Dictionary

All Word

41801 दत्त वि. ना. २. सङ्कल्प गरेर दान दिइएको वा अर्पण गरिएको वस्तु।
41802 दत्तक ना. कानुनी प्रक्रिया तथा शास्त्रअनुसार सन्तान नभएका व्यक्तिले आफ्नै परिवारको एक पुत्र वा पुत्रीको रूपमा मान्यता दिएको अरू कुनै व्यक्ति; दत्तकपुत्र; धर्मपुत्र वा धर्मपुत्री।
41803 दत्तकग्रहण ना. त्यस्तो धर्मपुत्र वा धर्मपुत्री पाल्ने काम।
41804 दत्तकग्राही वि. दत्तक पाल्ने; धर्मपुत्र ग्रहण गर्ने।
41805 दत्तकपुत्र ना. छोरा नहुनेले शास्त्रीय विधानअनुसार ग्रहण गरेको छोरो; धर्मपुत्र; पालित पुत्र।
41806 दत्तचित्त वि. मन वा चित्तलाई कुनै एउटै कामकुरामा केन्द्रित गरेको; एकचित्त; एकाग्र।
41807 दत्तात्रेय ना. ब्रह्मा, विष्णु र महेशको अवतार मानिने, अत्रि र अनुसूयाका पुत्र, एक प्रसिद्ध ऋषि।
41808 ददा ना. बालबच्चाहरूको हेरविचार गर्ने व्यक्ति; धरालो;रुँगालो।
41809 दद्रु ना. ज्यादै चिलाउने र क्रमशः फैलँदै जाने एक चर्मरोग;दाद।
41810 दद्ऱ्यान ना. १.ससाना ढुङ्गा प्रशस्त भएको जमिन।
41811 दद्ऱ्यान ना. २. पानीले घिसिएर माथि माथि चोसाचोसी ढुङ्गा निस्किएको बाटो।
41812 दधि ना. दुधलाई जमाएपछि बन्ने र नौनी, घिउ आदि बनाइने बाक्लो पदार्थ; दही।
41813 दधिपुष्प ना. पानको आकारका ठुलठुला पात हुने, निलो र सेतो पत्रवाल फूल फुल्ने, झुप्पामा कोसाका रूपमा फल लाग्ने सिमीको लहरा; त्यसैको कोसा वा दाना; काउछेसिमी।
41814 दधिसार ना. मक्खन; नौनी; घिउ।
41815 दधीच/दधीचि ना. देवताहरूलाई आफ्नो शरीरको हड्डी दिएर प्राण अर्पित गर्ने; पुराणप्रसिद्ध एक ऋषि।
41816 दनक ना. लट्ठी, मुक्का आदिको कडा प्रहार; चोट; हनाइ; खप्की; मार।
41817 दनदन क्रि.वि. १.दन्केर आगो बल्ने गरी,खुबसित दन्किएर।
41818 दनदन क्रि.वि. २. तोप, बन्दुक आदि पड्काउँदा धमाधम गोली छुट्ने गरी।
41819 दनदनती क्रि.वि. चर्को रूपमा दन्किएर; दनदनी।
41820 दनदनाइ ना. दनदनाउने भाव, क्रिया वा प्रक्रिया।
41821 दनदनाइनु अ.क्रि. दनदन भएर आगो बलिनु।
41822 दनदनाउनु अ.क्रि. १.दन्केर आगो बल्नु, दन्कनु।
41823 दनदनाउनु अ.क्रि. २. खुबै राम्रो र तेजस्वी हुनु।
41824 दनदनाउनु अ.क्रि. ३. बढिबढाउ हुनु; बनेको र सप्रेको हुनु।
41825 दनदनाहट ना. दनदनाउने भाव, अवस्था वा क्रियाप्रक्रिया;दनदनाइ।
41826 दनदनी क्रि.वि. दनदनती।
41827 दनादन क्रि.वि. १.क्रमिक रूपले; एकपछि अर्को गर्दै; धमाधम; लगालग।
41828 दनादन क्रि.वि. २. कुनै कामकुरो फुर्तीसाथ गर्ने गरी।
41829 दनादन क्रि.वि. ३. लगालग पिटेर।
41830 दनादन क्रि.वि. ४. एकनासले तोप, बन्दुक आदिका गोलागोली छोड्दै।
41831 दनासो ना. दाँत अडिने ठाउँ; दाँते घर; गिजा।
41832 दनुज ना. राक्षस; असुर; दानव।
41833 दनुवार ना. कमला र त्रिजुगा नदीको आसपासतिर बसोबास गर्ने एक अल्पसङ्ख्यक जाति।
41834 दनुवारी ना. दनुवारजातिले बोल्ने भाषा।
41835 दनेउरो / दन्यौरो ना. स्वाद उस्तै र सोझो आकारको हुने एक प्रकारको सेल; दन्यौरो।
41836 दन्कनु अ.क्रि. हुरहुरी आगो बल्नु; खुबसित बल्नु; राँकिनु; दनदनाउनु; हुरहुराउनु।
41837 दन्कर्नु/दन्कर्नो ना. दाँत कोट्याउने धातु वा कप्टेराको सिन्को वा छेस्को।
41838 दन्काइ ना. १.दन्कने क्रिया वा प्रक्रिया।
41839 दन्काइ ना. २. दनक दिने काम।
41840 दन्काइनु क.क्रि. १.दन्काउने वा दनक दिने काम गरिनु।
41841 दन्काइनु क.क्रि. २. दनदन आगो बालिनु।
41842 दन्काउनु स.क्रि. मुक्का, लट्ठी आदिले दनक दिनु; पिट्नु; ठटाउनु।
41843 दन्काउनु स.क्रि. १.दनदनी आगो बाल्नु।
41844 दन्काउनु स.क्रि. २. तोप आदि पड्काउनु।
41845 दन्काउनु स.क्रि. ३. कुनै कामकुरो फुर्तीसाथ गर्नु।
41846 दन्काउनु स.क्रि. ४. बेसरी खानु (खाद्य वा पेय पदार्थ )।
41847 दन्किनु अ.क्रि. १.दन्कनु; बल्नु।
41848 दन्किनु अ.क्रि. २. हुरहुरी बल्नु;दनदनी बल्नु।
41849 दन्कुटी ना. दन्केर बलेको आगो।
41850 दन्को ना. आगाको ज्वाला; दन्केको आगो।