Dictionary

All Word

42351 दशनामी ना. वि. २. दशनाममध्येको; दशनामसम्बन्धी।
42352 दशनावली ना. हार मिलेका दाँतको पङ्क्ति; दाँतको लहर;दन्तपङ्क्ति।
42353 दशपोट ना. पासाका खेलमा दुई पासामा पाँच पाँच र एक पासामा पोट मात्र पर्दा हुने एक दाउ; पासाका खेलको एघार सङ्ख्याको एक दाउ।
42354 दशपोल ना. नापोको प्रणालीमा एक धार्नीको आधा भागमध्ये साढे चार भागलाई बुझाउने परिमाणवाचक शब्द।
42355 दशभूमि ना. १.बौद्ध धर्मको महायान सम्प्रदायका अनुसार मुदिता वा प्रमुदिता, विमला, प्रभाकरी, अर्चिष्मती, सुदुर्जया, अभिमुक्ति वा अभिमुखी, दूरङ्गमा, अचला, साधुमती र धर्ममेधानामक ध्यानका दश अवस्था।
42356 दशभूमि ना. २. चैत्यको शिरोभागभन्दा तल र गर्भभन्दा माथि रहने भाग।
42357 दशम वि. गन्तीमा दसौँ स्थानमा परेको; दसौँ।
42358 दशमलव करण ना. गणितमा कुनै एकाइभन्दा कम मान सूचित गर्ने अंशलाई दशमलवको रूप दिने काम।
42359 दशमलव ना. १.कुनै एकाइको दसौँ, सयौँ आदिका बिचको कुनै अंश सूचित गर्नाका निम्ति त्यसको पहिले लगाइने कुनै गणितीय बिन्दु ( . ६ = ६ / १० भाग, .०६ = ६/१०० भाग इ.)।
42360 दशमलव ना. २. सो चिह्न लगाएर सूचित गरिने सङ्ख्या।
42361 दशमलव ना. ३. दश वा दशले विभाजित हुने हर भएको भिन्न।
42362 दशमहाविद्या ना. तन्त्रशास्त्रमा उल्लिखित दश देवी; तन्त्रसाधना गर्दा आराधना गरिने दशवटी देवी (काली, तारा, षोडशी, भुवनेश्वरी, भैरवी, छिन्नमस्ता, धूमावती, बगलामुखी,मातङ्गी र कमलात्मिका।
42363 दशमांश ना. कुनै वस्तुमा दश समान भागमध्ये कुनै एक भाग; दसौँ भाग वा हिस्सा।
42364 दशमासा ना. दाँत खिइन लागेको अवस्था।
42365 दशमिक प्रणाली ना. १.नाप, तौल, मान आदि स्थिर गराउने गणितीय प्रणाली वा प्रचलन (डेसिमल सिस्टम )।
42366 दशमिक प्रणाली ना. ( यसको मान आफ्नो निकटस्थ ठुलो मानको दसौँ भाग र नजिकको सानो सङ्ख्याको दश गुना हुन्छ। यदि दश पैसालाई एक ढ्याक र दश ढ्याकलाई एक रुपियाँ मानेमा त्यो दशमिक प्रणाली हुन्छ। ) २. दशले गुन्दा र भाग गर्दा पूरै खलो उठ्ने सङ्ख्यालाई एक एकाइ मान्ने चलन।
42367 दशमिक वि. १.दशमलव अर्थात् दशमांशसित सम्बन्ध भएको।
42368 दशमिक वि. २. दशले भाग लाग्ने वस्तु वा क्रियासित सम्बन्ध भएको।
42369 दशमी ना. १.चान्द्रमासको प्रत्येक पक्षको दसौँ तिथि।
42370 दशमी ना. २. विजयादशमी।
42371 दशमी ना. ३. धर्मशास्त्रअनुसार मानिसको दसौँ वा अन्तिम अवस्था; मरण; मृत्यु।
42372 दशमी ना. ४. मुक्ति; मोक्ष।
42373 दशमुख ना. रावण।
