Dictionary

All Word

41851 दन्कोट ना. दनदनी आगो बाल्ने काम;दन्काइ।
41852 दन्क्याइ ना. दन्किने क्रियाप्रक्रिया।
41853 दन्क्याइनु क.क्रि. दन्क्याउने काम गरिनु; पिटिनु।
41854 दन्क्याउनु स.क्रि. दन्काउनु; पिट्नु।
41855 दन्डादन्डी ना. दुवैतर्फबाट लट्ठी हानाहान गरेर गरिने झगडा; लट्ठीका सहायताले गरिने लडाइँ; मारपिट; हानाहान; डन्डाडन्डी।
41856 दन्त ना. १.दाँ।
41857 दन्त ना. २. हात्तीको दाह्रा।
41858 दन्तकाष्ठ ना. दतिवन।
41859 दन्तक्षत ना. कामक्रीडाको सिलसिलामा दाँतले टोकी पारिएको चोट; दाँतले टोक्दाको चिह्न।
41860 दन्तचिकित्सक ना. दाँतको उपचार गर्ने डाक्टर; दाँतविशेषज्ञ;डेन्टिस्ट।
41861 दन्तच्छद ना. ओठ; ओष्ठ।
41862 दन्तद्वार/द्वारी ना. दुई दाँतका बिचको रिक्त स्थान वा प्वाल।
41863 दन्तद्वारे वि. दन्तद्वार भएको; दन्तद्वारीका छाँटको।
41864 दन्तधावन ना. १.दाँत माझ्ने काम।
41865 दन्तधावन ना. २. दतिवन।
41866 दन्तपत्र ना. कानमा लगाइने, ससानो पातका आकारको एक गहना;कर्णफूल।
41867 दन्तपरीक्षक ना. दाँतको रोग वा दाँतसम्बन्धी अन्य कुराको परीक्षण गर्ने साधन, यन्त्र वा व्यक्ति।
41868 दन्तफल ना. निर्मली फल।
41869 दन्तबजान / बझान ना. बेसरी मुख छाड्ने काम; भनाभन;बाझाबाझ; झगडा।
41870 दन्तबल्क ना. दाँतको बाहिरपट्टिको टलकदार वस्तु; इनामेल।
41871 दन्तबिरी ना. दाँतको चर कालो पार्न प्रयोग गरिने शृङ्गारको एक साधन;बिरी।
41872 दन्तमञ्जन ना. १.दाँत माझ्ने चूर्ण वा लेप; मञ्जन।
41873 दन्तमञ्जन ना. २. दाँत माझ्ने वा सफा गर्ने काम।
41874 दन्तमूल ना. कठोर तालुभन्दा अगाडिपट्टि दाँतसम्मको भाग;वर्ता;दनासो; गिजा; दन्तघर।
41875 दन्तमूलीय व्यञ्जन ना. जिभ्राको टुप्पो वा फलकले दाँतका फेदीका छेउछाउको भाग (वर्क्स लाई छोएर उच्चरित हुने व्यञ्जन,नेपालीका च, छ, ज, झ, ट, ठ, ड, ढ, न, ल, र, स ध्वनि।
41876 दन्तविकार ना. दाँतको रोग।
41877 दन्तविशेषज्ञ ना. दाँतको रोग वा दाँतसम्बन्धी अन्य कुराको ज्ञान भएको चिकित्सक; दन्तपरीक्षक।
41878 दन्तवीज ना. अनार; दारिम; बेदाना।
41879 दन्तशूल ना. दाँत दुख्ने रोग।
41880 दन्तशोथ ना. दाँत अडिने ठाउँ वा गिजा सुनिने रोग।
41881 दन्तहर्ष ना. दाँतसम्बन्धी एक रोग।
41882 दन्तहर्सना ना. कागतीका जस्ता पात र बोक्रा हुने, सेतो फूल फुल्ने, बास्नादार काँढा भएको एक बोट।
41883 दन्ताघात ना. दाँतको आघात; दाँतको टोकाइ।
41884 दन्तादन्ति ना. एकअर्कामा दाँतले टोकाटोक गरेर गरिने झगडा।
41885 दन्तायुध ना. दाँत नै एक मात्र हतियार भएको प्राणी (हात्ती, सुँगुर इ.)।
41886 दन्तावल ना. हात्ती।
41887 दन्तावली ना. दाँतको लहर वा हार।
41888 दन्ती वि. १.दाँत हुने वा भएको।
41889 दन्ती वि. ना. २. हात्ती।
41890 दन्ती वि. ३. गणेश।
41891 दन्ती वि. ४. अँडिरको बोट।
41892 दन्तुर वि. १.दाँत ओठभन्दा बाहिरपट्टि निस्केको; छ्वाँके।
41893 दन्तुर वि. २. लामा लामा दाँत हुने; दाह्रे।
41894 दन्ते वि. हे. दन्त्य।
41895 दन्तोत्पत्ति ना. गिजाबाट दाँत निस्कने वा उम्रने काम।
41896 दन्तोलूखलिक ना. आफ्नै दाँतले चपाएर मात्र अन्न खाने र ढिकी, जाँतो, कल आदिमा कुटेको वा पिँधेको अन्न नखाने व्रत लिएको साधु।
41897 दन्त्योष्ठ्य ना. १.दाँत र ओठसम्बन्धी।
41898 दन्त्योष्ठ्य ना. २. माथिल्लो दाँत तथा तल्लो ओठको संलग्नताबाट उच्चारण हुने ध्वनि।
41899 दन्त्य वि. १.दाँतसँग सम्बन्धि।
41900 दन्त्य वि. २. जिभ्राको टुप्पो र माथ्लो दाँतको संलग्नताबाट उच्चारण हुने (ध्वनि) ( त, थ, द, ध)।