Dictionary

All Word

42901 दिक्पात ना. सूर्यको अक्षांशीय स्थिति।
42902 दिक्पाल ना. पुराणअनुसार दश दिशाका रक्षक देवताहरू क्रमशः पूर्वका इन्द्र, आग्नेयका अग्नि, दक्षिणका यम, नैर्ऋत्यका निर्ऋति, पश्चिमका वरुण, वायव्यका वायु, उत्तरका सोम, ईशानका शिव, आकाशका ब्रह्मा र पातालका अनन्त; दिक्पति।
42903 दिक्शूल ना. फलित ज्योतिषअनुसार शनिवार र सोमवार पूर्व, बृहस्पतिवार दक्षिण, शुक्रवार र आइतबार पश्चिम र मङ्गलवार र बुधवार उत्तर दिशातिर यात्रा आरम्भ गर्न निषेध गरिएको शूलयोग; दिशामा पर्ने शूलयोग; नक्षत्र शूलयोग।
42904 दिक्शूल ना. (यसमा पूर्व ज्येष्ठा, दक्षिण धनिष्ठादि पाँच नक्षत्र, पश्चिम रोहिणी र उत्तर उत्तराफाल्गुनी नक्षत्र भएको बेलामा यात्रा गर्न निषेध गरिएको छ )।
42905 दिक्साधन ना. दिशा पत्ता लगाउने वा दिशाको ज्ञान गराउने यन्त्र वा साधन; कम्पास।
42906 दिगङ्गना ना. दिशास्वरूपकी नायिका; दिक्कन्या।
42907 दिगन्त ना. १.दिशाको छेउछाउ; दिशाको अन्।
42908 दिगन्त ना. २. आकाश र धर्ती भेट भएजस्तो देखिने ठाउँ; क्षितिज।
42909 दिगन्त ना. ३. चार दिशा।
42910 दिगन्त ना. ४. दसैवटा दिशा; दिशाविदिशा।
42911 दिगन्तर ना. १.दुई दिशाका बिचको ठाउँ; दिशान्तर; कोण।
42912 दिगन्तर ना. २. उपदिशा; विदिशा।
42913 दिगमिग ना. खाने कुरामा कुनै फोहोर मैला छ कि भन्ने शङ्काबाट उब्जिने घिन; खान अनकनाउने काम;सिकसिको।
42914 दिगमिगाइ ना. दिगमिग हुने भाव, क्रिया वा प्रक्रिया।
42915 दिगमिगाइनु क.क्रि. दिगमिग मानिनु।
42916 दिगमिगाउनु अ.क्रि. दिगमिग मान्नु; घिनाउनु।
42917 दिगमिगाहट ना. दिगमिग हुने भाव, अवस्था वा क्रियाप्रक्रिया; दिगमिगाइ।
42918 दिगमिगिनु क.क्रि. दिगमिग होइनु।
42919 दिगमिगी ना. दिगमिग; घिन; सिकसिको।
42920 दिगमिग्याइ ना. दिगमिगिने भाव, क्रिया वा प्रक्रिया।
42921 दिगमिग्याहट ना. दिगमिग्याइ।
42922 दिगम्बर वि. १.शरीरमा कुनै वस्त्र नभएको; नाङ्गो; निर्वस्त्र।
42923 दिगम्बर वि. ना. २. शिव; महादेव।
42924 दिगम्बर वि. ४. जैन धर्मावलम्बीहरूको वस्त्र नलगाउने एक सम्प्रदाय।
42925 दिगम्बर वि. ५. लुगाफाटाको संसर्गै नगर्ने जोगी; नागो।
42926 दिगम्बर सम्प्रदाय ना. जैन धर्मावलम्बीहरूका दुई सम्प्रदायमध्ये निर्वस्त्र रहने एक सम्प्रदाय।
42927 दिगम्बरी ना. दुर्गा; देवी; काली।
42928 दिगो वि. १.लामो वा धेरै अवधिसम्म टिक्न सक्ने; टिकाउ; खपाउ।
42929 दिगो वि. ना. २. स्थिरता; निश्चलता।
42930 दिग्गज ना. १.पुराणअनुसार आठ दिशामा रहेर पृथ्वीलाई थाम्ने कल्पित हात्तीहरू (ऐरावत, पुण्डरीक, वामन, कुमुद, अञ्जन, पुष्पदन्त, सार्वभौम र सुप्रतीक)।
42931 दिग्गज ना. वि. २ सारै ठुलो; घागडान; महान् प्रभावशाली; विद्वान्।
42932 दिग्दर्शक वि. १.दिशा देखाउने; दिक्दर्शन गर्ने वा गराउने।
42933 दिग्दर्शक वि. २. आधारभूत ज्ञान दिने; मार्ग प्रदर्शन गर्ने।
42934 दिग्दर्शक यन्त्र ना. समुद्रको यात्रा गर्दा वा हवाईयात्रा गर्दा दिशाको सङ्केत गर्ने जहाज, हवाईजहाजमा राखिने यन्त्र; कम्पास।
42935 दिग्दर्शन ना. १.दिशाको बोध गराउने वा दिशातिर देखाउने काम।
42936 दिग्दर्शन ना. २. मार्ग प्रदर्शन;बाटो देखाउने काम।
42937 दिग्दर्शन ना. ३. उदाहरणका निम्ति प्रस्तुत गरिने वस्तु; दृष्टान्त; नमुना।
42938 दिग्दर्शन ना. ४. सामान्य ज्ञान वा परिचय; साधारण जानकारी।
42939 दिग्दार वि. दिक्क; खिन्न; दिक्दार।
42940 दिग्दारी ना. दिग्दार हुनाको भाव वा अवस्था।
42941 दिग्दाह ना. सन्ध्या समयमा क्षितिजमा आगो लागेको जस्तो देखिने र सो हुनु अशुभ मानिने एक प्राकृतिक विलक्षण घटना वा दृश्य।
42942 दिग्देवता ना. दिक्पति; दिक्पाल।
42943 दिग्बन्धन ना. श्राद्धादि कार्यमा पितृकार्य सुरु हुनुभन्दा पहिले चारैतिर तिल, कुश आदि छर्किने काम।
42944 दिग्बन्धन सेन ना. पृथ्वीनारायण शाहका समयका मकवानपुरका राजा; हेमकर्णका छोरा र पृथ्वीनारायण शाहका जेठान तथा जेठी रानी इन्द्रकुमारीपट्टिका दाजु।
42945 दिग्भ्रम ना. १.दिशा छुट्ट्याउने सम्बन्धमा हुने भ्रम; दिशा पत्ता लाग्न नसक्ने अवस्था वा स्थिति।
42946 दिग्भ्रम ना. २. बाटो भुलाइ; दिशाभ्रम।
42947 दिग्भ्रम ना. ३. अन्योल।
42948 दिग्मण्डल ना. १.दिशाहरूको समूह।
42949 दिग्मण्डल ना. २. सम्पूर्ण दिशा।
42950 दिग्वस्त्र वि. दिशा नै कपडा भएको; नाङ्गो; दिगम्बर।