Dictionary

All Word

43101 दिव्यनारी ना. अप्सरा; देवकन्या।
43102 दिव्यपञ्चामृत ना. दुध, दही, घिउ, मह, चिनी आदि पाँच पदार्थ मिलाई बनाइएको पञ्चामृ।
43103 दिव्यपरीक्षा ना. प्राचीन कालमा अभियुक्त दोषी छ छैन, पत्ता लगाउन आगो, पानी, विष, हिंस्रक जन्तु आदिको बिचमा राख्दा मर्‍यो भने दोषी र मरेन भने निर्दोर्षीे मानिने भाग्य परीक्षा।
43104 दिव्यपुरुष ना. उत्तम वा असम्भव गुणले युक्त भएको पुरुष; दैवी पुरुष; स्वर्गमा गति भएको पुरुष ( यक्ष, गन्धर्व, किन्नर, देवता आदि)।
43105 दिव्यरत्न ना. मनको इच्छानुकूल फल दिने एक प्रकारको कल्पित मणि; चिन्तामणि।
43106 दिव्यवाक्य ना. देववाणी; आकाशवाणी।
43107 दिव्या ना. १.साहित्यका अनुसार तीन प्रकारका नायिकामध्ये लोकोत्तर गुण भएकी नायिका (जस्तै- पार्वती, सीता, राधिका इ.)।
43108 दिव्या ना. २. अमला; धात्री।
43109 दिव्याङ्गना ना. १.सुन्दर स्वरूप र उत्तम स्वभाव भएकी नारी।
43110 दिव्याङ्गना ना. २. स्वर्गीय नारी; अप्सरा।
43111 दिव्याङ्गना ना. ३. देवताकी स्त्री; देववधू।
43112 दिव्यात्मा ना. दैवी आत्मा; अलौकिक आत्मा; स्वर्गीय देवीदेवता।
43113 दिव्यास्त्र ना. १.देवताले चलाउने हतियार; अलौकिक हतियार।
43114 दिव्यास्त्र ना. २. मन्त्रका प्रभावले प्रयोग हुने अस्त्र वा हतियार (आग्नेय, ब्रह्म, वायव्य आदि)।
43115 दिव्योपदेश ना. १.पृथ्वीनारायण शाहले आफ्नो अन्त्यका समयमा भाइभारदाररूलाई भेला गरेर दिएको उपदेश; सो उपदेश लेखिएको पुस्तक।
43116 दिव्योपदेश ना. २. उत्तम दीक्षा, निर्देशन।
43117 दिव्यौषधि ना. मनःशिला।
43118 दिशा ना. १.क्षितिवृत्तका चार मुख्य कल्पित विभाग; पूर्व; पश्चिम, उत्तर, दक्षिणमध्ये प्रत्येक वा कुनै एक।
43119 दिशा ना. २. दश दिशा।
43120 दिशा ना. ना. यो. ३. तिर; तर्फ।
43121 दिशा परिवर्तन ना. १.पूर्वनिर्धारित उद्देश्यसम्बन्धी नीति फेर्ने काम; चिन्तन वा सोचविचारको फेरबदल।
43122 दिशा परिवर्तन ना. २. दिशा वा स्थान सार्ने वा बदल्ने काम।
43123 दिशावकाश ना. दुइटा दिशाका बिचको भाग;उपदिशा; कोण।
43124 दिसा ना. खानेकुरो पचेपछि गुदद्वारबाट बाहिर निस्कने मल; झाडा;विष्ठा; गुहु।
43125 दिहल ना. ऋणीपक्षले यति रकम यस म्यादसम्ममा तिर्ने गरी यस्तो सर्तमा लिएको हुँ भनी धनीलाई दिने लिख।
43126 दिहल ना. विप. लिहल।
43127 दीक्षक ना. दीक्षा दिने व्यक्ति; मन्त्र सुनाउने गुरु; दीक्षागुरु।
43128 दीक्षण ना. दीक्षा दिने काम।
43129 दीक्षा ना. १.सङ्कल्पपूर्वक गरिने पाठपूजा, यज्ञ आदिको अनुष्ठान; यज्ञ।
43130 दीक्षा ना. २. गुरु वा आचार्यबाट दिइने मन्त्रोपदेश।
43131 दीक्षा ना. ३. तान्त्रिक विधिले देवीदेवताको मन्त्रग्रहण गर्ने काम।
43132 दीक्षा ना. ४. व्रतबन्ध विधि; उपनयन संस्कार।
43133 दीक्षागुरु ना. दीक्षामन्त्र सुनाउने आचार्य वा गुरु।
43134 दीक्षान्त ना. १.गरेका यज्ञको त्रुटि शान्ति गर्नाका लागि गरिने शुद्धि स्नान; यज्ञान्त स्नान।
43135 दीक्षान्त ना. २. कुनै विश्वविद्यालयबाट हुने निश्चित अध्ययन अवधिको समाप्ति; अध्ययनकार्यको समाप्ति।
43136 दीक्षान्त भाषण ना. कुनै विश्वविद्यालयले स्नातक, स्नातकोत्तर वा विद्यावारिधि तह पार गर्नेहरूलाई उपाधि वा प्रमाणपत्र वितरित गर्ने समयमा कुनै विशिष्ट व्यक्तिद्वारा दिइने भाषण।
43137 दीक्षान्त समारोह ना. कुनै विश्वविद्यालयले आफ्नो संस्थाअन्तर्गत सफलता प्राप्त गर्ने स्नातकहरूलाई उपाधि वा प्रमाणपत्र वितरण गर्ने अवसरमा मनाइने विशेष उत्सव; त्यस्तो उत्सवका निम्ति गरिने संस्थागत आयोजना; समावर्तन।
43138 दीक्षित वि. १.दीक्षामन्त्र प्राप्त गरेको; दीक्षा लिएको।
43139 दीक्षित वि. ना. २. सङ्कल्पपूर्वक यज्ञ सुरु गर्ने व्यक्ति।
43140 दीठ ना. हे. दिठ।
43141 दीधिति ना. १.सूर्यको प्रकाश; किरण।
43142 दीधिति ना. २. औँलो; अङ्गुलि।
43143 दीन वि. १.धनसम्पत्ति नभएको; गरिब; निर्धन; दरिद्र।
43144 दीन वि. २. दुःखकष्टमा परेको; दुःखी।
43145 दीन वि. ३.खिन्न; उदास; शोकग्रस्।
43146 दीन वि. ४. दयालाग्दो; दयनीय।
43147 दीनता ना. १.दीन हुनाको भाव वा अवस्था; दैन्य।
43148 दीनता ना. २. दुर्बलता; कमजोरी।
43149 दीनता ना. ३. निर्धनता; दरिद्रता।
43150 दीनदयालु वि. १.दीनदुःखीहरूमाथि दया गर्ने; दयावान्।