Dictionary

All Word

42201 दर्पित वि. दर्प भएको; सेखी गर्ने; अहङ्कारी; घमन्डी; दर्पी।
42202 दर्पी वि. दर्पले भरिएको; अहङ्कारी; सेखीवाल।
42203 दर्फरिनु अ.क्रि. दरफर हुनु; कोरिनु; तछारिनु; पाछिनु।
42204 दर्फरे वि. दर्फर पार्ने खालको; दर्फऱ्याउने।
42205 दर्फऱ्याइ ना. दरफऱ्याइ।
42206 दर्फऱ्याइनु क.क्रि. दरफऱ्याइनु।
42207 दर्फऱ्याउनु स.क्रि. दरफऱ्याउनु।
42208 दर्बर/दर्बार ना. पहाडपर्वत भेगमा विवाह आदिमा दुलही ल्याउँदा चल्तीमा ल्याइने, डाँडीको काठमा झुन्ड्याइने कपडाको डोली; मान्छे बस्ने खालको कपडाको झोलुङ्गो।
42209 दर्बिलो वि. १.टिकाउ हुने खालको; दरिलो; दह्रो; दरो।
42210 दर्बिलो वि. २. मजबुत; बलियो।
42211 दर्भ ना. कुश।
42212 दर्भ संस्तर ना. कुशको आसनी; कुशासन।
42213 दर्माली ना. लगभग चार हजार फुटभन्दा अग्लो जग्गामा फल्ने धानको एक जा।
42214 दर्माहा ना. प्रतिमहिना पाउने तलब; मासिक वेतन;तनखा।
42215 दऱ्याइ ना. दरिने क्रिया वा प्रक्रिया; दह्र्याइ।
42216 दऱ्याइनु क.क्रि. दरिन लाइनु; दह्र्याइनु।
42217 दऱ्याउनु प्रे. क्रि. दरिन लाउनु; दह्र्याउनु।
42218 दर्रा ना. १.जिल्लाको एक सानो विभाग; दरा।
42219 दर्रा ना. २. दुवैतिर अग्ला पहाड भई बिचमा गह्रो र खोल्सोजस्तो परेको साँघुरो बाटो।
42220 दर्वट ना. १.सुरक्षाका निम्ति गाउँको चौकीमा बस्ने प्रहरी।
42221 दर्वट ना. २. दरबान; ढोके।
42222 दर्श ना. १.अवलोकन; दर्शन।
42223 दर्श ना. २. दृश्य।
42224 दर्श ना. ३. अमावस्या; औँसी।
42225 दर्श ना. ४. औँसीका दिन अग्निहोत्रीहरूद्वारा गरिने यज्ञकार्य।
42226 दर्शक वि. १.दर्शन गर्ने; देख्ने; हेर्ने।
42227 दर्शक वि. २. निरीक्षण गर्ने;निरीक्षक;द्रष्टा।
42228 दर्शक वि. ३. कुनै खेल, तमासा, चटक आदि हेर्ने; तमासे;रमिते।
42229 दर्शन ना. १.कुनै पनि वस्तुलाई हेर्ने काम; नजरगराइ; हेराइ।
42230 दर्शन ना. २. कुनै देवदेवीका प्रतिमा आदि वा योगी, महात्मा, सज्जन आदि आफ्ना मान्य जनलाई भक्तिपूर्वक गरिने ढोग र साक्षात्कार;नमस्कार।
42231 दर्शन ना. ३. प्रकृति, ईश्वर, ज्ञान, विज्ञान, वस्तु, जीवन र चेतनाबारेको विवेचन र विश्लेषण गरिने विद्या; तत्सम्बन्धी विषयमा व्यापक रूपले यथार्थ परिचय दिने शास्त्र; आध्यात्मिक तथा भौतिक वस्तुको चिन्तन वा विश्लेषण।
42232 दर्शनढुङ्गो ना. हे. दर्सिनढुङ्गो।
42233 दर्शनभेट ना. १.राजामहाराजाहरूसँग गरिने भेटघाट।
42234 दर्शनभेट ना. २. मान्य जनसँगको भेटघाट।
42235 दर्शनभेटी ना. दर्शन गर्दा राखिने भेटी; दर्शनी।
42236 दर्शनभ्रमण ना. खास उद्देश्यले प्रेरित भएर कुनै पनि ऐतिहासिक, सांस्कृतिक आदि स्थलको पर्यवेक्षणार्थ गरिने भ्रमण।
42237 दर्शनशास्त्र ना. ज्ञान र विज्ञानको अथवा अध्यात्म र भौतिक पक्षपक्षान्तरको व्याख्या र विवेचना गरिने शास्त्र; जीवन र प्रकृतिका आन्तरिक तथा बाह्य तत्त्वहरूका बारेमा चिन्तन र अध्ययन गरिएको शास्त्र।
42238 दर्शनावरणीय वि. १.दार्शनिक तत्त्वका बुँदाहरूले ढाकेको।
42239 दर्शनावरणीय वि. २. छर्लङ्ङ देख्न नहुने; देख्नबाट जोगाइराख्नपर्ने।
42240 दर्शनी ना. ठुलाबडालाई दर्शन गर्दा राखिने भेटी; दर्शनभेटी; दाम।
42241 दर्शनीय वि. १.हेर्न लायक; हेर्नुपर्ने; हेर्दा मनलाई लोभ्याउने।
42242 दर्शनीय वि. २. राम्रो;सुन्दर।
42243 दर्शयिता वि. दर्शन गराउने; देखाउने।
42244 दर्शश्राद्ध ना. औँसीका दिन गरिने पितृकार्य; अमावस्याका दिनको श्राद्ध।
42245 दर्शित वि. १.प्रकाशमा ल्याउने हेतुले देखाइएको; दर्साइएको।
42246 दर्शित वि. २. प्रकट गरिएको;प्रदर्शनमा ल्याइएको; प्रदर्शि।
42247 दर्शी वि. १.कुनै विषय, वस्तु वा तत्त्वलाई देख्ने वा हेर्ने।
42248 दर्शी वि. २. देखाउने।
42249 दर्सनी ना. पानपाते आकारका ठुलठुला चिल्ला पात हुने र औषधीमा काम लाग्ने एक बुटी; सुदर्शना।
42250 दर्साइ ना. दर्साउने भाव, क्रिया वा प्रक्रिया।