Dictionary

All Word

43351 दुखाइ ना. १.दुख्ने भाव, क्रिया वा प्रक्रिया।
43352 दुखाइ ना. [ दुखाउ + आइ] २. दुखाउने भाव क्रिया वा प्रक्रिया।
43353 दुखाइनु क.क्रि. यातना दिइनु; दुख्ने गराइनु।
43354 दुख पिराइ ना. दुःख र पीडा; दुखपिराउ।
43355 दुखाउनु स.क्रि. दुख्ने गराउनु; कष्ट दिनु; पीडित गराउनु; असन्तुष्ट पार्नु।
43356 दुखिनी वि . दुःखमा परेकी; दुःख पाएकी, दुःखी (स्त्री)।
43357 दुखिया वि . निर्धन; दुःखी।
43358 दुखी वि . दुःख पाएको; दुःखी।
43359 दुखीदाखी वि. दुःखमा परेको;दुःखी; दरिद्र।
43360 दुखेसो ना. १.दुःखी जिन्दगी वा कष्टप्रद जीवन;दुखजिलो; दुखजिउलो।
43361 दुखेसो ना. २. सुखदुःखका कुराकानी; गन्थन।
43362 दुख्याहा वि. १.जीवननिर्वाह गर्न गाह्रो परेको; दुखजिलो गरेर जीवन बिताउने।
43363 दुख्याहा वि. २. दुःख पाएको वा दुःख पाउने; दुःखी।
43364 दुगुन वि. १.गानबजानमा आरम्भिक लयभन्दा दोबर गति हुने स्थायी लय।
43365 दुगुन वि. २. दुगुना; दुना।
43366 दुगुना वि. दुईले गुणा गरिएको; दुई गुना; दोबर।
43367 दुगुर्नु अ.क्रि. १.हतारहतार गर्दै दौडनु; छिटो छिटो हिँड्नु; कुद्नु।
43368 दुगुर्नु अ.क्रि. २. दौडने काममा भाग लिनु।
43369 दुगुर्नु अ.क्रि. ३. भाग्नु।
43370 दुगुराइ ना. दुगुर्ने भाव, क्रिया वा प्रक्रिया।
43371 दुगुराइनु क.क्रि. दौडाइनु; कुदाइनु।
43372 दुगुराउनु प्रे. क्रि. १.दुगुर्न लाउनु; कुदाउनु।
43373 दुगुराउनु प्रे. क्रि. २. भगाउनु।
43374 दुगुरादुगुर ना. १.सामूहिक दुगुराइ; दगुरादगुर।
43375 दुगुरादुगुर ना. २. आपत् परेको बेला सामूहिक रूपले दौडने र भाग्ने काम।
43376 दुगुरिनु क.क्रि. हतार हतार गरेर कुदिनु; दौडिनु।
43377 दुग्ध ना. १.दुध; ओलिन।
43378 दुग्ध ना. वि. २. दुहेको।
43379 दुग्धफेनी ना. गोठाले साग।
43380 दुग्ध व्यवसाय ना. दुधको बिक्री, वितरणको कारोबारसम्बन्धी पेसा;दुधको व्यवसाय।
43381 दुग्धशाला ना. प्रशोधन गरी ग्राहकहरूमा वितरण गर्नाका निम्ति जम्मा गरिने दुधको भण्डार; डेयरी।
43382 दुग्धशूल ना. स्तन वा थुनको मुन्टो दुख्ने एक रोग; थुनेलो।
43383 दुग्ध समुद्र ना. पुराणप्रसिद्ध सप्तसागरमध्ये एक; क्षीरसागर।
43384 दुग्धसार ना. दुधबाट सारका रूपमा निस्कने तत्त्व; नौनी; मक्खन।
43385 दुग्धिका ना. दुधे झार।
43386 दुग्धी वि. १.दुध भएको; दुधले युक्।
43387 दुग्धी वि. ना. २. दुधे घाँस।
43388 दुङदुङ क्रि.वि. १.खुट्टा बजारेर हिँड्दा शब्द आउने गरी।
43389 दुङदुङ क्रि.वि. २. लाठी वा मुड्कीले बेसरी ठटाउने किसिमले।
43390 दुङदुङ क्रि.वि. ३. त्यसरी हान्दा शब्द आउने गरी।
43391 दुङदुङ क्रि.वि. ४. बन्दुक, तोप, कर्तु पड्कँदा आवाज आउने गरी।
43392 दुङदुङ क्रि.वि. ५. एकदमै लड्ने, पल्टिने वा बज्रिने गर्दा आवाज आउने चालसँग।
43393 दुङदुङती /दुङदुङी क्रि.वि. अझै दुङदुङ हुने गरी।
43394 दुङदुङे ना. लसुनका जस्तै चेप्टा तर निकै साना पात हुने त्यस्तै केही हल्का बास्ना आउने मसलाका रूपमा प्रयोग गरिने, लेकमा हुने एक प्रकारको झार।
43395 दुच्छर वि. १.दुष्ट स्वभाव भएको; खराब।
43396 दुच्छर वि. २. मुखको छुच्चो;मुखाले;दुर्मुखा।
43397 दुच्छरपन / पना ना. दुच्छर हुनाको स्वभाव वा अवस्था; तह नलाग्ने चाल; दुष्ट स्वभाव वा बानी।
43398 दुण्डुक ना. धेरैजसो पानीमा बस्ने र विष नलाग्ने एक जातको सर्प; पानीसाँप।
43399 दुतिय वि. दोस्रो।
43400 दुतिया ना. शुक्लपक्ष वा कृष्णपक्षको दोस्रो तिथि; द्वितीया।