Dictionary

All Word

43401 दुत्कार ना. कसैलाई उपेक्षाका साथ परपर भगाउन खोज्ने काम; तिरस्कार;फट्कार।
43402 दुद ना. १.आइमाईको स्तन।
43403 दुद ना. २. दुग्ध; दुध।
43404 दुदु ना. १.दुध (बालबोलीमा )।
43405 दुदु ना. २. साना र लाम्चा पात हुने, अचार खान प्रयोग गरिने एक प्रकारको साग।
43406 दुदेलो ना. सधैँ हरियो रही हिउँदमा पनि पात नझर्ने; हरियै फूल फुल्ने र पहेँलो वा रातो फल लाग्ने भित्र काठ पसेको एक प्रकारको लहरो; दुधे लहरो।
43407 दुध ना. १.स्तनपायी प्राणीका स्त्रीजातिका स्तनबाट बच्चालाई खुवाउन निस्कने सेतो वा हल्का पहेँलो रङको पौष्टिक तरल पदार्थ; दुग्ध; ओलन; दुध।
43408 दुध ना. २. स्त्रीजातिका छातीमा हुने दुई मांसपिण्ड; कुच; स्तन।
43409 दुध ना. ३ पुरुषजातिका त्यस्तै अवयव।
43410 दुध ना. ४. बस्तुभाउको दुध रहने फाँचो; कल्चौँडो; त्यस फाँचोबाट आउने सेतो तरल पदार्।
43411 दुध ना. ५. फलफूल र रुखपातबाट आउने सेतो तरल पदार्थ; चोप।
43412 दुधकटुवा वि. आमाको दुध पर्याप्त समयसम्म खान नपाएको; कारणवश दुध खानबाट वञ्चित भएको (बालक)।
43413 दुधकमल ना. दुध जस्तै सेतो हुने र रुखमा फुल्ने एक थरी फूल।
43414 दुधकेवँरा ना. सेतो फूल फुल्ने एक जातको केवँरा; सेतो केवँराको फूल।
43415 दुधकोसी ना. नेपालको पूर्वोत्तर भेगमा पर्ने महालङ्गुर हिमालयबाट निस्की सुनकोसीमा मिल्ने एक नदी; सप्तकोसीमध्ये एक।
43416 दुधखुवा ना. नौनी झिकिसकेपछि फटाएर बनाइएको दुधको पदार्थ; छुर्पी; दुर्खा।
43417 दुधगन्धक ना. सेतो रङको गन्धक।
43418 दुधगाभो ना. एकदमै सेतो गुभा हुने एक प्रकारको गाभो।
43419 दुधदानी ना. दुधको मुन्टाको आकारको प्लास्टिक वा सिसीको एकापट्टि मुन्टो लगाई बालकलाई दुध खुवाउने भाँडो।
43420 दुधपोखरी ना. नेपालको मध्यपश्चिम भागको चेपे नदीको शिरमा पर्ने जनैपूर्णिमाका दिन मेला लाग्ने एक तीर्थ; दुधकुण्ड।
43421 दुधबरी ना. दुधबाट बनाइने, डल्ला भएको एक प्रकारको रसदार मिठाई।
43422 दुधमुखा / मुखे वि. आमाको दुध खाँदै गरेको; दुध नछुटेको; दुधे (बालक)।
43423 दुधराज ना. १.रोपेको नब्बेदेखि सय दिनका बिचमा पाक्ने, एकदमै सेतो चामल हुने एक जातको धान।
43424 दुधराज ना. २. टाउको कालो, शरीर सेतो र कल्कीजस्तो लामो पुच्छर हुने एक जातको चरो।
43425 दुधलिङ्ग ना. एउटै दुध खाने आमाका दिदीबहिनीपट्टिका सन्तान;भान्जाभान्जी।
43426 दुधारो ना. १.दुध दुहुने ढुङ्ग्रो; गबुवा; ढुङ्ग्रो; दुधेरो।
43427 दुधारो ना. २. दुधको धारो।
43428 दुधालु वि. १.प्रशस्त दुध दिने; दुध दिने सन्तानको।
43429 दुधालु वि. २. दुध आउने।
43430 दुधिलो वि . १.दुध भएको; दुध आउने।
43431 दुधिलो वि . ना. २. डुम्रीका जस्तै पात र कलिला हाँगा हुने, पात भाँच्दा चोप आउने वस्तुलाई डाले घाँस खुवाइने एक बोट।
43432 दुधिलो वि . ३. दुध आउने एक प्रकारको झार; दुधे।
43433 दुधे आन्द्रो ना. खाएको दुध पाकस्थलीमा जाने आन्द्रो; ज्यादै नाजुक र कोमल आन्द्रो।
43434 दुधे ओठ ना. कलिलो, नरम ओठ।
43435 दुधे कर्कलो ना. हरियो, पहेँलो पात र नरम सेता डाँठ हुने,नकोक्याउने एक जातको कर्कलो।
43436 दुधे खरी ना. दुधजत्तिकै सेतो हुने एक जातको खरी ढुङ्गो।
43437 दुधे गाला ना. आमा वा धाईआमाको दुध चुसेर पुट्ट मोटाएको गाला; कलिलो गाला।
43438 दुधे घाँस ना. दुधे; दुग्धी।
43439 दुधे च्याउ ना. प्रायः रुखमा उम्रिने पहेँलो र फुस्रो रङको खान हुने एक जातको च्याउ।
43440 दुधे झार ना. १.वरिपरि करौँतीको जस्तो धार भएका खस्रा पात हुने, सेता गुच्छाकार फूल फुल्ने, हरिया रङका मसिना फल फल्ने, डाँख्ला र पात चुडिँदा दुध आउने एक जातको झार; भुइँदुधिलो; दुधे।
43441 दुधे झार ना. २. पीपलका जस्ता मसिना पात र चिल्ला डाँठ हुने, राता,सेता फूल फुल्ने, नालुका जस्ता दाना लाग्ने र चुडिँदा दुध आउने एक बर्खे झार; तितेझार।
43442 दुधे पिँडालु ना. काँचै खाँदा पनि नकोक्याउने एक जातको पिँडालु।
43443 दुधे बालक ना. आमाको दुध चुस्ने अवस्थाको बालक।
43444 दुधे बिराली ना. बिदारी कन्दका जातको, चोप निस्कने एक प्रकारको लहरो; त्यस्तै लहराको कन्द; बिदारीकन्द।
43445 दुधे भाइ आफूलाई दुध खुवाउने धाईको छोरो; बुबूको छोरो; दुधका नाताको भाइ।
43446 दुधे मरुई ना. लाम्चा आकारका ठुलठुला पात हुने, सेतो फूल फुल्ने र दुध निस्कने, लाम्चा फल लाग्ने एक लहरो; सोही लहराको फल;मोरट।
43447 दुधे लहरो ना. लाम्चा, हरिया पात हुने सेता जातको फूल फुल्ने, दुध निस्कने, आयुर्वेदअनुसार कुष्ठ, जरो, प्रदर आदि रोगमा हित गर्ने, कालो र सेतो दुई भेद भएको, एक जातको लहरो; त्यसैको फल।
43448 दुधे वि. १.दुधसम्बन्धी; दुधबाट तयार भएको; दुधजस्तो।
43449 दुधे वि. २. दुध खाने; दुधमुखे (बालक)।
43450 दुधे वि. ना. ३. सेल पकाउँदा मोटो पार्न पिठोमा रस मिसाइने एक थरी बोट।