Dictionary

All Word

43451 दुधे वि. ४. दुध आउने रुख।
43452 दुधे वि. ५. फापरका जस्तै तर तीन खण्डमा छुट्टिने दाना लाग्ने, बाटुला पात हुने, पात र डाँख्ला भाँच्दा दुध निस्कने, बस्तुले घाँस खाने एक झार; भुइँदुधिलो।
43453 दुधेरो ना. गाईभैँसी दुहुने काठ वा धातुको भाँडो; ढुङ्ग्रो;गबुवा।
43454 दुधेलो वि. दुधिलो।
43455 दुन ना. चारैतिर पहाडले घेरिएको वा दुई पर्वतका माझको समतल बेसी; उपत्यका।
43456 दुना वि. १.कुनै मूल सङ्ख्याको दुगुना; दोबर।
43457 दुना वि. ना. २. दोबर, तेबर, चौबर आदिको हिसाब गर्ने गणितीय विधि; दुनोट।
43458 दुनाइ ना. दुनोट।
43459 दुनिनु अ.क्रि. १.दुगुना हुनु; दोब्बर हुनु वा डब्लिनु।
43460 दुनिनु अ.क्रि. २. पसाङ्गिनु; बाङ्गिनु।
43461 दुनिनु अ.क्रि. ३. दोहोरो हुनु; दोब्रिनु।
43462 दुनियाँ गुठी ना. सर्वसाधारण व्यक्तिले धार्मिक कार्य वा समाजसेवाका निम्ति छुट्ट्याएको चलअचल सम्पत्ति (जग्गाजमिन, घर, सुन चाँदी इ.)।
43463 दुनियाँ ना. १.सर्वसाधारण जनसमुदाय; जनता; रैती;प्रजा।
43464 दुनियाँ ना. २. संसार; जगत्; विश्व।
43465 दुनियाँ भाँडा वि. सोझासाझा जनतालाई कुरा लगाएर भाँडभैलो गराउने खालको;दुनियाँलाई बिथोल्ने।
43466 दुनियाँदार ना. जनता; प्रजागण; रैती।
43467 दुनियाँदार ना. २. जागिर नभएको व्यक्ति; गैरजागिरदार।
43468 दुनियाँदारी ना. १.दुनियाँदार हुनाको भाव वा अवस्था।
43469 दुनियाँदारी ना. २. सांसारिक चालचलन; लोकव्यवहार।
43470 दुनु ना. दुइटा पात दोब्य्राएर बाँसका सिन्काले खुटी कचौराजस्तो बनाइएको भाँडो; पातको कचौरा।
43471 दुनेलो ना. बाँसको गबुवा।
43472 दुनोट ना. कुनै सङ्ख्यालाई एक, दुई, तीन आदि क्रमले गुणन गरेको राशिहरूको सिलसिला वा शृङ्खला; दुनाइ; पहाडा।
43473 दुन्दुभ/दुन्दुभि ना. १.ठुलो दमाहा; नगरा।
43474 दुन्दुभ/दुन्दुभि ना. २. रामायणमा प्रसिद्ध एक राक्षस।
43475 दुन्याइ ना. दुनिने वा दोब्रिने क्रिया प्रक्रिया।
43476 दुन्याइ ना. [दुन्याउ+आइ] २. दुन्याउने वा दोब्य्राउने क्रियाप्रक्रिया।
43477 दुन्याइ पट्याइ ना. कपडा दुन्याउने र पट्याउने प्रक्रिया।
43478 दुन्याइनु क.क्रि. दुन्याउन लाइनु।
43479 दुन्याउनु प्रे.क्रि. १.बङ्ग्याउनु; निहुराउनु।
43480 दुन्याउनु प्रे.क्रि. २. पट्याउनु; दोब्य्राउनु।
43481 दुपट्टा ना. १.दुई पाटा वा पत्र भएको,स्वास्नीमानिसको एक प्रकारको ओढ्ने; पछ्यौरा; दुकूल; दोपट्टा।
43482 दुपट्टा ना. २. काँध वा घाँटीमा राखिने लामो कपडा।
43483 दुबली ना. रक्सी पार्दा थाप्ने एक साधन।
43484 दुबिधा यसो हो वा त्यसो हो भन्ने निर्णय नभई दोमन भएको अवस्था; दोधार; दोमन।
43485 दुबेनी ना. दुबो धेरै भएको ठाउँ; दुबो झाङ्गिएको ठाउँ।
43486 दुबो ना. हरियो, लाम्चा र मसिना पात हुने, चार केस्रा परेको आँख्लैपिच्छे जरा हाल्ने प्रसिद्ध लहरे भुईंझार; गणेश, लक्ष्मी आदि देवतालाई फूलका रूपमा चढाइने र चौर, बगैँचा आदि सिँगार्न उमारिने सोही झार वा घाँस।
43487 दुब्लाइ ना. दुब्लाउने भाव, क्रिया वा प्रक्रिया।
43488 दुब्लाइनु अ.क्रि. १.दुब्लाउने होइनु; क्षीण होइनु; हाडछाला मात्र हुनु; दुब्लो हुनु।
43489 दुब्लाइनु अ.क्रि. २. बलबर्गत खतम हुनु; कमजोर हुनु; लिखुरे हुनु।
43490 दुब्लो वि. १.शरीरमा मासु कम भई पातलिएको; सिकुटे; ख्याउटे।
43491 दुब्लो वि. २. बर्गत, बुता नभएको; निर्धो;निर्बल।
43492 दुभी ना. छालामा सेता टाटा देखिने एक प्रकारको रोग; श्वेतकुष्ठ; पाण्डुरोग।
43493 दुमट ना. बलौटे जमिन; दोमट।
43494 दुमो ना. १.कुनै वस्तु अर्कालाई दिँदा सह नजाओस् भन्ने हेतुले झिकेर राखिने थोरै अंश।
43495 दुमो ना. २. जगेडा; अवशेष।
43496 दुमो ना. ३. ज्यादै थोरै अंश वा मात्रा।
43497 दुम्को ना. १.घरको जग खन्ने काम।
43498 दुम्को ना. २. जग खन्ने कामको सुरुवा।
43499 दुम्ची ना. घोडाको पुच्छरमा अड्काइने काठीको अवयव।
43500 दुम्जा ना. नेपालको जनकपुर अञ्चलअन्तर्गत सिँधुली जिल्लामा पर्ने, सुनकोसी र रोसीखोलाका दोभानमा रहेको एक बस्ती।