Dictionary

All Word

43601 दुर्गमनीय जान मुस्किल पर्ने; दुर्गम।
43602 दुर्गा ना. १.आदिशक्तिका रूपमा मानिने, दुर्गनामक राक्षसलाई वध गरेकोले यो नाम रहेकी, एक प्रसिद्ध देवी।
43603 दुर्गा ना. २. अनेक असुरहरूको विनाश गर्ने आठ हात भएकी तथा सिंहवाहिनी भनी मानिएकी हिन्दू धर्मकी प्रख्यात एक देवी।
43604 दुर्गा ना. ३. नौ वर्षकी कन्या वा कुमारी।
43605 दुर्गा पूजा ना. १.दुर्गाको पूजा; दुर्गार्चना।
43606 दुर्गा पूजा ना. २. हिन्दूहरूबाट आश्विन शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्ममा दुर्गाको प्रतिमा स्थापित गरेर गरिने पूजन।
43607 दुर्गाध्यक्ष ना. दुर्गको मालिक; दुर्गपति।
43608 दुर्गार्चना ना. दुर्गादेवीको पूजा र आराधना।
43609 दुर्गुण ना. १.कुनै पनि व्यक्तिमा हुने खराब स्वभाव वा अरूको हानिनोक्सानी गर्ने, गराउने दूषित क्रियाशीलता।
43610 दुर्गुण ना. २. कुनै पदार्थमा विकार उत्पन्न गराउने दोष।
43611 दुर्गुणी वि. दुर्गुण भएको; नराम्रो गुणले युक्।
43612 दुर्गेश ना. १.दुर्गका स्वामी।
43613 दुर्गेश ना. २. दुर्गको मुख्य हाकिम।
43614 दुर्गोत्सव ना. आश्विन शुक्ल प्रतिपदादेखि विजयादशमीका दिनसम्म दुर्गार्चना आदि गरी मनाइने उत्सव; बडादसैँ;दसैँ।
43615 दुर्ग्रह वि. १.मुस्किलले मात्र समाउन वा ग्रहण गर्न सकिने।
43616 दुर्ग्रह वि. ना. २. अनिष्टकारक वा नराम्रो फल दिने ग्रह।
43617 दुर्घटना ना. १.कुनै व्यक्ति वा वस्तुको हानि वा क्षति हुने आकस्मिक घटना; अपर्झट आइपरेको कष्टपूर्ण वा अशुभ घटना।
43618 दुर्घटना ना. २.हानिनोक्सानी; क्षति; नाश; मृत्यु।
43619 दुर्घटनाग्रस्त वि. दुर्घटनामा परेको; आकस्मिक घटनामा परेर नष्टभ्रष्ट भएको; दुर्घटि।
43620 दुर्घटित वि. १.दुर्घटनामा परेको; दुर्घटनाग्रस्।
43621 दुर्घटित वि. २. अप्रत्याशित रूपमा वा नराम्रोसँग घटित हुन गएको।
43622 दुर्घात ना. १.मरणान्त हुने गरी लागेको ठक्कर; आघा।
43623 दुर्घात ना. २. खुबसित भएको चुटाइ वा पिटाइ।
43624 दुर्छे वि. १.दुहुँदा लात्ती र सिङ चलाउने र दुध दुहुन नदिने (गाई, लताहा पशु।) २. दुष्ट स्वभावको; दुर्जन।
43625 दुर्छे वि. ३. दुर्वचन बोल्ने; पचमुखा; मुखाले।
43626 दुर्छ्याइँ ना. दुर्छे हुनाको भाव, क्रिया वा स्वभाव; दुस्ट्याइँ।
43627 दुर्जन वि. १.अर्काको हानिनोक्सानी वा अकीर्ति र अपकार गर्ने स्वभाव भएको; अरूलाई दुःख दिने; बदमास;दुष्ट।
43628 दुर्जन वि. ना. २. दुष्ट व्यक्ति; खराब मान्छे।
43629 दुर्जनता ना. दुर्जन हुनाको भाव वा अवस्था।
43630 दुर्जय वि. जित्न ज्यादै गाह्रो पर्ने; जित्न नसकिने।
43631 दुर्ज्ञेय वि. सजिलोसित जान्न वा बुझ्न नसकिने; मुस्किलले मात्र जानिने; दुर्बोध।
43632 दुर्दम वि. १.मुस्किलले मात्र दमन वा वश गर्न सकिने।
43633 दुर्दम वि. २. प्रबल; प्रचण्ड।
43634 दुर्दमन ना. १.मुस्किलसँग गरिने दमन; कठिनसित गरिने नियन्त्रण।
43635 दुर्दमन ना. वि. २. दुर्दम; दुर्दमनीय।
43636 दुर्दमनीय वि. मुस्किलले मात्र दमन गर्न वा वशमा ल्याउन सकिने; दुर्दम।
43637 दुर्दम्य वि. सजिलो उपायले दमन गर्न नसकिने; दुर्दमन।
43638 दुर्दशा ना. आपत्विपत् परेको अवस्था; खराब हालत; दुर्गति।
43639 दुर्दिन ना. १.खराब वा नराम्रो दिन; दशा लागेको दिन।
43640 दुर्दिन ना. २. बादल लागेको दिन; धुम्म परेको दिन।
43641 दुर्दिन ना. ३. झरीबादल; वर्षा।
43642 दुर्दिन ना. ४. विपत्काल; आपत्तिको समय।
43643 दुर्दुर वि.बो. हे. दुरदुर।
43644 दुर्दृष्टि ना. १.खराब दृष्टि; नराम्रो हेराइ।
43645 दुर्दृष्टि ना. २. कुभलो चिताउने काम।
43646 दुर्दैव ना. १.दुर्भाग्य; अभाग्य।
43647 दुर्दैव ना. २. खराब दिन; कुबेला।
43648 दुर्धर्ष वि. सजिलैसित वशमा गर्न नसकिने; दुर्जेय।
43649 दुर्नाम ना. १.नराम्रो हिसाबले चलेको नाम; कुख्याति; अपवाद; बदनामी।
43650 दुर्नाम ना. वि. २. खराब नाम भएको; बदनाम।