Dictionary

All Word

43001 दिनान्ध वि. १.दिनमा आँखा देख्न नसक्ने; दिनको अन्धो; दिवान्ध; दिनान्धो।
43002 दिनान्ध वि. ना. २. लाटोकोसेरो; हुचिल; उल्लु।
43003 दिनिका ना. दिनभर काम गरेबापत पाइने पारिश्रमिक; एक दिनको ज्याला; दिनभरको मजुरी।
43004 दिने वि. १.दिनसम्बन्धी; दिनको (पाँचदिने, दशदिने,पन्ध्रदिने इ.) [दि+नु+ए] २. कुनै चिज प्रदान गर्ने।
43005 दिनेश ना. दिनका देवता; सूर्य।
43006 दिनैपिच्छे क्रि.वि. प्रतिदिन; दिन दिन; दिनहुँ; सधैँ।
43007 दिनौँधी ना. दिनमा आँखा देख्न नसक्ने रोग; दिवान्ध हुने रोग।
43008 दिपाङ ताल ना. नेपालको पश्चिमाञ्चल क्षेत्रअन्तर्गत गण्डकी अञ्चलको कास्की जिल्लामा पर्ने प्रसिद्ध एक ताल।
43009 दिब्बे वि. राम्रो; तेजिलो; दिव्य।
43010 दिब्बे बाह्र वर्ष ना. पूरा बाह्र वर्ष।
43011 दिब्री ना. टिन वा कसकुट आदि धातुको सानो टोक्रीको मुखमा पारिने छेडमा सलेदो लगाउने प्वालसहितको बिर्को भएको मट्टितेल बाल्ने बत्ती; ढिब्री; कुपी; टुकी।
43012 दिमाग ना. १.गिदी; मस्तिष्क; मगज; खोपडी।
43013 दिमाग ना. २. बौद्धिक वा मानसिक क्षमता; विवेकशक्ति; चेतना।
43014 दिमाग ना. ३. अभिमान; अहङ्कार;घमन्ड; सेखी।
43015 दिमागदार वि. १.दिमाग भएको; ज्ञान वा तर्कशक्ति भएको; समझदार।
43016 दिमागदार वि. २. सेखी गर्ने; घमन्डी; दिमागी।
43017 दिमागी वि. १.दिमागसँग सम्बन्धित; दिमागको; मगजदार।
43018 दिमागी वि. २. अभिमानी; घमन्डी।
43019 दिमागी वि. ३. दिमाग भएको; समझदार; जेहेनदार।
43020 दियत ना. ज्यानमाराबाट मारिनेका परिवारले हर्जानास्वरूप पाउने धन; ज्यानको क्षतिपूर्तिका रूपमा मर्नेका परिवारलाई दिइने सम्पत्ति।
43021 दियाइ ना. दिने भाव, क्रिया वा प्रक्रिया।
43022 दियाइनु क.क्रि. दिन लाइनु; दिलाइनु।
43023 दियाउनु प्रे. क्रि. दिन लाउनु; दिलाउनु।
43024 दियाल ना. लेकतिर पाइने, बोक्रा र तेल औषधीका रूपमा प्रयोग गरिने, देवदारका जातको एक रुख; दियालो।
43025 दियाल तेल ना. दियाल वा दियालाको खोटोबाट बन्ने तेल; तारपिन तेल।
43026 दियाली ना. १.सानो दियालो।
43027 दियाली ना. वि. २. प्रकाश दिने;उजेली।
43028 दियाल काठ ना. दियालो बाल्ने काठ;उजेलीकाठ।
43029 दियाले वि . दियालो भएको; दियालाको।
43030 दियाले काठ ना. खोटो र दियालो हुने, सिम्टा फल्ने काठ;खोटे सल्लो; सल्लो; उजेलीकाठ।
43031 दियाले चरो ना. एक जातको चरो।
43032 दियाले च्याउ ना. माटामा पलाउने, दियाले जस्तै पहेँल्छ्या रङको छोटो डाँठ हुने र डल्लो आकारको, खान हुने एक जातको च्याउ।
43033 दियालो ना. खोटे सल्लो छिप्पिएपछि खोटोले भरिएर रातो रङको देखिने र झरझर गरेर बल्ने चुरो वा आँखो; बत्तीको सट्टा उज्यालो बाल्ने काममा प्रयोग गरिने त्यसैको चोइटो।
43034 दियो ना. १.तिल, तोरी आदिको तेल वा घिउ हाली धागोको सलेदोमा बत्ती बाल्ने, माटो वा धातुबाट बनाइएको कचौरीका आकारको सानो भाँडो; दीपदानी।
43035 दियो ना. २. बत्ती।
43036 दियो घर ना. १.साँझको दियो वा बत्ती बाल्न प्रायः भान्सामाथि बनाइएको पूर्वतिर फर्काएर दियो राखिने ठाउँ।
43037 दियो घर ना. २. ठुलठुला उत्सवमा ननिभोस् भन्नाका निम्ति बत्ती छोप्न बनाइएको ऐनाघर।
43038 दिल ना. १.अन्तस्करण; मन; चित्।
43039 दिल ना. २. हृदय; मुटु।
43040 दिलखुस वि. मन बहलाउने खालको;दिललाई प्रसन्न पार्ने।
43041 दिलचस्प वि. चासो लाग्ने; मनपर्दो; मनलाई लोभ्याउने;मनोरञ्जक; मनोहर।
43042 दिलचस्पी ना. १.कुनै वस्तु वा विषयप्रति जाग्ने अभिरुचि; इच्छा;आकर्षण।
43043 दिलचस्पी ना. २. कुनै वस्तुमा भएको मनलाई लोभ्याउने गुण।
43044 दिलदार वि. १.राम्रो दिल वा उदारता भएको; स्नेहपूर्ण स्वभावको; दयालु; दानी।
43045 दिलदार वि. २. रसिक स्वभावको; रउसे।
43046 दिलदार वि. ३. दिलको प्यार पाउने; मायालु; प्रेमी (व्यक्ति)।
43047 दिलबहलाउ ना. दिल बहलाउने वा मनलाई आनन्द दिने काम; मनोरञ्जन;आमोदप्रमोद; लहडबाजी; दिलबहादुर।
43048 दिलबहार ना. दिलबहलाउ।
43049 दिलबहार ना. वि. २. मन रमाउने; मनोरञ्जक।
43050 दिलरुवा वि. १.रमाइलो लाग्ने; मनोरञ्जक।