Dictionary

All Word

42551 दाग्नु स.क्रि. १.लोभी आँखाले हेर्नु; आँखा गाड्नु; चाहना गर्नु।
42552 दाग्नु स.क्रि. २. निसाना लगाउनु; तारो हान्नु; लक्ष्य गर्नु।
42553 दाग्नु स.क्रि. ३. ताकेर हेर्नु; ठम्याउनु।
42554 दाग्नु स.क्रि. १.बन्दुक, तोप आदि पड्काउनु।
42555 दाग्नु स.क्रि. २. आगो लाउनु; आगो सल्काउनु।
42556 दाग ना. १.कुनै वस्तुमा केही लागेर परेको चिह्न; टाटो;धब्बा।
42557 दाग ना. २. कसैको चरित्रमा लागेको कलङ्क; दोष;अभियोग; लाञ्छना।
42558 दाग ना. ३. पोलेको ठाउँमा बसेको घाउ आदिको ख।
42559 दाग ना. ४. सुन आदि जाँच्न कसीमा घोटेर लगाइएको रेखा।
42560 दाग ना. १.डढाउने वा पोल्ने काम; दाह गर्ने काम;जलाउने काम।
42561 दाग ना. २. मृतकलाई जलाउँदा विधिपूर्वक सर्वप्रथम मुखमा लगाइने आगो।
42562 दागबत्ती ना. दाहसंस्कारका निम्ति छोरा वा नजिकका नातेदारले शवका मुखमा सल्काएर राख्ने बत्ती; दाग दिने बत्ती।
42563 दागा ना. प्रतिशोधका भावनाले मनमा गडेको रिस; इबी;दगा।
42564 दागादाग ना. रिसको रन्काले एकले अर्कालाई खतम पार्न खोज्ने काम; परस्परको रिसइबी।
42565 दागा धर्नु टु. प्रतिशोधका कारण कसैलाई नोक्सानको अनिष्टसहित चुनौती दिनु; विरोधीलाई भविष्यमा कुनै खतरापूर्ण अवस्थामा पुऱ्याउँछु भनी अठोट गर्नु; कसैलाई ईखवश क्षति पुऱ्याउने सङ्कल्प गर्नु।
42566 दागिनु क.क्रि. दाग्ने काम गरिनु।
42567 दागी वि. १.दाग लागेको; दाग देखिने; टाटो भएको।
42568 दागी वि. २. अभियोग लागेको;कलङ्कित; दोषी।
42569 दागी वि. ३. एक किसिमको खोटो।
42570 दाजी ना. दाज्यू।
42571 दाजु ना. १.भाइभाइमा आफूभन्दा पहिले जन्मेको व्यक्ति; दाइ, दाजी।
42572 दाजु ना. २. एकै कोखबाट आफूभन्दा पहिले जन्मेका व्यक्तिको नाता जनाउने शब्द।
42573 दाजुभाइ ना. १.एउटै आमाका छोराहरू; सहोदर दाजुभाइ।
42574 दाजुभाइ ना. २. उमेरका क्रमले जेठोकान्छो; दाजु र भाइ।
42575 दाजुभाइ ना. ३. दशदिने वा तेह्रदिने बन्धुवर्ग।
42576 दाज्यू ना. दाइ; दाजु ( प्रायः आदरार्थीमा )।
42577 दाज्यूभाइ ना. दाजुभाइ।
42578 दाज्यै ना. दाज्यूको आदर बुझाउने शब्द; दाज्यैज्यू।
42579 दाज्यैज्यू ना. दाज्यूको सम्मानवाची शब्द; दाज्यै।
42580 दाडिम/दाडिम्ब ना. अनारको बोट, दारिम।
42581 दातव्य वि. १.अर्कालाई दिन योग्य; दानदक्षिणा गर्न लायक।
42582 दातव्य वि. २. दानसम्बन्धी;दानको।
42583 दातव्य कोष ना. कुनै सङ्घ-संस्थालाई निर्दिष्ट काममा आम्दानी खर्च गर्ने गरी प्रदान गरिएको कोष वा रकम।
42584 दाता वि. १.दिने; दिने स्वभावको (सुखदाता, प्राणदाता, अन्नदाता इ.)।
42585 दाता वि. २. धेरै दान गर्ने; दानशील; दानी।
42586 दाता वि. ३. फुक्का हृदय भएको; उदार।
42587 दाता वि. ना. ४. निकै दानी व्यक्ति।
42588 दाता वि. ५. दान गर्ने, बकसपत्र दिने वा गुठी राख्ने व्यक्ति।
42589 दातापन ना. निकै ठुलो दाता हुनाको अवस्था; दानशीलता।
42590 दातासकार ना. जग्गाजमिनमा बन्धक लिएको मान्छेले तेस्रो मान्छेसँग मूल्य लिई सो बन्धकी बेचेपछि तेस्रो चाहिँले मूल जग्गाधनीलाई सकारेर गरिने कागज।
42591 दातृ वि. दाता; दिने (राष्ट्र आदि) मान्छे।
42592 दातृता/ दातृत्व ना. दाता हुनाको भाव, गुण वा अवस्था;दानशीलता।
42593 दात्री वि . १.दान गर्ने स्वभावकी स्त्री।
42594 दात्री वि . २. दान गर्ने निकाय वा संस्था आदि।
42595 दाद ना. छालामा खस्रो चक्का परेर फैलँदै जाने र चिलाउने सरुवा खालको एक चर्मरोग।
42596 दादनी ना. पछि बुझाउने गरेर पहिलेबाटै लिएको पेस्की।
42597 दादरा ना. शास्त्रीय गानदेखि भिन्न एक किसिमको गीतको लय।
42598 दादा ना. १.कमाराको आदरवाची शब्द।
42599 दादा ना. २. दाजु; दाइ;दाज्यै।
42600 दादागिरी वि. बल र अभिमानका भरमा अरूलाई हप्काउने वा हैकम चलाउने।