Dictionary

All Word

43051 दिलरुवा वि. २. प्रेमी; मायालु।
43052 दिलरुवा वि. ना. ३. सितार जस्तै आकारको र रेटेर बजाइने सोह्रवटा तार हुने एक बाजा।
43053 दिलाइ ना. दिलाउने भाव, क्रिया वा प्रक्रिया।
43054 दिलाइनु क.क्रि. दिन लाइनु; दियाइनु।
43055 दिलाउनु प्रे. क्रि. दिन लाउनु; प्राप्त गराउनु; दियाउनु।
43056 दिलाप ना. बेतालले छुट्याइने, खापाको बिचको भाग;दैलाका बिचको खण्ड।
43057 दिलासा ना. १.कुण्ठित वा दुःखित हृदयलाई दिइने आश्वासन;ढाडस; धैर्य।
43058 दिलासा ना. २. आडभरोसा; भरोसा।
43059 दिलीप ना. १.इक्ष्वाकुवंशी एक प्रसिद्ध राजा तथा वाल्मीकि अनुसार भगीरथका पिता र कालिदासका अनुसार रघुका पिता।
43060 दिलीप ना. २. चन्द्रवंशी राजा कुरुका वंशजका एक राजा।
43061 दिल्लगी ना. सामान्य हाँसखेल गर्ने उद्देश्यले गरिने ख्यालठट्टा;मन बहलाउने वा हँसाउने कुरो।
43062 दिल्लगीबाज ना. ठट्यौलो स्वभावको व्यक्त,हाँसखेल गर्ने व्यक्ति।
43063 दिल्लगीबाजी ना. दिल्लगी गर्ने क्रिया वा भाव, ख्यालठट्टा,खाँसखेल,दिल्लगी।
43064 दिल्ली ना. मध्ययुगमा धेरै समयसम्म हिन्दू राजा तथा मुगल बादशाहको राजधानी रहेको र सन् १९१२ देखि अङ्ग्रेजले पुनः राजधानी बनाएको पश्चिमोत्तर भारतको एक प्रसिद्ध नगरी;भारतको राजधानी।
43065 दिल्लीवाल वि. १.दिल्लीसम्बन्धी; दिल्लीको।
43066 दिल्लीवाल वि. २. दिल्लीमा बस्ने; दिल्लीमा बन्ने वा हुने।
43067 दिव ना. १.देवलोक; स्वर्ग।
43068 दिव ना. २. अन्तरिक्ष; आकाश।
43069 दिव ना. ३. दिन;दिवस; दिवा।
43070 दिवङ्गत वि. १.देवलोकमा वास भएको; परलोकवासी।
43071 दिवङ्गत वि. २. मृत्यु भएको; मरेको।
43072 दिवस ना. दिउँसोको समय; दिन; दिवा।
43073 दिवा ना. दिउँसो; दिवस; दिन।
43074 दिवाइ ना. दिनुको भाव, क्रिया वा प्रक्रिया; सुम्पा।
43075 दिवाकर ना. दिनकर; सूर्य।
43076 दिवान ना. हे. देवान।
43077 दिवान्ध वि. १.दिनौँधीको रोग भएको; दिउँसो आँखा नदेख्ने;दिनन्धो।
43078 दिवान्ध वि. ना. २. लाटोकोसेरो; उल्लु।
43079 दिवाभिसारिका ना. दिउसै प्रेमीले सङ्केत गरेका ठाउँमा भेट्न जाने नायिका।
43080 दिवाभोज ना. १.कुनै विशिष्ट अतिथिको सम्मानमा दिउसो दिने औपचारिक भोज ( लन्च )।
43081 दिवाभोज ना. २. दिनमा खाइने खाना।
43082 दिवालगिर ना. घरका गारामा बत्ती वा अन्य सामान राख्ने उद्देश्यले जडिएको तख्ता; मिल्की।
43083 दिवाला ना. आर्थिक अवस्था गिरेर रिन फछ्र्याउन नसक्ने हालत; हरितन्नम भएको स्थिति वा अवस्था; टाट उल्टाइ।
43084 दिवालिया वि. आर्थिक अवस्था नराम्ररी खस्केको; दिवाला भएको; टाट उल्टेको।
43085 दिवालियापन ना. दिवालिया भएको अवस्था; दिवालिया हुनाको भाव; टाटउल्टँदोपन।
43086 दिवास्वप्न ना. १.मनमा विभिन्न तर्कका लहर चल्नाले खेल्ने असम्भव कल्पना; मनको लड्डु घिउसित खाने काम।
43087 दिवास्वप्न ना. २. दिनमै सपना देख्ने काम; दिउसोको सपना।
43088 दिव्य वि. १.स्वर्गसँग सम्बन्धित;स्वर्गीय; अलौकिक; दिब्बे; अप्राकृतिक।
43089 दिव्य वि. २. आकाशसित सम्बन्ध राख्ने; आकाशीय।
43090 दिव्य वि. ३. दैवी; ईश्वरीय।
43091 दिव्य वि. ४. चहकिलो; प्रकाशमान्।
43092 दिव्य वि. ५. अति राम्रो सुन्दर मनोहर।
43093 दिव्य वि. ६. असल गुणयुक्त; उत्तम।
43094 दिव्य वि. ना. ७. प्राचीन कालमा मान्छेका गुणदुर्गुण र दोषनिर्दोष चरित्रको निक्र्यौल गर्नुपर्दा आगो, विष वा जल आदिद्वारा गरिने एक परीक्षा।
43095 दिव्य वि. ८. वाचा; किरिया; शप।
43096 दिव्य वि. साहित्यमा, तीन प्रकारका नायकमध्ये एक; अलौकिक नायक (इन्द्र, राम, कृष्ण आदि)।
43097 दिव्यचक्षु / दृष्टि ना. १.अदृश्य वस्तु र विषयलाई ठम्याउने भित्री आँखा; ज्ञानदृष्टि; ज्ञानचक्षु; ध्यानदृष्टि।
43098 दिव्यचक्षु / दृष्टि ना. वि. २. सुन्दर आँखा भएको; राम्रो दृष्टि हुने।
43099 दिव्यज्ञान वि. अलौकिक जानकारी।
43100 दिव्यता ना. दिव्य हुनाको भाव वा अवस्था; उत्तमता; श्रेष्ठता।