Dictionary

All Word

42951 दिग्वार ना. लिच्छविकालीन प्रशासनमा तलबको साटो दिइने वृत्तिमध्ये एक।
42952 दिग्विजय ना. १.राजामहाराजाहरूले देशदेशान्तरमा गई आफ्नो मान र प्रतिष्ठा कायम गर्न अर्काको मुलुक जित्ने काम।
42953 दिग्विजय ना. २. विद्वान्हरूले देशविदेशका विद्वान्हरूलाई शास्त्रार्थद्वारा हराउने काम वा त्यसरी आफ्नो विद्वत्ता र प्रतिष्ठा राख्ने काम।
42954 दिग्विजयी वि. दिशाविदिशामा विजय प्राप्त गरेको; सबैतिर विजय प्राप्त गर्ने।
42955 दिज्यू ना. दिदीलाई आदरपूर्वक सम्बोधन गरिने शब्द; 'दिदीज्यू'को छोटो रूप।
42956 दिठ ना. १.हेर्ने काम; हेराइ; दृष्टि; ध्यान।
42957 दिठ ना. २. आँखा; नयन।
42958 दिति ना. कश्यप ऋषिका चौध पत्नीहरूमध्ये एक;दैत्यहरूकी आमा।
42959 दित्सा ना. १.दान गर्ने वा दिने इच्छा।
42960 दित्सा ना. २. आफू मरेपछि आफ्नो सम्पत्ति यसयसलाई दिनु वा यसयसले खानू भनेर लेखिदिने इच्छापत्र।
42961 दिदी ना. १.एकै गर्भबाट आफूभन्दा पहिले जन्मेकी स्त्री; दिज्यू।
42962 दिदी ना. २. आफूभन्दा जेठी सौता।
42963 दिदी ना. ३. दाजुभाइका पत्नीहरूमा भाइकी पत्नीले दाजुकी पत्नीलाई भनिने शब्द; जेठानी।
42964 दिदी ना. वि. ४. आफूभन्दा पहिले जन्मेकी।
42965 दिदृक्षा ना. हेर्ने इच्छा; दर्शन गर्ने अभिलाषा।
42966 दिदृक्षु वि. हेर्न चाहने; दर्शनाभिलाषी; दर्शनेच्छु।
42967 दिधिषु ना. एकपल्ट बिहा भइसकेकी स्त्रीसँग बिहा गर्ने पुरुष; विधवा वा सधवा परस्त्री ग्रहण गर्ने पुरुष।
42968 दिधिषू ना. १.एकपल्ट बिहा भइसकेपछि पुनः अर्को विवाह गर्ने स्त्री; पोइल गएकी वा पहिलो लोग्नेलाई छाडेर दोस्रो-तेस्रो लोग्ने बनाएकी स्त्री।
42969 दिधिषू ना. २. दिदीको भन्दा पहिले बिहे भएकी स्त्री।
42970 दिधिषू पति ना. विधवा भाउजूसँग अनुचित सम्बन्ध राख्ने पुरुष।
42971 दिन ना. १.आकाशमा सूर्य देखिउन्जेलको समय; सूर्यको उदय भएदेखि अस्त नहोउन्जेलको अवधि; दिउँसो; दिवस।
42972 दिन ना. २. अघिल्लो सूर्योदयदेखि पछिल्लो सूर्योदय पर्यन्तको समय;अहोरात्र; चौबिस घण्टा वा आठै प्रहर।
42973 दिन ना. ३. रातको बाह्र बजेदेखि सुरु भएर पछिल्लो रातको बाह्र बजेसम्म चौबिस घण्टाको समय।
42974 दिन ना. ४. समय; बेला; बखत; मौका।
42975 दिन ना. ५. तोकिएको समय; निश्चित समय;आवश्यक समय।
42976 दिन ना. ६. सात वारमध्येको एक वार।
42977 दिन ना. ७ दिनदशा; अनिष्ट दशा।
42978 दिन कटनी ना. दिन बिताउने मेलो; दिन काट्ने सानोतिनो काम;बसिबियाँलो।
42979 दिनकर ना. रवि; सूर्य।
42980 दिनगन्ती ना. दिन गन्ती गर्ने काम; दिनको गणना; प्रतिदिनको हिसाब; दिनदिनको हिसाब।
42981 दिनचर्या ना. दिनभरि गरिने सबै काम; दिनभरको कार्यक्रम; नित्यकर्म (नुहाइ धुवाइ, पाठपूजा, खानपिन, कामधन्दा इ.)।
42982 दिनचारी ना. सूर्य; दिनकर।
42983 दिनदशा ना. फलित ज्योतिषअनुसार सूर्य आदि नवग्रह र मङ्गला आदि अष्ट योगिनीको भोगको अवस्थामा मिल्ने शुभ-अशुभ फल; ग्रहगतिका अनुसार लाग्ने दैनिक दशा।
42984 दिनदहाडै क्रि.वि. दिन बाँकी छँदैमा; कुनै डर, त्रास, सङ्कोच आदि नभए जस्तै गरी; खुलेआम।
42985 दिनदिन क्रि.वि. प्रतिदिन; दिनैपिच्छे; दिनहुँ; दिनदिनै।
42986 दिननाथ ना. दिनका अधिपति;सूर्य;दिनकर।
42987 दिनपरदिन क्रि.वि. दिन बित्दै जाँदा;दिन नबिराईकन; दिनानुदिन।
42988 दिनमणि ना. सूर्य।
42989 दिनमान ना. १.सूर्य उदाएदेखि सूर्य अस्ताउन्जेलको समय अर्थात् पूरा दिनको मान; रात्रिमानको उल्टो।
42990 दिनमान ना. २. दिनमणि; सूर्य।
42991 दिनमुख ना. प्रभात; बिहान।
42992 दिनरात ना. १.अहोरात्र; दिन र रा।
42993 दिनरात ना. २. हरबखत; निरन्तर; सधैँ ;लगातार।
42994 दिनशेष ना. साँझ; बेलुका; सन्ध्या।
42995 दिनहुँ क्रि.वि. प्रतिदिन; हरेक दिन; दिनैपिच्छे।
42996 दिनाङ्क ना. मिति; गते; तारिख।
42997 दिनाङ्कित वि. दिन अङ्कन गरिएको; तिथिमिति लेखिएको वा तोकिएको।
42998 दिनाधीश ना. सूर्य; दिनकर।
42999 दिनानुदिन क्रि.वि. दिनैपिच्छे; दिनपरदिन; दिनोदिन।
43000 दिनान्त ना. दिन सकिने र रात सुरु हुने समय; सायङ्काल;सन्ध्या; साँझ।