Dictionary

All Word

42451 दहीबारा ना. दहीमा डुबाइएको मुग आदिको नुनिलो बारा।
42452 दहेँरे वि. दहेँरासम्बन्धी; दहेँराको।
42453 दहेँरो ना. दाइँ गर्दा पराल छिरल्ने र बिटा आदि पार्ने काम गर्ने खेतालो;दाइँको लाठे खेतालो;दयेँरो।
42454 दह्य वि. पोल्न योग्य; जलाउन सकिने;बाल्न सकिने।
42455 दह्रिनु अ.क्रि. १.दह्रो हुनु; दरिनु।
42456 दह्रिनु अ.क्रि. २. जरखरिनु;छिप्पिनु।
42457 दह्रिनु अ.क्रि. ३. आफ्नो विचार र बोलीमा अटल हुनु; दृढ रहनु।
42458 दह्रिनु अ.क्रि. ४. कुनै स्थान, श्रेणी, पद आदिमा रहने गरी तोकिनु; किटान गरिनु।
42459 दह्रिलो वि. दह्रो; दरिलो; दर्बिलो।
42460 दह्रो वि. १.कुनै धक्का वा चोटपटकबाट नढल्ने,नलकपकाउने; बलियो; मजबुत;दर्बिलो।
42461 दह्रो वि. २. आँट भएको;आँटिलो।
42462 दह्रो वि. ३. आफ्नो लक्ष्य वा सिद्धान्तमा विचलित नहुने; नडग्ने।
42463 दह्रो वि. स्त्री. दह्री।
42464 दह्रोखरो बोलीवचनको पक्का।
42465 दह्र्याइ ना. दह्रिने क्रिया वा प्रक्रिया।
42466 दह्र्याइ ना. [दह्रयाउ+आइ] ना. दह्र्याउने क्रियाप्रक्रिया।
42467 दह्र्याइनु क.क्रि. दह्रो पारिनु।
42468 दह्र्याउनु स.क्रि. दह्रो पार्नु; दर्बिलो तुल्याउनु; अडिग बनाउनु।
42469 दा वि. दिने ( शब्दका पछाडि गाँसिएर प्रत्ययधर्मी शब्दका रूपमा प्रयुक्त, जस्तै-पुत्रदा, धनदा, ज्ञानदा इ.)।
42470 दाँज्नु स.क्रि. १.कुनै वस्तुलाई रूप, गुण, स्वभाव आदिका आधारमा अर्को वस्तुसँग तुलना गर्नु; बराबरीका दृष्टिले हेर्नु, बुझ्नु वा जाँच्नु।
42471 दाँज्नु स.क्रि. २. उपमा दिनु; दृष्टान्त दिनु।
42472 दाँज ना. १.दाँज्ने काम; तुलना; दाँजो; दँजाइ।
42473 दाँज ना. २. बराबरी, समानता।
42474 दाँजिनु क.क्रि. दाँज्ने काम गरिनु; एकै ठाउँमा राखेर भिडाइनु।
42475 दाँजो ना. १.दाँजेर हेर्ने काम; तुलना;दँजाइ।
42476 दाँजो ना. २. बराबरी; समता;समानता।
42477 दाँत ना. १.मेरुदण्ड हुने धेरैजसो प्राणीहरूको मुखभित्र तल र माथि अर्धचन्द्राकार पङ्क्तिमा उम्रने र टोक्ने, चपाउने, खाने आदि काम लिइने फग्ल्याँटा आकारका बत्तिसवटासम्म हुने ससाना हाड जस्तै सेता अवयव।
42478 दाँत ना. २. खाने, चपाउने आदि कामबाहेक केही वर्णको उच्चारणमा समेत सहायता गर्ने गिजामा उम्रिएका सोही हाडका अवयव।
42479 दाँत ना. ३. अन्न पिँध्नका निम्ति घट्ट, जाँतो आदिका ढुङ्गामा मसिनो पारेर कपिएको भाग वा तिखो टुँडो।
42480 दाँत ना. ४. हतियार आदिको धार।
42481 दाँती ना. १.रेती, करौँती, कलपुर्जा आदिका छेउमा काटेर निकालिएका दाँतजस्ता पङ्क्ति वा लहर।
42482 दाँती ना. २. घरको छानाको बलेँसी तरिने छेउ; छानाको छेउ।
42483 दाँती ना. ३. खोपी खेल्दा पैसा वा ढ्याक बच्चने ठाउँका प्वालको छेउ।
42484 दाँतीदार वि. दाँती भएको।
42485 दाँतीहार ना. घरको पाली वा धुरी छाउँदा छानाको छेउमा हालिने गारोभन्दा बाहिरपट्टि निस्किएको छानाको पुछार लङ।
42486 दाँते वि. १.लामा वा ठुला दाँत भएको; दाह्रो पलाएको;दाह्ने।
42487 दाँते वि. २. झारहरू उखेल्ने वा गोडमेल गर्ने काम गरिने लामा-लामा दाँत भएको औजार।
42488 दाँते वि. वि. ३. दाँतसम्बन्धी; दाँतमा भएको;दाँतजस्तो; दाँतको।
42489 दाँतेओखर ना. विशेषत हिमाली भागमा हुने, पातलो र दाँतले फोर्न सकिने कमलो बोक्रा हुने र धेरै गुदी भएको एक जातको ओखर।
42490 दाँतेकिरो ना. दाँतका फेदमा छिद्र पारी दाँत बेकम्मा पार्ने रोगको कीटाणु; दाँतमा लाग्ने किरो।
42491 दाँतेगुहु ना. दाँतमा जम्ने मयल; दन्।
42492 दाँतेघर ना. गिजा; दनासो।
42493 दाँतेफुली ना. दाँतमा प्वाल पारेर वा त्यसै जडेर लगाइने फुली; दाँतका बिचमा प्वाल पारी जडिने सुन, चाँदी आदिका साना टीका।
42494 दाँतेबह ना. साह्रै चर्को पिर।
42495 दाँदे ना. १.रोपाइँ गर्नुभन्दा पहिले गरामा हिलो माटो सम्याउन गोरुका पछाडि हलो जस्तै गरी लगाइने काठको चेप्टो, लामो उपकरण वा साधन।
42496 दाँदे ना. २. धानका बिउको माटो पन्छाउने डल्याँठोजस्तो काँटादार साधन।
42497 दाँवल ना. बराबर उमेरका व्यक्ति; दौँतर; जोडा; दाम।
42498 दाँवली ना. डोरीबाट तयार गरिएको, चरा समातिने काममा प्रयोग गरिने पासो।
42499 दाइँ ना. १.खलामा मियोका वरिपरि गोरु घुमाई धान आदि अनाजका बोटहरू कुल्चाई रहलपहल अनाज झार्ने काम।
42500 दाइँ ना. २. कुल्चिमिल्ची; माडमुड।