Dictionary

All Word

43501 दुम्जाली वि. १.दुम्जासँग सम्बन्धित; दुम्जाको।
43502 दुम्जाली वि. २. दुम्जामा बसोबास गर्ने; दुम्जावासी।
43503 दुम्जाली वि. ३. दुम्जामा तयार भएको (खाँडी)।
43504 दुम्बा ना. पुच्छरको झुप्पो जाँताको फग्ल्याँटाजस्तो हुने एक जातको भेडो।
43505 दुम्सी काँढे वि. दुम्सीको कँडाजस्तो; (धान आदिको पोटाएको (गाभो)।
43506 दुम्सी ना. १.जिउभरि कालो र सेतो रङ मिसिएको काँडा हुने, सुँगुरको जस्तो थुतुनु हुने र रिसाएपछि शरीरका काँडा सिरिङ्ङसिरिङ्ङ पार्दै शत्रुमाथि जाइलाग्ने स्तनपायी वन्यजीव दम्सी।
43507 दुम्सी ना. २. रातमा बालीनाली सखाप पार्ने र दिनमा ठुलठुला ओडार वा गुफामा बस्ने काँडादार जङ्गली जनावर।
43508 दुम्से ना. दुम्सीका काँडा जस्तै चुच्चो सुइरा हुने धानको एक जा।
43509 दुम्स्यैलो वि. अलिअलि भिरालो वा थोरथोरै ओरालो परेको ठाउँ, पाखो आदि); दम्स्याइलो।
43510 दुयेक वि. एकदुइटा मात्र; साह्रै कम्ती सङ्ख्याको।
43511 दुरतिक्रमण वि. १.अतिक्रमण गर्न नसकिने; जित्न नसकिने।
43512 दुरतिक्रमण वि. २. नाघ्न नसकिने; दुर्लङ्घ्य।
43513 दुरत्यय वि. पार हुन नसकिने; तरिनसकिने;दुस्तर।
43514 दुरदुर वि. बो. १.घृणा लागेर वा मन नपर्नाले टाढा पन्छाउन खोज्दा उद्गार व्यक्त गरिने शब्द; दुर्दुर।
43515 दुरदुर वि. बो. वि. २. हेला गरिएको; घिनाउँदो।
43516 दुरधिगम वि. १.मुस्किलसँग मात्र जानिने; दुर्ज्ञेय।
43517 दुरधिगम वि. २. ठुलो परिश्रमले मात्र पाउन सकिने; दुष्प्राप्य।
43518 दुरन्त वि. १.परिणाम नराम्रो हुने; खराब परिणाम भएको; अशुभ।
43519 दुरन्त वि. २. पार पाइनसकिने; अपार।
43520 दुरन्त वि. ३. अन्त पत्ता लाउन नसकिने; अनन्।
43521 दुरन्त वि. ४. एकदमै ठुलो आकारको; बडेमाको।
43522 दुरन्त वि. ५. जान नसकिने; दुर्गम।
43523 दुरन्त वि. ६. डरलाग्दो; घोर; भीषण।
43524 दुरन्त वि. ७. राम्रो ज्ञान गर्न नसकिने; दुर्ज्ञेय।
43525 दुरन्त वि. ८. दुष्ट स्वभाव भएको; खल।
43526 दुरभियोजन ना. कसैलाई विनाकारण हानि पुऱ्याउने हिसाबले गोप्य रूपमा गरिने कारबाई; गुप्त अभियोग।
43527 दुरभिसन्धि ना. खराब उद्देश्य लिएर गरिएको गुप्त सम्झौता; षड्यन्त्रपूर्ण सन्धि।
43528 दुरवस्था ना. १.दुःख, कष्ट, दरिद्रता आदि कारणले भएको नराम्रो अवस्था; दुर्दशा।
43529 दुरवस्था ना. २. दुर्गति; दुष्परिणाम; दयनीय स्थिति।
43530 दुरा ना. नेपालको लमजुङ जिल्लाभित्रको दुराडाँडामा आदिकालदेखि नै बसोबास गरी आएको, आफ्नै भाषासंस्कृति भएको तर त्यसलाई बिस्तारै बिस्तारै भुल्दै गएको एक जाति; नेपालको एक अल्पसङ्ख्यक जाति।
43531 दुरागम ना. अनुचित किसिमले हुने प्राप्ति।
43532 दुराग्रह ना. १.अनुचित तरिकाबाट कुनै कुरामा गरिने ढिपी; लिँडे ढिपी; अड्डी; जिद्दी।
43533 दुराग्रह ना. २. गलत कामकुरामा गरिने आग्रह वा ढिपी।
43534 दुराग्रही वि. दुराग्रह गर्ने; हठी; जिद्दीवाल।
43535 दुराचरण ना. नराम्रो चालचलन; दुराचार।
43536 दुराचार ना. १.नराम्रो आचरण;अशोभनीय चालचलन।
43537 दुराचार ना. वि. २. नराम्रो व्यवहार वा शीलस्वभावको; दुराचारी।
43538 दुराचारी वि. दुराचार गर्ने; खराब चालचलन भएको; कुकर्मी।
43539 दुरात्मा वि. मनमा कालो भएको; खराब स्वभावको; कपटी।
43540 दुराधर्ष वि. १.मुस्किलले नियन्त्रणमा ल्याउन वा दमन गर्न सकिने।
43541 दुराधर्ष वि. २. प्रचण्ड; उग्र; विकट।
43542 दुराधर्ष वि. ना. ३. पहेँलो सर्सिउँ।
43543 दुराधर्ष वि. ४. विष्णुको एक नाम।
43544 दुराधर्षता ना. १.दुराधर्ष हुनाको भाव वा अवस्था।
43545 दुराधर्षता ना. २. प्रचण्डता; उग्रता।
43546 दुरान ना. दोस्रो अवाइ; द्विरागमन; दुलान।
43547 दुरालम्भ वि. पाउन मुस्किल भएको; दुष्प्राप्य।
43548 दुरालाप ना. १.खराब वा नचाहिँदो कुरो।
43549 दुरालाप ना. २. दुर्वचन; गाली।
43550 दुराशय ना. १.खराब आशय; नराम्रो अभिप्राय।