Dictionary

All Word

42001 दमपच ना. १.कसैबाट लिएको धनमाल, सरसामान फिर्ता नगरी पचाउने काम; लिएको मालताल, पैसा वा जिन्सी दबाउने काम।
42002 दमपच ना. २. भाग्ने काम; चम्पट; सुइँकुच्चा।
42003 दमयन्ती ना. महाभारतमा वर्णित, विदर्भ देशका राजा भीमकी छोरी; राजा नलकी रानी।
42004 दमाईं ना. प्रायः लुगा सिउने र बिहा, व्रतबन्ध बाजा बजाउने पेसा भएको एक जाति; नगर्ची; दर्जी।
42005 दमाईंगेडो ना. बोटमा काँडैकाँडा हुने र हिउँद महिनामा राता राता दाना फल्ने एक रुख; त्यसै बोटमा फल्ने गेडा।
42006 दमाईंचरो ना. जिउ फिक्का पहेँलो तर ढाडमा कालो मिसिएको, पुच्छर ठाडो पारेर फुरुकफुरुक नाच्ने र पातपतिङ्गर सिएर गुँड बनाउने, भँगेरोजत्रो एक जातको चरो।
42007 दमार ना. १.खोलाका किनारको वा औलो लाग्ने जङ्गलका बिचको खोँच; औलिया ठाउँ।
42008 दमार ना. २. झारैझार भएको झाडी वा ठाउँ।
42009 दमाहा ना. पिँधतिर सानो र मुखतिर ठुलो हुँदै आएको, भिउँट जस्तै आकारको, तामाको भाँडोलाई छालाले मोहोरिएको, गजाले हानेर बजाइने एक बाजा; सानो खालको नगरा।
42010 दमाहा ना. दमना फूलका जस्तै फूल फुल्ने, पहाडी भेगमा हुने एक जातको बोट; सोही बोटको फूल; दमौरो।
42011 दमाहागेडी ना. बोटधयेँराको जस्तो पात र अमिलो गेडा हुने, स्याउलाको काम लिइने एक बोट।
42012 दमिनी / दमेना ना. १.दमाईं जातकी स्त्री; दमाईं नारी।
42013 दमिनी / दमेना ना. २. दमाईंकी पत्नी; दमेना।
42014 दमौरो ना. पहाडतिर पाइने पाकेपछि कालो रङको हुने, गुलियो स्वादको, दमाहा वृक्षको फल।
42015 दम्कनु अ.क्रि. १.नदेखिने गरी लुके झैँ गर्नु; छिप्न खोज्नु; दब्नु; लुक्नु।
42016 दम्कनु अ.क्रि. २. अलिअलि गरी पछि हट्नु; हच्कनु; दच्कनु।
42017 दम्काइ ना. दम्कने तथा दम्काउने भाव, क्रिया वा प्रक्रिया।
42018 दम्काइनु क.क्रि. दम्कने पारिनु।
42019 दम्काउनु स.क्रि. / प्रे.क्रि. १.दप्काउनु; हच्काउनु।
42020 दम्काउनु स.क्रि. / प्रे.क्रि. २. लुकाउनु; छिपाउनु; दबाउनु।
42021 दम्कन्ने ना. उनिउँका जस्तै पात हुने, मसिनो कालो डाँठ भएको, पातका पछाडि सेतो धुलो हुने एक जातको झार; एक प्रकारको उनिउँ।
42022 दम्किनु अ.क्रि. १.दप्किनु।
42023 दम्किनु अ.क्रि. २. दम्कनु।
42024 दम्किलो वि. दम्कने खालको; दम्कने स्वभाव भएको; लुक्ने; छिप्ने।
42025 दम्को ना. १.हिँड्दा पदचापबाट आउने आवाज;पैतालाको शब्द।
42026 दम्को ना. २. हिँडाइमा कुर्कुच्चो बज्रिँदा भित्र चस्कने एक रोग।
42027 दम्को ना. ३. हुप; झस्को।
42028 दम्क्याइ ना. दम्को आउने भाव, अवस्था वा प्रक्रिया; दम्काइ।
42029 दम्पती ना. विधिविधानअनुसार औपचारिक रूपमा परिणत भएका लोग्नेस्वानीको जोडी; जोईपोइ; पतिपत्नी।
42030 दम्भ ना. १.बोक्रे खालको अभिमान; झुटो घमन्ड; आडम्बर; देखावटी स्वाङ।
42031 दम्भ ना. २. जालझेल; छल; कपट।
42032 दम्भ ना. ३. इन्द्रको वज्र।
42033 दम्भक वि. दम्भी।
42034 दम्भन ना. अभिमान गर्ने काम; सेखी गराइ; घमन्ड।
42035 दम्भी वि. दम्भ गर्ने, झुटो अभिमान गर्ने, व्यर्थको स्वाङपारा;घमन्डी।
42036 दम्भोलि ना. १.इन्द्रको अस्त्र; वज्र।
42037 दम्भोलि ना. २. हीरा।
42038 दम्य वि. दमन गर्न सकिने; दमन गर्नुपर्ने; दमन गर्न योग्य; दमन गर्न लायक; दमनीय।
42039 दम्सी ना. हे. दुम्सी।
42040 दम्स्याइलो वि. अलिअलि भिरालो परेको; समतल नभई ओरालो परेको; तेर्पे; करालो।
42041 दयनीय वि. १.दया गर्नुपर्ने अवस्थाको; दया गर्न लायकको।
42042 दयनीय वि. २. दीनहीन; दुःखी।
42043 दयाँलो ना. धुर्सुलका जस्तै आकारका दाँतीदाँती परेका फुस्रा खस्रा पात हुने, गुहेँलाका दाना फल्ने, पाक्दा सेतो हुने, एक जातको बोट,सोही बोटको फल।
42044 दया ना. १.अर्कामा आइपरेका दुःख, पीड़ा आदिलाई अनुभव गरेर संवेदशील हुने तथा उसप्रति उद्धार र सहयोग गर्ने मनोभाव वा वृत्ति।
42045 दया ना. २. आफन्त वा आफूभन्दा निर्धा व्यक्तिप्रति गरिने उक्त प्रकारको कमलो व्यवहार; मेहरबानी।
42046 दया ना. ३. दक्षप्रजापतिकी कन्या र धर्मकी पत्नीको नाम।
42047 दयादान ना. १.दयार्द्र भएर दिइने दान; भिक्षा; भिख।
42048 दयादान ना. २. दया;कृपा।
42049 दयादृष्टि ना. दयाले पूर्ण भएको हेराइ; कृपापूर्ण व्यवहार।
42050 दयाधर्म ना. १.दया र सहानुभूति भरिएको धर्म; धर्मकर्म; धार्मिक कृत्य।