः, ग: आदि)।
41968 दबिनु क.क्रि. छिपिनु; लुकिनु।
41969 दम ना. १.कमजोरी, रोग, श्रम आदिले छिटो छिटो चल्ने सास; धक्ने रोग; धम्कीको रोग।
41970 दम ना. २. प्राणवायु; श्वासप्रश्वास।
41971 दम ना. ३. घडी, खेलौना, फोनोग्राफ आदि यन्त्रलाई सञ्चालन गर्न कमानी कस्ने वा गति दिने काम।
41972 दम ना. ४. ताकत; बर्गत; बुता; शक्ति; गति; क्षमता।
41973 दम ना. ५. घोडा, हात्ती आदि वाहनयोग्य वस्तुको हिँड्ने चाल;हिँडाइ।
41974 दमक ना. प्रकाशयुक्त वस्तुको चमचमाहट; चमक;चहक।
41975 दमक ना. १.हिँड्दा आउने पदचापको ध्वनि; पैतालाको चाल; दम्को।
41976 दमक ना. २. झापा जिल्लाको एउटा प्रसिद्ध ठाउँ।
41977 दमकन्ने ना. कालो रङका मसिना डाँठ हुने, उनिउँका जस्तै पात र पातका पछिल्तिर सेतो धुलो हुने, नाककानका छेडेका प्वालमा नबुजियोस् भनी डाँठ भाँचेर लगाइने, एक जातको भुईंझार;दमकाने।
41978 दमकमानी ना. घडी, ग्रामोफोन आदि यन्त्रलाई सञ्चालित गर्न आवश्यक पर्ने शक्तिसञ्चय गर्ने, साँचोजस्तो कमानी वा उपकरण।
41979 दमकल ना. आगलागी हुँदा आगो निभाउन प्रयोग गरिने,पानी भरी भएको ट्याङ्की र लामो पाइप जडिएको मोटर; आगो निभाउने यन्त्र; वारुणयन्त्र।
41980 दमकाने ना. हे. दमकन्ने।
41981 दमकिलो ना. घडी आदिमा दम दिने सानो किलो; दमकमानी।
41982 दमखि ना. मादलजस्तो दुवैतिर खरी भएको, गहुँको पिठो मलेर टाँसी बजाइने, एक प्रकारको बाजा।
41983 दमचुली / दमचुलो / दमचुल्ही / दमचुल्हो ना. कोइला, गोल, काठको धुलो वा धानको बालेर खानेकुरा पकाइने, सानो खालको चुलो।
41984 दमडी ना. एक पैसाको चौथाइ मूल्यको प्राचीन सिक्का; एक पैसाको चतुर्थांश, चुनदाम।
41985 दमदमे ना. १.घोडा नारेर तानिने एक्का जस्तै यान।
41986 दमदमे ना. २. मान्छेले नै तानेर चलाइने रिक्सा।
41987 दमन ना. १.थिचोमिचो; दबदबाउ।
41988 दमन ना. २. थिच्ने, पेल्ने वा निचोर्ने काम; पेलाइ।
41989 दमन ना. ३. बल, शक्ति, प्रभाव आदिले दबाउने काम।
41990 दमन ना. ४. इन्द्रियलाई वश गर्ने काम; इन्द्रिय-निग्रह।
41991 दमन ना. ५. दमना फूल।
41992 दमनकारी वि. १.बल, साधन, शासन, शक्ति आदिले दमन गर्ने; पेलाहा; मिचाहा।
41993 दमनकारी वि. २. वशीकरण गर्ने।
41994 दमनगरा ना. गजाले हिर्काएर बजाइने ठुलो दमाहा बाजा;ठुलो नगरा।
41995 दमन चक्र ना. अरूलाई दबाउनका लागि प्रयोग गरिने विभिन्न षड्यन्त्रपूर्ण चाल;शक्ति र साधनद्वारा जबरजस्ती दबाउने प्रक्रिया।
41996 दमनशील वि. १.दबाउने स्वभाव भएको; दमन गर्ने खालको।
41997 दमनशील वि. २. दबाउन सकिने; लचिलो;लचकदार।
41998 दमना ना. गोदावरी फूलका जस्तै मसिना पात हुने, पहेँला र मसिना फूल फुल्ने, एक जातको फूलको बोट; त्यसकै फूल; दमन (फूल)।
41999 दमनीय वि. १.दमन गर्न उचित;वशमा पार्न लायक; दमन गर्नुपर्ने।
42000 दमनीय वि. २. दमन गर्न सकिने; दब्ने खालको।