42374 दशरथ ना. अयोध्याका एक प्रसिद्ध सूर्यवंशी राजा; राम, लक्ष्मण, भरत र शत्रुघ्नका पिता।
42375 दशरूपक ना. १.नाटकलाई दश भेदमा वर्गीकरण गरी तिनको लक्षणसमेत बताइएको, संस्कृत साहित्यमा चर्चित, धनञ्जयकृत,काव्यशास्त्र।
42376 दशरूपक ना. २. रूपकका दश भेद (नाटक, प्रकरण, भाग,व्यायोग,समवकार, डिम, ईहामृग, अङ्क, वीथि र प्रहसन )।
42377 दशहरा ना. १.दश प्रकारका पाप नाश हुने भनी गङ्गा स्नान गरिने ज्येष्ठ शुक्ल दशमीको दिन; गङ्गा दशहरा; ज्येष्ठ शुक्ल दशमी।
42378 दशहरा ना. २. गङ्गा नदीको पूजाआराधना गरिने उत्सव।
42379 दशा ना. १.अवस्था; हालत; परिस्थिति।
42380 दशा ना. २. ज्योतिषशास्त्रअनुसार नवग्रह र योगिनीले भोग गर्ने समय; नवग्रह र योगिनीको भोगवर्ष।
42381 दशा ना. ३. विपत्तिको समय; खराब दिन; अनिष्ट फलदायक ग्रहको समय; नराम्रो फल; दुर्दिन।
42382 दशा ना. ४. पूर्वरागका दशवटा दशा (अभिलाषा,चिन्ता, स्मरण, गुणकथन, उद्वेग, प्रलाप, उन्माद, व्याधि, जडता र मरण)।
42383 दशा ना. ५. विप्रलम्भ शृङ्गारका दश कामदशा (असौष्ठव, ताप, पाण्डुता, दुर्बलता, धैर्यको अभाव, अनालम्बनता, तन्मयता, उन्माद, अरुचि र मूर्च्छा।)।
42384 दशाङ्ग ना. मह, ठुलो खालको मोथे, घिउ, चन्दन, गोकुलधूप, अगरु, शिलाजित, सखर, शालधूप र पहेँलो सर्स्युँ गरी दश प्रकारका सुगन्धित द्रव्य मिलाएर बनेको धूप।
42385 दशानन ना. दशमुख; रावण।
42386 दशाब्द ना. दश वर्षको समूह; दशक।
42387 दशावतार ना. विष्णुका दश अवतार (मत्स्य, कूर्म, वराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्कि )।
42388 दशाह ना. १.दश दिनको अवधि; दश दिन।
42389 दशाह ना. २. मृतकका उद्धारको उद्देश्यले मृत्युको दसौँ दिनमा गरिने संस्कार कार्य।
42390 दशाह ना. ३. मृतसूतकको दसौँ दिन।
42391 दशाहा/दसाहा ना. १.मरेका दिनदेखि दसौँ दिनसम्म जुठो बार्नुपर्ने नातेदार व्यक्ति; जुठो सूतक लाग्ने बन्धुवर्ग।
42392 दशाहा/दसाहा ना. वि. २. दश दिनसम्म जुठो लाग्ने (दाजुभाइ);दशदिने।
42393 दस ना./वि. हे. दश।
42394 दसाङ वि. अङ्कको पहाडा वा दुनोट अध्ययन गर्दा दसौँ दोबरलाई बुझाउने; दश दोबरको (पाँच दसाङ पचास, दश दसाङ सय इ.)।
42395 दसी ना. १.अपराधीबाट बरामद भएको चोरीका वा यस्तै कुनै अपराधका मालसामान; सबुद प्रमाणका लागि ग्राह्य वस्तु।
42396 दसी ना. २. सबुद; प्रमाण।
42397 दसी ना. ३. साक्षी; गवाह।
42398 दसी ना. ४. चिह्न; निसान।
42399 दसैँ गीत ना. बडादसैँको पर्वमा गाइने एक गीत; मालसिरी; मालश्री।
42400 दसैँ ना. १.आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व वा उत्सव।