Dictionary

All Word

42851 दाही वि. १.दाह गर्ने गुण भएको; जलाउने।
42852 दाही वि. २. कष्टदायक; पीडा दिने।
42853 दाह्य वि. पोल्न वा जलाउन योग्य; सल्काउन हुने।
42854 दाह्रनु स.क्रि. दाह्राले टोक्नु; दाँतले चिथोर्नु; हे. दार्नु।
42855 दाह्रा ना. १.मुखभित्र लामाछोटा भएर उम्रिएका र नमिलेका दाँ।
42856 दाह्रा ना. २. मत्ता हात्ती, बँदेल आदिका मुखबाहिर निस्केको लामो दाँ।
42857 दाह्री ना. गाला, चिउँडो र अघिल्तिर घाँटीसम्म पलाउने रौँ ;दाढी; दारी।
42858 दाह्रीवाल वि. लामा लामा दाह्री भएको; त्यस्तो दाह्री पालेको वा पाल्ने (व्यक्ति)।
42859 दाह्रे वि. १.लामा लामा, ठुला दाँत हुने; दाह्रा भएको।
42860 दाह्रे वि. २. दाँत उम्रिने सामान्य ठाउँभन्दा कोल्टोतिर दाँत उम्रिएको; दाँत उछिट्टिएको; छ्वाँके।
42861 दाह्ने गौँडो ना. १.डरलाग्दो साँघुरो बाटो वा गौँडो।
42862 दाह्ने गौँडो ना. २. बाघभालुले ढुकेर गाई, बाख्रा दार्ने एकलासको जोखिमयुक्त गौँडो।
42863 दाह्रे मस्ट ना. जुम्लाको धामीझाँक्री।
42864 दाह्रो ना. १.सामान्य ठाउँभन्दा ओल्टाकोल्टातिर पलाएको वा नमिलेको दाँ।
42865 दाह्रो ना. २. हात्ती, बँदेल आदिको मुखबाहिर निस्केको लामो दाँ।
42866 दिनु स.क्रि. १.आफूसँग भएको वा आफ्ना हकको सामान अरूलाई सुम्पनु; बुझाउनु।
42867 दिनु स.क्रि. २. पुनः हक दाबी नरहने हिसाबले दान गर्नु; बकस दिनु।
42868 दिनु स.क्रि. ३. टक्र्याउनु; अर्पण गर्नु।
42869 दिनु स.क्रि. ४. कुनै क्रियाका पछिल्तिर जोडिन आउने सहायक क्रिया (खाइदिनु, भनिदिनु, लिइदिनु इ.)।
42870 दिइनु क.क्रि. दिने काम गरिनु।
42871 दिउँसो क्रि.वि. १.दिनमा; दिउसो।
42872 दिउँसो क्रि.वि. ना. २. रातको उल्टो समय; दिन; दिउसो।
42873 दिउरी ना. सानो खालको ताप्के; सानो दिउरो।
42874 दिउरे वि. आरी वा डेक्चीका आकारको बिटसमेत भएको सानो भाँडो; दिउरो।
42875 दिउल ना. १.दुई दल हुने मास, चना, केराउ आदि दलहन अन्नको फग्ल्याँटो।
42876 दिउल ना. २. त्यस्तो अन्न आदिको उम्रने भाग; विजन; बियाँ।
42877 दिउल ना. ३. नाथ्रो; नाथ्री।
42878 दिउले वि. दिउल भएको।
42879 दिउसेरी ना. दिउसो गरिने रमाइलो; दिउसोको रामरउस।
42880 दिउसेरी जाँत ना. दिउसोको जात्रा।
42881 दिउसो ना. १.बिहान सूर्योदयदेखि बेलुका सूर्यास्तसम्मको अवधि; रातको विपरीत समय;दिन;दिउँसो।
42882 दिउसो ना. क्रि.वि. २. उक्त समयमा;दिनमा।
42883 दिउसो मास क्रि.वि. १.कामकाजका समयमा।
42884 दिउसो मास क्रि.वि. २. कुसमयमा;कुबेलामा।
42885 दिक् ना. वास्तु वा मूर्तिकलामा प्रयोग हुने अङ्गुल वा मात्राको दश गुना बराबरको नाप;सय ताल बराबरको नाप;नाडी, आयुध वा प्रादुर्भाव बराबरको नाप।
42886 दिक वि. १.खिन्न; दिक्क; दिक्दार; हैरान।
42887 दिक वि. २. पिर परेको;विह्वल; चिन्ति।
42888 दिक वि. ना. ३. चिन्ता; सुर्ता; पिर।
42889 दिक्क ना./वि. दिक; खिन्न।
42890 दिक्कत ना. १.दिक्क हुनाको भाव वा अवस्था; हैरानी।
42891 दिक्कत ना. २. साह्रोगाह्रो स्थिति;कठिनाइ; मुस्किल।
42892 दिक्काल ना. पूर्व, पश्चिम, उत्तर, दक्षिण दिशा र भूत, भविष्यत् र वर्तमान आदि दशा;देशकाल।
42893 दिक्कालजयी वि. दसै दिशा, भूत तथा भविष्य र वर्तमानकाललाई जितेको; सर्वत्र र सार्वकालिक रूपमा चर्चित (व्यक्ति वा वस्तु)।
42894 दिक्किनु अ.क्रि. दिक्क हुनु; दिक्दार हुनु; सुर्ताउनु।
42895 दिक्चक्र ना. १.दिशाविदिशाको समुदाय; दिशामण्डल।
42896 दिक्चक्र ना. २. क्षितिज।
42897 दिक्दार वि. १.मानसिक पिर पर्नाले खिन्न भएको; हैरान; दिक्क।
42898 दिक्दार वि. २. चिन्ताले सताएको; पिर परेको।
42899 दिक्दारी ना. दिक्दार हुनाको भाव वा अवस्था; मनमा परेको पिर वा ताप; सन्ताप।
42900 दिक्पति ना. हे. दिक्पाल।