Dictionary

All Word

42701 दाम्पत्य ना. १.पति र पत्नीको आपसी सम्बन्ध।
42702 दाम्पत्य ना. २. दम्पतीसम्बन्धी कृत्य।
42703 दाम्पत्य ना. वि. ३. पतिपत्नीसम्बन्धी; दम्पतीको; दम्पती वा पति र पत्नीमा हुने (दाम्पत्य प्रेम, दाम्पत्य सम्बन्ध आदि)।
42704 दाम्भिक वि. दम्भ गर्ने; अहङ्कारले मात्तिएको; घमन्डी;ढोँगी।
42705 दाम्रो वि. १.बीज नपसेको वा गुदी नभएको धान आदि अन्न र सिमी, बोडी आदि कोसे फल )।
42706 दाम्रो वि. २. नउक्सेको (सेल रोटी);डाम्रो; दाप्सो।
42707 दाम्लो ना. बस्तुभाउलाई गलामा बाँध्ने डोरी।
42708 दाय ना. १.अंसियारहरूमा बाँडिने वा भागबन्डा हुने पैतृक सम्पत्ति।
42709 दाय ना. २. चेलीबेटी, भान्जा, भतिजा आदिलाई दिइने दान, बकस, दाइजो आदि सम्पत्ति।
42710 दाय ना. ३. अरूलाई दिइने वा दान गरिने धन; दातव्य।
42711 दायक वि. १.दिने; दाता (सुखदायक, दुःखदायक इ.)।
42712 दायक वि. ना. २. उत्तराधिकारी वा अंश पाउने सन्तान; वंश।
42713 दायकर ना. पैतृक सम्पत्ति भोग्ने उत्तराधिकारीहरूमा लगाइने सम्पत्तिअनुसारको कर।
42714 दायबन्धु ना. अंसियार दाजुभाइ।
42715 दायभाग ना. उत्तराधिकारीहरूमा भागबन्डा लाग्ने सम्पत्तिको अंश।
42716 दायर ना. १.अड्डाअदालतमा मुद्दामामिला हाल्ने काम; कुनै पुर्पच्छे वा कारबाईको थालनी।
42717 दायर ना. वि. २. चलिरहेको; जारी (मुद्दामामिला आदि)।
42718 दायरा ना. कुनै वस्तु वा विषयको परिधि; घेरा; वृत्त; मण्डल; सेरोफेरो।
42719 दायरी ना. अड्डाअदालतमा निर्णय हुने कारबाई चलिरहेको वा मुल्तबीमा रहेको मुद्दामामिला।
42720 दायरी किताब ना. अड्डाअदालतमा परेका मुद्दामामिलाका मिसिलहरूको विवरण खुलाई लेखिने किताब।
42721 दायरी लगत ना. दायरी किताब।
42722 दायाँ वि. १.दाहिने; दाइनु; दक्षिण।
42723 दायाँ वि. २. हुँदो वा मिल्दो; अनुकूल।
42724 दायाँ वि. ना. ३. हित; भलो।
42725 दायाँबायाँ क्रि.वि. १.दायाँ र बायाँ; दाइनु र बाउँ।
42726 दायाँबायाँ क्रि.वि. २. यताउति; अगलबगल।
42727 दायाँबायाँ क्रि.वि. ना. ३. हितअहित; भलोकुभलो।
42728 दायाद ना. कुनै व्यक्तिको मृत्युपछि उसका सम्पत्तिको पहिलो हकदार; उत्तराधिकारी।
42729 दायादा ना. १.सोही सम्पत्तिको पहिलो हकदार स्त्री; उत्तराधिकारिणी।
42730 दायादा ना. २. छोरी; पुत्री; कन्या।
42731 दायाधिकारी ना. उत्तराधिकारी; दायाद।
42732 दायित्व ना. कुनै कामकुरामा जवाफदेही हुनाको अवस्था; जिम्मेदारी; उत्तरदायित्व।
42733 दायित्वबोध ना. आफूमाथि आइपरेको जिम्मेवारीको ज्ञान; उत्तरदायित्वको बोध।
42734 दायित्ववाला ना. दायित्व राख्ने वा दायित्व लिने व्यक्ति।
42735 दायी वि. १.कुनै वस्तु प्रदान गर्ने; दायक;दिने।
42736 दायी वि. २. दायित्व लिने; जिम्मेदार; जवाफदेह।
42737 दार्नु स.क्रि. १.दाह्राले टोक्नु वा फहराउनु।
42738 दार्नु स.क्रि. २. अर्काको धनमा केही लिनु वा खानु; ठग्ने प्रवृत्ति लिएर सताउनु।
42739 दार ना. १.बाक्लो बोक्रा तथा खस्रा लाम्चा पात हुने र काठबाट ठेकी, आरी आदि बनाइने, रातो रङको, एक जातको रुख।
42740 दार ना. २. सोही रुखको काठ।
42741 दार प.स. अन्य मूल शब्दका पछिल्तिर लागेर भएको, सहितको आदि अर्थ बुझाउने प्रत्ययधर्मी शब्द (इमानदार,वजनदार, दानादार इ.)।
42742 दार ना. १.आकारप्रकार; डिलडौल; कद।
42743 दार ना. २. आदत; बानी;ल।
42744 दार ना. १.भासिएर वा चर्किएर बनेको धाँजो; चिरो।
42745 दार ना. २. चिर्ने वा फार्ने काम।
42746 दार ना. ३. पत्नी; भार्या।
42747 दारक ना. १.केटाकेटी; शिशु; बालक।
42748 दारक ना. २. छोरो; पुत्र।
42749 दारक ना. वि. ३. चिरफार गर्ने; फार्ने।
42750 दारकर्म / ग्रहण ना. दार अर्थात् पत्नी ग्रहण; विवाह।