Dictionary

All Word

43151 दीनदयालु वि. ना. २. परमेश्वर।
43152 दीननाथ ना. १.दीनदुःखीहरूका संरक्षक।
43153 दीननाथ ना. २. ईश्वर।
43154 दीनबन्धु वि. १.दीन दुःखीहरूलाई सहायता गर्ने; दीनहरूका उद्धारक।
43155 दीनबन्धु वि. ना. २. परमेश्वर।
43156 दीनवत्सल ना. दुःखीहरूमाथि मायादया गर्ने; दीनदयालु।
43157 दीनानाथ ना. दीनदुःखीहरूको रक्षा गर्ने; दीनना।
43158 दीनार ना. १.सुनको सिक्का; सुवर्णमुद्रा; असर्फी।
43159 दीनार ना. २. सुनका गहना।
43160 दीनार ना. ३. इरान, इराक आदि देशका मुद्राको नाम।
43161 दीप ना. १.घिउ, तिलको तेल आदिमा भिजाई बालिने पिउरीबाट कातेर बनाइएको विभिन्न देवताअनुसार प्रयोग हुने तीनसुते, पाँचसुते, आठसुते, नौसुते आदि धागाको त्यान्द्रो; बत्ती।
43162 दीप ना. २. मसान; चिराक।
43163 दीप ना. ३. कुनै कुल वा वंशको सर्वश्रेष्ठ पुरुष।
43164 दीप ना. ४. दियो; दीपक।
43165 दीपक ना. १.दीप; बत्ती।
43166 दीपक ना. २. काव्यमा प्रस्तुत र अप्रस्तुत दुवै विषयको समान धर्मको वर्णन हुने एक अर्थालङ्कार।
43167 दीपक ना. ३. मध्यम स्वर तीव्र गरेर निषाद स्वर वर्जित गरी बाँकी स्वरलाई शुद्ध रूपमा ल्याई शास्त्रअनुसार रात्रिको प्रथम प्रहर र वसन्त ऋतुमा गाइने षाडव-जातिको एक राग।
43168 दीपक ना. वि. ४. तेजिलो पार्ने; उज्ज्वल पार्ने।
43169 दीपकिट्ट ना. बत्ती बल्नाले आउने धुवाँ जम्मा भएर लागेको मोसो;गाजल।
43170 दीपकुपी ना. बत्ती बाल्ने भाँडो; दीपपात्र; टुकी;ढिब्री।
43171 दीपङ्कर ना. मध्यकालीन इतिहासमा भारतबाट नेपाल हुँदै भोटमा गएर जीवन बिताउने तन्त्रवादी बौद्धाचार्य।
43172 दीपदान ना. आराध्य देवताको अघिल्तिर बत्ती बाल्ने काम; देवताका सम्मुख गरिने आरती।
43173 दीपदानी ना. बत्ती बाल्ने भाँडो; पानस।
43174 दीपन ना. १.उज्यालो पार्नका निम्ति बत्ती आदि बाल्ने काम।
43175 दीपन ना. २. जठराग्निलाई उद्दीप्त गर्ने काम।
43176 दीपन ना. ३. पाचनशक्ति बढाउने काम।
43177 दीपन ना. ४. कुनै विचार वा भावनाको उत्तेजन।
43178 दीपगण ना. १.जठराग्निलाई तीव्र पार्ने पदार्थको एक वर्ग।
43179 दीपगण ना. २. भोक जगाउने औषधीको वर्ग।
43180 दीपनीय वि. १.उज्यालो पार्न उपयुक्त; बाल्न सकिने; प्रकाश्य।
43181 दीपनीय वि. २. उत्तेजित वा तीव्र पार्न योग्य; उत्तेजनीय।
43182 दीपमाला / दीपमालिका ना. बत्तीको पङ्क्ति वा लहर; दीपावली।
43183 दीपस्तम्भ ना. १.बत्ती बाल्ने भाँडो; पानस।
43184 दीपस्तम्भ ना. २. तलदेखि माथिसम्म बत्ती बाल्न हुने गरी बनाइएको दीपाकार स्तूप।
43185 दीपस्तम्भ ना. ३. जहाजको मार्ग-निर्देशन गर्न वा खतरा आदिको सङ्केत गर्न बालिने अग्लो स्तम्भ; प्रकाशस्तम्भ।
43186 दीपाधार ना. दीपस्तम्भ; पानस।
43187 दीपावली ना. १.बत्तीहरूको पङ्क्ति; दीपमाला, दिवाली।
43188 दीपावली ना. २. कार्तिक कृष्णपक्षको औँसीको दिन लक्ष्मीको आराधनाका निम्ति घरघरमा बत्ती बालेर मनाइने उत्सव; लक्ष्मीपूजाका दिनको उत्सव।
43189 दीपावली ना. ३. तिहार।
43190 दीपावली ना. ४. खुसीयालीका बेलामा धेरै बत्ती बालेर मनाइने पर्व वा उत्सव।
43191 दीपिका ना. १.सानो बत्ती।
43192 दीपिका ना. २. कुनै कठिन ग्रन्थको टीका वा पुस्तक।
43193 दीपित वि. १.धपक्क बलेको; दीप्त; प्रज्वलि।
43194 दीपित वि. २. उत्तेजि।
43195 दीपोत्सव ना. बत्ती बालेर मनाइने पर्व वा उत्सव; दीपावली।
43196 दीप्त वि. १.बलेको; प्रज्वलित; दीपि।
43197 दीप्त वि. २. झलमल्ल परेको; चहकिलो; झरिलो।
43198 दीप्त वि. ना. ३. सुन; सुवर्ण।
43199 दीप्त वि. ४. आगो।
43200 दीप्ति ना. १.दीप्त हुनाको भाव वा अवस्था; प्रकाश; उज्ज्वलता।