Dictionary

All Word

42101 दरदर क्रि.वि. ना. २. त्यसरी पानी बर्संदाको आवाज वा ध्वनि।
42102 दरदराइ ना. दरदर भई दर्कने वा दरदराउने क्रियाप्रक्रिया।
42103 दरदराउँदो वि. दरदर भएको; दर्केर बर्सेको।
42104 दरदराउनु अ.क्रि. दरदर हुनु; दर्केर बर्सनु।
42105 दरदाम ना. १.क्रयविक्रय गरिने वस्तुको किटानी मूल्य;दरभाउ; मोलतोल।
42106 दरदाम ना. २. खर्च भएका रकमकलमको फाँट;व्ययविवरण।
42107 दरदेली वि. आर्येली अर्थात् भारत - इरानेली भाषिक शाखाको केन्द्रीय उपशाखा।
42108 दरपिठ ना. १.अड्डाअदालतमा दर्न लगिएका फिराद, उजुरी वा प्रमाणका निम्ति पेस गरिने कागतपत्र कानुनमा नलाग्ने, रीत नपुगेको वा सो अड्डा, अदालतको अधिकार क्षेत्रमा नपर्ने भनी सम्बन्धित अधिकारीले उक्त बेहोरामध्ये कुनै वा सबै खोलेर कागतको पीठमा लेखिदिने मन्तव्य वा तोक।
42109 दरपिठ ना. २. घरसारमा भएका लेनदेनका कागतमा साँवामध्ये केही मात्र बुझाउँदा वा व्याज बुझाउँदा पहिले भएको लिखत वा तमसुकको पीठमा उक्त बेहोरा खोली लेखेर असामीको सहीछाप गर्नेगराउने काम।
42110 दरफर क्रि.वि. १.लड्नाले वा अन्य कुनै कारणले शरीरको अङ्ग कोतरिएर;कोपरिने वा कोरिने गरी; दरखर।
42111 दरफर क्रि.वि. २. पाछिने वा खुइलिने चालसँग।
42112 दरफरिनु अ.क्रि. १.दरफर हुनु; कोतरिनु; कोरिनु; कोपरिनु।
42113 दरफरिनु अ.क्रि. २. पाछिनु; खुइलिनु।
42114 दरफऱ्याइ ना. दरफरिने वा दरफऱ्याउने क्रियाप्रक्रिया।
42115 दरफऱ्याइनु क.क्रि. दरफर पारिनु; कोपरिनु; कोरिनु; कोतरिनु।
42116 दरफऱ्याउनु स.क्रि. दरखऱ्याउनु;तछार्नु; पाछ्नु।
42117 दरबन्दी ना. सरकारी वा गैरसरकारी कार्यालयको सञ्चालनका लागि निश्चित तलब खाने गरी तोकिएको पद; आवश्यक पर्ने कर्मचारीका सङ्ख्याको निर्धारण।
42118 दरबन्दी सिर्जना ना. कार्यालयमा काम बढी पर्नाले कर्मचारी थप गर्नुपरेमा विधिवत् पद सिर्जना गर्ने काम; नयाँ पदको थपाइ।
42119 दरबाजा ना. घर, मन्दिर आदिको मुख्य दैलो; द्वार,ढोका।
42120 दरबान ना. घर, कम्पाउन्ड, गोदाम आदिको सुरक्षाका निम्ति ढोकामा तैनाथ भएर बस्ने रुँगालो; द्वारपाल; ढोके।
42121 दरबानी ना. दरबानले गर्ने काम वा तत्सम्बन्धी पेसा।
42122 दरबार ना. १.राजामहाराजाहरूको महल; राजप्रासाद;राजभवन; राजदरबार।
42123 दरबार ना. २. भव्य महल; भवन।
42124 दरबार ना. ३. राजा र अन्य भारदारहरूसहितको ठुलो सभा; राजसभा।
42125 दरबारिया वि. १.दरबारका काम र व्यवहारको सञ्चालन गर्ने; दरबारभित्रको काम गर्ने।
42126 दरबारिया वि. २. दरबारसँग सम्बन्धित; दरबारको; दरबारी।
42127 दरबारिया वि. ३. चालढाल, रूपरङ्ग आदि दरबारकै जस्तो; दरबारसँग मिल्दोजुल्दो।
42128 दरबारी वि. दरबारसँग सम्बन्धित; दरबारिया।
42129 दरभाउ ना. किनबेच गरिने वस्तुको किटानी मोलतोल;दररेट; भाउ; दर।
42130 दरमाहा ना. १९५२ सालमा हुलाकका बारेमा सनद भएको महिनावारी तलब; तोकिएका मान्छेले पाउने मासिक वेतन।
42131 दरमाहादार ना. दरमाह पाउने मानिस; जागिरदार।
42132 दररेट ना. दरभाउ।
42133 दरसाबिक ना. परम्परादेखि नै चल्दै आएको रीतिथिति; साबिकभन्दा पनि पहिलेको कुरा।
42134 दरसुको वि. भर्खरभर्खर सुक्न लागेको; अलिअलि मात्र सुकेको; अखिएको।
42135 दरा ना. जिल्लाको सानो एकाइ वा खण्ड; गाउँहरूको समूह।
42136 दराइ ना. दर्ने भाव, क्रिया वा प्रक्रिया।
42137 दराइनु क.क्रि. दर्न लाइनु; दर्ता गराइनु।
42138 दराउनु प्रे.क्रि. दर्न लाउनु; दर्ता गराउनु।
42139 दराज ना. तीन पाटा बन्द भएको, एक पाटामा खोल्ने र बन्द गर्ने खापा भएको, भित्रपट्टि मालसामान राख्ने, तलैतला परेको,खण्डेदार वा तखतावाल साधन; आलमारी।
42140 दरान ना. लगत किताबमा चढाउने वा दर्ने काम।
42141 दरान तिरान ना. लगत; स्रेस्ता आदिमा चढाउने र तिरो तिर्ने काम वा व्यवस्था (जग्गाजमिनको)।
42142 दरार ना. १.भित्तो, जमिन, काठ आदि चर्केको वा चिरिएर प्वाल परेको ठाउँ; धसान; चिरा।
42143 दरार ना. २. धरातल भासिएर बनेको छिद्र।
42144 दराल ना. एक जातको कपडाको नाम।
42145 दरिद्र ना. निर्धन; कङ्गाल; गरिब।
42146 दरिद्रता ना. दरिद्र हुनाको भाव वा अवस्था; निर्धनता; गरिबी।
42147 दरिद्र नारायण ना. १.दरिद्र वा भिखारीका रूपमा रहने वा मानिने नारायण; भिक्षुकरूपका ईश्वर।
42148 दरिद्र नारायण ना. वि. २. दरिद्र; निर्धन; हरितन्नम।
42149 दरिद्री वि. दरिद्रता भएको; दरिद्र।
42150 दरिद्र्याइँ ना. दरिद्र कहलाउने अवस्था वा भाव; दरिद्रता; गरिबी।