Dictionary

All Word

43301 दुईघरे वि. १.दुई घर भएको (व्यक्ति) ना. २. पहिलेको लोग्नेलाई छाडेर दोस्रासँग पोइल गएकी स्वास्नीमान्छे; दुईपोइले आइमाई।
43302 दुईचम्के ना. सट्टापट्टा गरेर गरिने विवाह; छोरीबेटी साटासाट गरेर गरिने विवाह।
43303 दुईचुल्ठे वि. १.दुई चुल्ठो पारी बाटिएको।
43304 दुईचुल्ठे वि. ना. २. दुई चुल्ठो पारी बाटिएको कपाल।
43305 दुईछापे वि. राणाशासनको समयमा श्री ३ महाराज र कमान्डर इन चिफको छाप लागेको (सनद)।
43306 दुईजातको / जाते वि. ठिम्मल; ठिमाहा।
43307 दुईजिब्रे / जिभ्रे वि. १.बोलीको ठेगान नभएको; बेठेगानको कुरा गर्ने।
43308 दुईजिब्रे / जिभ्रे वि. २. दुई जिभ्रो भएको।
43309 दुईजिब्रे / जिभ्रे वि. ना. ३. सर्प।
43310 दुईजिउकी वि. गर्भवती; दोजिया।
43311 दुईतले वि. दुई तला भएको; दोतला (घर)।
43312 दुईथुने वि. दुई थुन भएको ( बाख्रो, भेडो, मृग आदि)।
43313 दुईधारे वि. दुई प्रकारका विचारधारामा लाग्ने; वैचारिक दृढता नभएको; दोधारे।
43314 दुईदुना / दुने वि. दुईले दुईलाई गुन्दा हुने (अङ्क वा सङ्ख्या)।
43315 दुईनम्बर ना. प्रचलित नियम कानुनको विपरीत कार्य वा पेसा; अवैध कार्य।
43316 दुईनम्बरी वि. अवैध कार्य, पेसा वा व्यापार गर्ने।
43317 दुईपाखे वि. १.दुई पाखो अर्थात् छाना हालिएको (घर)।
43318 दुईपाखे वि. ना. २. आमाबाबु दुवै भएका, बिहे गरिने केटा वा केटी।
43319 दुईपात वि. दुई गुना; दुगुना; दोबर।
43320 दुईपाते वि. उम्रँदा दुई पात देखिने; दुई पात भएको ( बिरुवा)।
43321 दुईपोइले वि. ब्याइते लोग्ने छाडी अर्कोसँग पोइल गएकी (स्त्री)।
43322 दुईफेरे वि. दुई फेरो मोरेको; दुई फेरो भएको।
43323 दुईफेरे रोटा ना. पहिलेको चलनमा दुई फेरो हालेर पकाइएको रोटी।
43324 दुईमुखे वि. १.दुईमुख भएको; दुईजिभ्रे।
43325 दुईमुखे वि. २. पकाउँदा दुईतिर भाँडा बसाउन हुने (चुलो)।
43326 दुईसुरे वि. चित्त स्थिर नभएको; विचारधारा परिवर्तन गरिरहने; दोधारे।
43327 दुईसुरे वि. २. कुनै कुराको निर्णय गर्न नसक्ने; अडिलो विचार नभएको (व्यक्ति)।
43328 दुकान ना. बिक्री गर्ने उद्देश्यले सरसामान राखिएको दलान वा घर; बिक्रीस्थल; पसल।
43329 दुकानदार ना. १.दुकान गरेर कामकारोबार चलाउने मान्छे; पसले।
43330 दुकानदार ना. वि. २. पसलमा बस्ने; दुकान गर्ने।
43331 दुकानदारी ना. १.दुकान गर्ने पेसा भएको मान्छे; दुकानदार।
43332 दुकानदारी ना. वि. २. दुकानदारसम्बन्धी; दुकानदारको।
43333 दुकूल ना. १.शरीरको कम्मरभन्दा माथि कानसमेत ढाकिने हिसाबले ओढिने बर्को; रेसमी पछ्यौरा।
43334 दुकूल ना. २. कपडा; लुगाफाटो।
43335 दुक्ख ना. दुःख; दुख।
43336 दुक्खी वि. दुःखी।
43337 दुख्नु अ.क्रि. १.शारीरिक वा मानसिक पीडा हुनु; कष्ट हुनु; दुःख हुनु।
43338 दुख्नु अ.क्रि. २. जरो, शूल आदिले पीडित हुनु; बिरामी पर्नु; थलिनु।
43339 दुख्नु अ.क्रि. ३. घाउ, खटिरा आदि डहनु।
43340 दुख ना. दुःख, दुक्ख।
43341 दुखजिलो / जिउलो ना. दुःखसँग मात्र वा जसोतसो गरेर जीवन व्यवहार वा काम; कष्टपूर्वकको निर्वाह।
43342 दुखपिराउ ना. १.दुःखपीडा; पिरपिराउ।
43343 दुखपिराउ ना. २. रोगव्याध।
43344 दुखबिराम ना. रोगव्याध।
43345 दुखमनाउ ना. असन्तोष जाहेर गर्न दुःख मान्ने काम; कष्टको जनाउ।
43346 दुखसान्ती ना. १.काम गरेअनुसार दिइने, पाइने केही वेतन वा स्वल्प पारिश्रमिक।
43347 दुखसान्ती ना. क्रि.वि. २. मिहिनेत गरेअनुसार; दुःख गमुताबिक।
43348 दुखसास्ती ना. १.कुनै काम गर्दा दुःख गरेबापत दिइने, पाइने वा हुने लाभ; त्यस्तो पारिश्रमिक वा ज्याला।
43349 दुखसास्ती ना. २. दुःख गरेअनुसारको धेरथोर आय; दुःखसान्ती।
43350 दुखसास्ती ना. ३. दुःख र शासना।